गण्डकी सेरोफेरो

बुटवलमा पोखरेलीको सानदार प्रदर्शन ः अधिकांस मेडल पोखरालाई

बुटवलमा सम्पन्न दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा पोखरेली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सो प्रतियोगिताबाट पोखराले महत्वपूर्ण पाँच स्वर्ण पदक भित्र्याएको छ । प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि जिते । त्यस्तै पोखराकै अनिल शाहीले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै स्वर्ण जिते । ४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित… पुरा पढौ

खिलाङका महिलाहरुलाई तीन दिने उद्धघोषण तालिम सम्पन्न

पोखरा २०, फागुन कास्कीको मादीगाउँपालिका वडा नं. १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबार देखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै वित्ने गरेको र त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्व दायीभुमिकामा सक्षम बनाउन प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए । उनले वडा नं. १ का… पुरा पढौ

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

पोखरामा आज (शनिबार) प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । सिर्जनशिल कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी पोखरामा आयोजना गर्न लागिएको हो । “सामाजिक रुपान्तरण ः ललितकलाको अभियान“ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा हुने प्रदर्शनीमा कुल ७४ वटा चित्र प्रदर्शनमा राखिने सदस्य… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने

पोखरा, १८ फागुन नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा सहयोग जुटाउन उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य राजु गिरी सहितको टोलीसँगको भेटमा सदस्य सचिव घिसिङले पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउनका लागि आफ्नो र राखेपको साथ रहने बताएका थिए । मञ्चले आगामी… पुरा पढौ

पोखरा मुग्लिङ सडक खण्डको तिव्र गतिमा काम हुदै, पर्यटन व्यवसायी उत्साहित

दीननाथ बरालपोखरा १८, फागुन पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखरा मुग्लिङ सडक खण्डको स्तरउन्नतीको काम तिव्र गतिमा भई रहेको छ । केही समय अघि देखि दुई खण्डमा सडक स्तरोउन्नतीको काम सुरु भए पनि हाल निकै उत्साहजनक रुपमा काम अघि बढेको पोखराका पर्यटन व्यवसायीहरुले बताउनु भएको छ । शुक्रबार पोखराको पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषदको समन्वयमा पत्रकार र पर्यटन व्यवसायीहरु बिच भएको सडक अध्ययन अवलोकनको क्रममा पर्यटन व्यवसायीले हाल सडक स्तरोउन्नतीको काम निकै उत्साह पूर्ण ढंगले काम अघि बढेको परिषदका… पुरा पढौ

रोजगारी सिर्जना गर्न पोखरा १३ मा आगामी शुक्रबार जब फेयर

पोखरा १३ मा आगामी शुक्रबार जब फेयर कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार जब फेयरमा विभिन्न १२ वटा स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ । वडामा भएका कोहि पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै भन्दा प्रमुख समस्या… पुरा पढौ

पोखरा ७ स्थित श्री कृष्ण मा विको अध्यक्षमा शोभाचन्द्र बराल

पोखरा १६, फागुन पोखरामहानगर पालिका वडा नं। ७ मा रहेको एक मात्र सामुदायिक विद्यालय श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शोभाचन्द्र बराल चयन हुनु भएको छ । यस अघि उहाँ विद्यालय व्यवस्थापन समितिकै जेष्ठ सदस्यका रुपमा अध्यक्षको कार्यभारमा रहनु भएको थियो । समितिका सदस्यहरु पुषोत्तम रेग्मी, पार्वती पनेरु, देव बहादुर घताने, गंगा थापा सहित पदेन सदस्य पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्य बिचको वैठकले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थामा… पुरा पढौ

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन ः शिर्ष ८ को सेमिफाईनल समिकरण पुरा

पोखरा १६, फागुन, राजधानीमा जारी लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियताविचको सेमिफाईनल समिकरण पुरा भएको छ । पुरुष एकल तर्फ समूह ए बाट बिजेताको रुपमा एपिएफका प्रिन्स दाहाल र उपबिजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी तथा समूह बी बाट बिजेताको रुपमा ललितपुरका प्रफुल महर्जन र उपबिजेताको रुपमा एपिएफका देवराज रानाले सेमिफाईलनमा स्थान बनाए । महिला तर्फ समूह ए बाट ललितपुरकी रशिला महर्जन समूह बिजेता र आर्मीकी अनुमाया राई उपबिजेता तथा समूह बी बाट भोजपुरकी… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथ

फाल्गुन १६, पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ । मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । ‘मन्त्रीज्यूले प्रदेश सरकारले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन्छ, तपाईँहरु ढुक्क हुनुहोस् भनेर भन्नुभयो, अब हामी थप तयारीमा जुट्छौं र अवार्डलाई भव्य बनाउँछौ’ अध्यक्ष… पुरा पढौ

ओटेफको साधारणसभामा पत्रकार पाण्डे सम्मानित

पोखरा,१६ फागुन पोखराका पत्रकार घनश्याम पाण्डे सम्मानित हुनुभएको छ । महिला पर्यटन व्यवसायी मञ्च९ओटेफ०ले छैटौं साधारणसभाको अवसरमा उहाँलाई सम्मान गरेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गर्नुभयो । पत्रकारिताका माध्यमबाट पर्यटन विकासमा योगदान गरेकामा उहाँलाई सम्मान गरिएको ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीले बताउनुभयो । सम्मानित पाण्डे प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष तथा पर्यटन पत्रकार महासंघ गण्डकीको महासचिव समेत हुनुहुन्छ । हाल उहाँ पोखरा टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत रहनुभएको छ ।… पुरा पढौ