मनोरन्जन

मेडिप्लस अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” आयोजना गर्ने

पोखरा, अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को अवसरमा पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टरले “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” अन्तर–नर्सिङ विभागीय मेडिकल क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ । नर्सिङ स्टाफहरूको क्षमता अभिवृद्धि, टीमवर्क सुदृढीकरण, सञ्चार सीप विकास तथा व्यावसायिक ज्ञान विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत प्रकाश बि.क.ले बताउनु भयो । यही वैशाख २९ गते (मे १२) मा हुने प्रतियोगितामार्फत अस्पतालभित्र सिकाइमैत्री, प्रतिस्पर्धात्मक र प्रेरणादायी वातावरण निर्माण गर्ने अपेक्षा… पुरा पढौ

गणित हाजिरीजवाफमा मदरल्यान्डको टिम उत्कृष्ट

पोखरा, वैशाख २७, पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै टिम उत्कृट बनेको छ । विभिन्न विद्यालयका ४७ वटा टिमले प्रतिश्पर्धाका लागि सहभागिता जनाएकोमा मदरल्याण्डका सार्थक अधिकारी, संकल्प पौडेल र सुरज पौडेलको टिम प्रथम भएको हो । म्याथ काउन्सिलले एकमहिना अघि आयोजना गरेको गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै यही टिम राष्ट्रियस्तरमै च्याम्पियन बनेको थियो । काउन्सिलले एकमहिना अघि सातै प्रदेशमा प्रतियोगिता आयोजना गरेर अन्तिम प्रतिश्पर्धा काठमाडौंमा गरेको थियो । मदरल्याण्डले आयोजना गरेको प्रदेशस्तरीय प्रतिश्पर्धामा न्यू मोडल… पुरा पढौ

प्रतिभा माविमा विज्ञान हाजिरीजवाफ

पोखरा, वैशाख २७, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । आइतबार आयोजित कार्यक्रममा पोखरा र कास्की आसपासका गरेर २९ वटा विद्यालयका टिमले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा अक्सिजन टिम प्रथम भएर ३० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । त्यस्तै दोश्रो भएको नाइट्रोजन टिमले २० हजार रुपैयाँ पुरस्कार पायो । प्रतिश्पर्धामा नियन टिम तेश्रो भएर १० हजार रुपैयाँ पुरस्कार पायो… पुरा पढौ

सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न

पोखरा, २७ वैशाख, पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै परिचर्चाकार प्रा। डा। कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । उनले सो कृतिमा सात सालको कथा मात्रै नभएर नेपालको राणा शासन वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गरे । हिन्दीमा लेखिएको उक्त कृति तुलसी… पुरा पढौ

पत्रकारितामा मल्टिमिडिया र एआई प्रयोगबारे तालिम

पोखरा, २७ वैशाख, नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सुरु भएको छ । वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललले गरेका हुन् । उद्घाटनपछि उनले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गरे । उनले कलमको शक्तिले समाजलाई सही दिशा दिने र सरकारका कमजोरीहरूलाई औँल्याएर सुधारको बाटो देखाउने बताए । उनले भने, ‘कलमले जहिले पनि समाजलाई रूपान्तरण गर्ने काम गर्छ । पत्रकारिताले सरकार, समाज र विभिन्न संघसंस्थाका कमजोरी… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा गायिका मिलन नेवारको प्रस्तुतीमा रम्न पाइने

पोखरा, २७ बैशाख, चर्चीत गायिका मिलन नेवारको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका नेवारको प्रस्तुती रहने भएको हो । यहीं वैशाख ३१ गते बिहीबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा मिलनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन्… पुरा पढौ

पोखरामा मौरीपालन उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम

पोखरा, २७ वैशाख, पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखा अन्तर्गत कृषि विकास शाखाको आयोजनामा तथा युिनडो जिम्याप नेपाल परियोजनाको सहकार्यमा सञ्चालन गरिएको मौरीपालन उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम २०८३ साल वैशाख १३ गतेदेखि १७ गतेसम्म तथा वैशाख २५ र २६ गते गरी सात दिन सञ्चालन गरिएको थियो । पोखरा महानगरपालिकाका विभिन्न वडाबाट छनोट भएका २३ जना सहभागी तालिममा सहभागी भएका थिए । सहभागीहरू कम्तीमा १५ घारदेखि १५० घारसम्म मौरीपालन गर्दै आएका व्यवसायीक कृषक तथा उद्यमीहरू रहेको… पुरा पढौ

मानव सेवा आश्रमको महायज्ञबाट करिब २ करोड आर्थिक संकलन, २ करोड ६५ लाख सहयोगको घोषणा

दीननाथ बराल, पोखरा, २६ वैशाख, मानव सेवा आश्रम पोखरा २५(हेमजा) मा आयोजित “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” बाट करिब २ करोड १७ लाख रुपैयाँ आर्थिक संकलन भएको छ भने थप २ करोड ६५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा प्राप्त भएको छ । एक सातादेखि सञ्चालन भएको महायज्ञ शनिबार सम्पन्न भएसंगै उक्त सहयोग संकलन तथा सहयोग प्राप्त हुने वचन प्राप्त भएको महायज्ञका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयो । महायज्ञ सफल बनाउन सहयोग गर्ने दाता, भक्तजन, संघसंस्था, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति… पुरा पढौ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

पोखरा, वैशाख २६, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । विद्यालयले आयोजना गरेको यो चौंथो संस्करण हो । विद्यार्थीमा गणित शिक्षाको ज्ञान बढाउँदै परीक्षापछि फुर्सदिला भएका विद्यार्थीलाई पाठ्यक्रममा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । यो बेला विद्यार्थी फुर्सदिलो बनेको र उनीहरुलाई यस्ता कार्यक्रममार्फत अध्ययनमा सक्रिय बनाउन सकिने उनले बताए ।आचार्यका अनुसार प्रतियोगितामा विभिन्न… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता

पोखरा, बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच दशौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा राजेश खाडको टिम प्रथम हुदै नगद १७ हजार ५ सय नगद सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने विशाल श्रेष्ठको टिम द्वितीय हुदै नगद ९ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । कर्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले व्यवसायीका हक हितको लागि आफु सदैव लड्ने बताउदै… पुरा पढौ