मनोरन्जन

आहा रारा पोखरा गोल्डकपको सह–उपप्रायोजक चरक अस्पताल

पोखरा, आहा रारा पोखरा गोल्कडपको रजत संस्करण यही सातादेखि सुरु हुँदैछ । २७ माघदेखि ९ फागुनसम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तीव्र भइरहँदा आयोजक सहारा क्लब पोखरालाई सहयोग गर्नेहरु पनि बढेका छन् ।यसैक्रममा चरक मेमोरियल हस्पिटल प्रालिले प्रतियोगितामा सह–उपप्रायोजकरुपमा सघाउने भएको छन् । सो सम्बन्धमा प्रतियोगिता संयोजक क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र अस्पतालका तर्फबाट डाइरेक्टर कपिल पोखरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पोखरा–८, नागढुंगास्थित चरक मेमोरियलले विगतमा पनि प्रतियोगिता सफल पार्न सघाउँदै आएको थियो । १२ टिमले… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रायोजन

पोखरा, २५ औं संस्करणको आहा रारा पोखरा गोल्कडप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुरस्कार प्रायोजनको सम्झौता भएको छ । आयोजक सहारा क्लब पोखरा र टेल–जी नेपालबीच सो सम्बन्धमा सम्झौता भएको हो । क्लबका तर्फबाट अध्यक्ष केशवबहादुर थापा र टेल–जी नेपालका तर्फबाट निर्देशक सञ्जीव सिल्पकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार सर्वोत्कृष्ट खेलाडीलाई दिइने पुरस्कारवापत दुवै पक्षले आधा–आधा व्ययभार व्यहोर्नेछन् । यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा १२ टिमले भाग लिउँदैछन् । यसैबीच, प्रतियोगितालाई चरक मेमोरियल… पुरा पढौ

विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा निस्शुल्क ठूलो स्क्रिनमा लाइभ देखाइने

पोखरा, आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने भएको छ । प्रचार नेपालको व्यवस्थापनमा एक्ट्रिम इनर्जी ड्रिक्सले पोखरा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा नेपालका खेल लाइभ देखाउन लागेको हो । जसलाई पोखरा इन्टरनेटले सहयोग गरेको छ । ठूलो साउण्डसहित ठूलो स्क्रिनमा लाइभ देखाउन लागिएको आयोजकले जनाएको छ । समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल आगामी आइतबार इंग्ल्याण्डसँग खेल्नेछ । दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो खेल फेब्रुअरी १५ मा वेष्ट इन्डिज र चौथो खेल… पुरा पढौ

मदरल्याण्डमा सांस्कृतिक पर्व भजन देखि योगासम्म, कलादेखि गलासम्म

पोखरा, माघ २४, पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविमा तीनदिनसम्म सांस्कृतिक कार्यक्रम संचालन भयो । सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीको नाचगान मात्र विद्यालयमा आयोजना गरिएन की विद्यार्थीले चित्रकलामार्फत क्षमता देखाउने अवसर पनि त्यही कार्यक्रमलाई बनाए । त्यत्ति मात्र नभई भजनदेखि योगासम्मका प्रदर्शनी विद्यालयमा आयोजना गरियो । गाउने र नाच्ने कार्यक्रम त नियमित नै थिए । कलादेखि गलासम्म र भजनदेखि योगासम्मका कार्यक्रमले धेरैको ध्यान तान्न सफल भयो । विद्यालयले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रस्तुत गराउनका लागि हरेक वर्ष तीनदिने सांस्कृतिक कार्यक्रम गर्दै आएको छ… पुरा पढौ

कास्की १ एमाले सहितका दलबाट नेकपा प्रवेश गर्नेको लर्को, शनिबार ५३ जना नेकपा प्रवेश (भिडियो सहित)

पोखरा, माघ २४, कास्की क्षेत्र नम्बर १ मा एमाले सहितका दल छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको छ । जेनजीको माग पूरा गर्ने जनताको भरोसाको रुपमा रहेको पार्टी नेकपा भएकोले उक्त पार्टीमा प्रबेश गरेको उहाँहरुले बताउनु भयो । उक्त अभियान अन्तर्गत शनिबार काहुँखोलामा आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा ५३ जना एमाले सहितका अन्य दलका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् । https://www.youtube.com/watch?v=9kEhrVy1D4A कार्यक्रममा रणबहादुर विश्वकर्मा सहितका ५३ जना… पुरा पढौ

