गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल चैत्रको अन्तिम साता

-


     पोखरा क्लिक     
     फागुन २९ गते २०८० मा प्रकाशित



गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल चैत्रको अन्तिम साता पोखरामा हुने भएको छ । उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा हुन लागेको हो । प्रतियोगिता चैत्र २५ देखि ३० गते सम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठित आयोजक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमको सहभागिता गराइने जनाइएको छ ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको तयारी सुरु भएको गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जनाएका छन् ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माको विशेष उपस्थितीमा सम्पन्न बैठकमा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बाँनिया, गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङ, कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितको सहभागिता रहेको थियो ।



This will close in 20 seconds