मनोरन्जन

पोखराका आर्यष मण्डिकाटार ओपनको दुई उमेर समुहको फाइनलमा

पोखरा, पोखराका आर्यष राज पौडेल काठमाण्डौमा जारी चौंथो मण्डिकाटार जुनियर ओपन टेनिस प्रतियोगिता अन्र्तगत दुई वटा उमेर समुहको फाइनलमा प्रवेश गरेका छन् । पौडेल १६ वर्ष मुनि र १४ वर्ष मुनिको एकलतर्फ फाइनलमा पुगेका हुन् । आफ्नों उमेर समुह भन्दा पनि माथिको यु–१६ सेमिफाइनलमा उनले पोखराकै सुरेन्द्र विकलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । १४ वर्ष मुनिको सेमिफाइनलमा आर्यषले पृथ्या रिजाललाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भए ।… पुरा पढौ

मानवसेवा आश्रमको महायज्ञमा पाण्डे दम्पतीको पुनः ५४ लाख सहयोग, कुल योगदान ८५ लाख

दीननाथ बराल,पोखरा, २५ वैशाख, पोखरा–८ निवासी उद्योगपति तथा समाजसेवी हरि पाण्डे र तुलसा पाण्डे दम्पतीले मानवसेवा आश्रम, पोखरा–हेम्जामा जारी “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा पुनः ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । यसअघि समेत आश्रमको भवन निर्माणका लागि उल्लेखनीय सहयोग गरिसक्नुभएका पाण्डे दम्पतीको कुल योगदान हाल ८५ लाख रुपैयाँभन्दा बढी पुगेको आश्रमले पोखराक्लिकलाई जनाएको छ । आफ्नो वैवाहिक जीवनको ५९ औँ वर्षगाँठलाई मानवसेवा, धर्म र परोपकारमा समर्पित गर्दै पाण्डे दम्पतीले उक्त सहयोग… पुरा पढौ

१०औँ रारा पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाडी, प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो । हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरे । सो अवसरमा बोल्दै हिमश्री फुड्सका प्रवन्ध निर्देशक केसीले दक्षिण एशियाकै पहिलो तयारी चाउचाउ राराले नेपाली उपभोक्तामाझ विशेष विश्वास जितिरहेको उल्लेख गर्दै दशौं पोखरा… पुरा पढौ

पोखरा क्लिकका सम्पादक दीननाथ बराललाई वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड

पोखरा २४, वैशाख, पोखरा क्लिक डटकमका प्रकाशक तथा सम्पादक दीननाथ बराल यस वर्षको वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्ने १० औँ संस्करणको रारा पोखरा स्पोट्र्स अवार्डको अवसरमा पोखरा २२ का बराललाई उक्त अवार्ड प्रदान गर्ने भएको मञ्चले जनाएको छ । मञ्चको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा २४ बर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय बराललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष यामबी आस्था मगरले बताए ।… पुरा पढौ

रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारी यूकेको साथ

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारीले साथ दिएको छ । यूकेमा रहेको क्यास एण्ड क्यारीका सञ्चालक चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङले १० औंं पोखरा स्पोर्टस अवार्डका लागि २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार र सहारा क्लब, पोखराका सदस्य समेत रहेका चन्द्रबहादुर गुरुङले नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । यूकेमा रहेर… पुरा पढौ

कुमुदिनी होम्स दोस्रो एसईई कप फुटसलको उपाधि राष्ट्रिय उच्च माविलाई, बास्केटवल छात्र तर्फ अल्फा, छात्रा तर्फ भने गण्डकी बोर्डिङलाई उपाधि

पोखरा २३, वैशाख, पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयकोे आयोजनामा हालै सम्पन्न दोस्रो “एसईई कप” अन्तर्गत फुटसल तथा बास्केटबल प्रतियोगिता अन्र्तगत राष्ट्रिय उच्च माध्यमिक विद्यालयले फुटसलतर्फ उपाधि जितेको छ । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय उच्च माविले उपाधिसहित प्रमाणपत्र, मेडल, ट्रफी र नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ । देवीनगर, बुटवलको नवीन माध्यमिक विद्यालय दोस्रो हुँदै १५ हजार रुपैयाँ तथा सेन्ट फ्रान्सेस स्कुल तेस्रो हुँदै ७ हजार रुपैयाँसहित पुरस्कृत भयो । फुटसलतर्फ विभिन्न जिल्लाका ६० विद्यालय बीच प्रतिस्पर्धा भएको… पुरा पढौ

लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट

पोखरा, माछापुच्छ्रे गाउँपालिकामा स्थापित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको आयोजनामा चौथो माछापुच्छ्रे कप २०८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं।४ को संरक्षकत्वमा हुने उक्त प्रतियोगिता वैशाख २६ देखि २९ गते सम्म लाहाचोक फुटबल मैदानमा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै आपसी सम्बन्ध सुदृढ बनाई खेलकुदमार्फत अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष पवन शर्मा अधिकारीले जानकारी दिए ।प्रतियोगितामा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड… पुरा पढौ

पोखरा लेडि जेसिजले मल वितरणदेखि स्वास्थ्य शिविरसम्मका कार्यक्रम गर्ने

दीननाथ बराल,पोखरा २३, वैशाख, पोखरा लेडी जेसीजले युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने लक्ष्यसहित ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ । ‘सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज’ भन्ने मूल मन्त्रका साथ सप्ताहव्यापी कार्यक्रम यही वैशाख २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको आज(बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सार्वजनिक गरिएकोे कार्यक्रम तालिका अनुसार पहिलो दिन वैशाख २५ गते कन्या क्याम्पसमा उद्घाटनसँगै छात्रा लक्षित साइबर अपराध तथा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रम हुने… पुरा पढौ

पर्यटकीय गाँउ ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण हुने

पोखरा २३, वैशाख, कास्कीको पर्यटकीय गाउँ ल्वाङमा यही वैशाख २५गते(शुक्रबार) देखि आयोजना ‘सिनेमा संवाद’को चौथो संस्करण हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा यही बैशाख २६ गते सम्म संचालन हुने उत्तः कार्यक्रमको तयारी पूरा भएको संघ कास्कीका अध्यक्ष सन्तोष बस्यालले बताउनु भयो । नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना हुन लागेको उहाँले जनाउनु भयो । यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न… पुरा पढौ

पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विहिबार “वेस्ट द स्पिड सेसन ३” हुने

पोखरा, पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विशेष कार्यक्रम आयोजना हुने भएको छ। यही वैशाख २४ गते हुने “वेस्ट द स्पिड सेसन ३” प्रतियोगिता वल्र्डलिंक कम्यूनिकेशन्स को आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि सुरु हुने भएको हो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रमाणित मापन प्रक्रियाअनुसार स्पीड मिटर प्रयोग गरी बलिङ गति परीक्षण गरिने आयोजकले पोखरा क्लिकलाई जनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष जर्सी प्रदान गरिनेछ भने पोखराबाट उत्कृष्ट १० खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन्।… पुरा पढौ