
पोखरा महानगरपालिका सहित कास्कीमा उत्कृष्ट हुन सफल दुई बिद्यालयलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरको स्थापना दिवसको सन्र्दभमा महानगरले एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ पोखरा १६ बाटुलेचौरमा रहेको विन्ध्यबासिनी मावि र निजी तर्फ पोखरा मासवारमा रहेको मदरल्याण्ड माविलाई महानगरको उत्कृष्ट बिद्यालयको रुपमा हालै सम्मान गरेको हो ।

पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्याँम बहादुर थापा लगायतले उक्त बिद्यालयका प्रतिनिधिहरुलाई सम्मान पत्रको साथमा सम्मान गरेका हुन् । एसइइमा मदरल्याण्डबाट ४ जिपिए ल्याउने दुई जना र फिष्टेल एकेडेमीबाट ४ जिपिए ल्याउने १ जनालाई सम्मान गरेको थियो । त्यसै गरी मदरल्याण्डबाट कक्षा ८ मा ४ जिपिए ल्याउने ८ जना विद्यार्थीलाई पनि सम्मान गरेको थियो । उक्त बिद्यालय यस अघि नै कास्की जिल्ला प्रथम हुन सफल भएका थिए । मदरल्याण्ड माविले कक्षा १२ मा पनि देशभरबाट प्रथम हुन सफल ३ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

कास्की जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा विन्ध्यबासिनी माविले ३ दशमल १७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम भएको हो । विद्यालयबाट २०७९ को एसइइ मा ७९ जना विद्यार्थी सामेल भएका थिए । ५० जना भन्दा धेरै परीक्षार्थी सहभागी भइ एसइइमा प्राप्त औसत जिपिए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गर्ने गरिन्छ ।

त्यसै गरी एसइइ नतिजामा अमरसिंह माविले २३२ जना विद्यार्थी सामेल गराएकोमा ३ दशमलव ०७९ प्रतिशत जिपिए ल्याइ कास्की जिल्लामा दोस्रो, १०७ जना विद्यार्थी सहभागी गराइ ३ दशमलव ०६५ प्रतिशत जिपिए ल्याइ सितलादेवी मावि तेस्रो र ७१ जना विद्यार्थी सामेल गराइ भुर्जुङखोलाको माछापुच्छ्रे माविले २ दशमवल ९५२ प्रतिशत जिपिए ल्याइ कास्किमा चौथो स्थान हासिल गरेको छ ।

त्यसै गरी सस्थागत विद्यालय तर्फ मदरल्याण्ड मावि मासबरले १५१ जना विद्यार्थी सामेल गराएकोमा ३ दशमलव ४७७ प्रतिशत जिपिए ल्याइ कास्की जिल्ला प्रथम भएको छ । शिसु निकेतन बोर्डिङ बिरौटा ३ दशमलव ४५९ प्रतिशत, गण्डकी बोर्डिङ लामाचौरले ३ दशमल ४१९ र केफ स्कुल सिम्पानी ३ दशमलव ३६२ प्रतिशत जिपिए ल्याइ क्रमश कास्की जिल्लामा दोस्रो, तेस्रो र चौथो भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जानकारी दिएको छ । सोही अवसरमा पोखराका विभिन्न विद्यालयमा २५ वर्ष भन्दा बढि सेवा गरेका शिक्षकहरुलाई दिर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।