बद्लिएर आएको कांग्रेसले अब भ्रष्टाचार न्यूनिकरण गर्दै देश सम्हाल्ने जिम्मेवारी लिन सक्छः सभापति थापा

दीननाथ बराल, पोखरा २३, माघ, नेपाली कांग्रेसका सभापति गगन थापाले बद्लिएर आएको कांग्रेसले अब भ्रष्टाचार न्यूनिकरण गर्दै देश सम्हाल्ने जिम्मेवारी लिन सक्ने दाबी गर्नु भएको छ । नेपाली कागेंस गण्डकी प्रदेशको बैठकमा शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले हाल समाजमा नागरिकको व्यापक आक्रोश, राज्यका संस्थाप्रति चरम अविश्वास र सामाजिक कोलाहाल देखिएको उल्लेख गर्दै त्यसलाई सम्हाल्ने ऐतिहासिक जिम्मेवारी अब कांग्रेसको काँधमा आएको उहाँदले बताउनु भयो । भ्रष्टाचारलाई देशको सबैभन्दा ठूलो शत्रुको संज्ञा दिँदै उहाँले व्यक्तिमा होइन, प्रणाली र संस्थागत सुधारमा कांग्रेसको विश्वास… पुरा पढौ

साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधिको शनिबार फाइनल खेलमा बंगलादेश र भारत भिड्ने

दीननाथ बराल, पोखरा, २३ माघ साविक विजेता बंगलादेश र भारत पोखरामा जारी साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधिको लागि फाइनल खेलमा शनिबार (भोलि) प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा रंगशालाको फुटवल मैदानमा दिउसो २ः०० बजे फाइनल खेल हुने भएको साफका महासचिव पुरुषोत्तम कट्टेलले बताउनु भयो । राउण्ड रोविनका आधारमा भएको खेलमा बंगलादेश र भारतले शिर्ष पहिलो र दोश्रो स्थानमा रहदै फाइनलमा यात्रा तय गरेका हुन् । बंगलादेश शिर्ष स्थानमा हुदै लगातार ३ खेलमा जित हासिल गर्दै ९ अंक सहित… पुरा पढौ

बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न, २६ समूहमा ७९ बाबुनानी पुरस्कृत

पोखरा, २३ माघ, पोखराको बगैँचा मन्टेश्वरी प्री–स्कुलद्वारा आयोजित बगैँचा स्पोर्टस् मिट २०८२ सम्पन्न भएको छ । माघ १८ देखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको स्पोर्टस् मिटमा १० प्रकारका मनोरञ्जनात्मक खेलहरू समावेश गरिएका थिए । प्रतियोगितामा २६ समूहका ७९ जना बाबुनानीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । स्पोर्टस् मिटका विजेता बाबुनानीहरूलाई पोखरा महानगरपालिका वडा नं। १५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेल, पोखरा–१० का वडा सदस्य पूर्ण न्यौपाने तथा बालविकास विज्ञ प्रभा भुजेलले मेडल र प्रमाणपत्र प्रदान गरे । समापन समारोहमा बोल्दै… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा नागरिक अभियान्ता रामबहादुर पौडेलको सहयोग

पोखरा, २३ माघ, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा नागरिक अभियान्ता रामबहादुर पौडेलले आर्थिक सहयोग गरेका छन् । नागरिक अधिकार, सुशासन र पारदर्शिताका विषयमा आवाज उठाउने पौडेलले कोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।पोखरा महेन्द्रपुलस्थित फल्चामा शुक्रबार भएको फोटो प्रदर्शनीमा अभियान्ता पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरे । सहयोग हस्तान्तरण पछि अभियान्ता पौडेलले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा… पुरा पढौ

पोखरामा बिटी कप जारी, राष्ट्रिय फुटसल खेलाडी लामालाई सम्मान

पोखरा, २३ माघ, बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ९शुक्रबार० लामालाई सम्मान अर्पण गरेको हो । राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।उनका अनुसार राष्ट्रिय फुटसल खेलाडी लामा बिटी कपमा ठमेल एफसीबाट खेल्दैछन् । ‘राष्ट्रिय स्तरका खेलाडी विरेन स्मृति बिटी कपमा खेल्न आउन् भन्ने नै हाम्रो… पुरा पढौ