मनोरन्जन

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, अन्जन श्रेष्ठको ५ प्राथमिकता सहितको प्रतिबद्धता

पो्खरा, नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभापछि नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार पोखराका अन्जन श्रेष्ठ नयाँ अध्यक्षको जिम्मेवारी पाएका छन् । अब आगामी तीन वर्षसम्म उनले देशभरका उद्योगी–व्यवसायीको नेतृत्व गर्नेछन्। नयाँ नेतृत्वसँगै महासंघभित्र नयाँ कार्यसमिति गठन हुने प्रक्रिया समेत अघि बढेको छ, जहाँ उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरे नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा भएको छ। श्रेष्ठका ५ प्राथमिकता अध्यक्ष श्रेष्ठले आफ्नो… पुरा पढौ

पोखराको चिप्लेढुंगामा खुल्यो एलभिडी ब्राण्डको शाखा ( भिडियो सहित)

दीननाथ बराल,पोखरा २१, वैशाख, पोखराको चिप्लेढुंगामा नेपाली उत्पादन एलभिडी ब्राण्डको ११ औं शाखा संचालनमा आएको छ । पोखराका युवा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराईको लगानीमा चाइना तथा हङकङमा उत्पादित एलभिडी ब्राण्डका कपडाहरुको शाखा पोखरामा पहिलो पटक भित्रिएको हो । https://www.youtube.com/watch?v=XPh0haAnEbU पोखरा ट्रेडमलको अगाडी रहेको एलभिडी ब्राण्डको शाखाको सोमबार पूर्व मिस नेपाल माल्भिका सुब्बा र समाजसेवी एवं भट्टराईका बाबु रमेश बहादुर भट्टराईले स.यूक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हो । सो अवसरमा उहाँले एलभिडी शाखाको अवलोकन गर्नुका साथै एलभिडी ब्राण्डबारे जानकारी… पुरा पढौ

विकल्प सहित व्यवस्थापनको माग गर्दै पोखरा बसपार्कका सुकुम्बासी, अन्यथा आन्दोलन गर्ने धम्की (भिडियो सहित)

दीननाथ बराल,पोखरा, वैशाख २०, पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाले वैकल्पिक व्यवस्था सुनिश्चित गरेर मात्र स्थानान्तरण गर्न माग गरेका छन् । उचित व्यवस्थापन नगरी हटाउने प्रयास भए चरणबद्ध आन्दोलन गर्ने धम्की दिएका हुन् । https://www.youtube.com/watch?v=h0bDpTuiXpk भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले आइतबार बसपार्क क्षेत्रमा आयोजित पत्रकार सम्मेलन मार्फत आफूहरूको माग समेत सार्वजनिक गरेको छ । समितिका संयोजक प्रेमबहादुर गुरुङले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई राज्यले व्यवस्थित विकल्प नदिई हटाउन खोजे समस्या झन्… पुरा पढौ

आर्मीलाई सडेन डेथमा पराजित गर्दै पुलिसलाई प्रथम महिला गोल्डकपको उपाधि

पोखरा, त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी जितेको छ । आर.एस.पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आइतबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पुलिसले टाईब्रेकरमा ४—४ गोल भए पछि सडेन डेथमा जित हासिल गरेको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल सिधै टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि दुबै तर्फ ४—४ गोल भए पछि सडेन डेथमा आर्मीकी इन्दीरा राईको पेनाल्टी सुटलाई पुलिसकी गोलरक्षक… पुरा पढौ

कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ

दीननाथ बराल,पोखरा २०, वैशाख, कास्कीमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ पर्नु भएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–४ बागेडाँडामा आफ्नै ६२ वर्षीय बुबा राम बहादुर घर्तीको हत्या गरी फरार हुनु भएको उहाँका छोरा ३४ वर्षीय भीम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरीले घटनाको भोलिपल्टै हत्याको आरोपमा भूजेलले वैशाख १८ गते नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । वैशाख १७ गते साँझ करिब ६ः४५ बजे राम बहादुर घर्ती… पुरा पढौ

तेक्वान्दो संघ गण्डकी अध्यक्षमा जगनबहादुर गुरुङ पून निर्वाचित

पोखरा, वैशाख २०, गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरामा आइतबार भएको संघको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पूनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ चयन हुनुभएको छ । संघको सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दीक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित भएका… पुरा पढौ

मानव सेवा आश्रममा आजदेखि ज्ञान–विज्ञान महायज्ञ सुरु (भिडियो सहित)

दीननाथ बरालपोखरा १९, वैशाख, मानव सेवा आश्रमको आयोजनामा आज (शनिबार) देखि पोखरा २५ हेमजास्थित आश्रम परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको कामना सहित करिब ४ करोड आर्थिक संकलन गर्ने उद्देश्यसहित उक्त महायज्ञ आयोजना गरिएको महायज्ञका संयोजक अनिलकुमार शाहीले बताउनु भयो । https://www.youtube.com/watch?v=zUydrnhNryo&t=14s यही वैशाख २६ गतेसम्म सञ्चालन हुने महायज्ञको एक समारोहका बिच पोखराका मेयर धनराज आचार्य र गलेश्वर धामका पिठाधीश स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा समाजसेवी विवेक रानाको सहयोग

पोखरा, १९ वैशाख, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा समाजसेवी विवेक रानाले आर्थिक सहयोग गरेका छन् । पर्वत घर भई अहिले यूके बस्ने रानाले अक्षयकोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । नव सिर्जनशील युवा क्लव, पैयु, चिन्देखर्क पर्वतका पूर्व अध्यक्ष समेत रहेका उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । अक्षयकोष सहयोगदाता रानाले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए । सहयोग प्राप्त भएपछि एनपिजेए… पुरा पढौ

पोखरामा ‘मालती मंगले’ टोलीः सामाजिक यथार्थ बोकेको प्रेमकथाले दर्शकको मन जित्ने विश्वास

पोखरा, बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार र निर्माण टिमले चलचित्रबारे आफ्ना अनुभव र अपेक्षाहरू साझा गरेका छन्। कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता तथा चर्चित गायक रामकृष्ण ढकाल ले मालती मंगले विशुद्ध सामाजिक यथार्थमा आधारित फिल्म भएको बताए। उनका अनुसार चलचित्रले हाम्रो समाजमा भइरहेका वास्तविक घटना, सम्बन्धका उतारचढाव तथा भावनात्मक जटिलतालाई… पुरा पढौ

पोखरामा महिला गोल्डकप जारीः संकटालाई हराउँदै आर्मी फाइनलमा

पोखरा, त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकप अन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दिपा शाही र हिमा चौधरीले एक–एक गोल गरिन् । संकटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र… पुरा पढौ