मनोरन्जन

प्रतिभा सुपर लिग क्रिकेट ः फाइनल प्रवेशका लागि प्रतिभा र बाल मन्दिर, मदरल्याण्ड र छोरेपाटन भिड्ने

पोखरा, माघ २३, प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुने प्रतिभा माविका प्राचार्य किरण सापकोटाले बताए । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा… पुरा पढौ

मदरल्याण्ड माविको त्रिवसीय कार्यक्रमःविद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा

पोखरा, माघ २३, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको हो । विहीबारदेखि सुरु भएको तीनदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार २० वर्ष सेवा प्रदान गरेकी शिक्षिका टंकमाया घिसिङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी (भिडियो सहित)

पोखरा, २३ माघ, सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको हो । https://www.youtube.com/watch?v=aNzrtEHY28s दर्शनीको दक्षिण एसियाली फुटबल महासंघ ९साफ० का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए । ‘हाम्रो देशले एक… पुरा पढौ

नमस्ते ब्याण्डको १९ औँ महाशिवरात्रि विश्वसंगीत महोत्सव फागुन ३ गते पोखरामा हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २३ माघ नमस्ते ब्याण्डको ३७ औँ वार्षिक उत्सव तथा नेपाल–जापान मैत्री सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा आउदो फागुन ३ गते पोखरामा १९औँ महाशिवरात्रि विश्वसंगीत महोत्सव हुने भएको छ । महाशिवरात्रि पर्वको अवसरमा उक्त महोत्सव काठमाडौँ फागुन १ मा र पोखरामा फागुन ३ गते हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=wRpNGiU_CPw चलचित्र पत्रकार संघ कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त महोत्सवको बारेमा जानकारी गराउदै कार्यक्रम संयोजक एवं चर्चित गायक ईश्वर… पुरा पढौ

पोखरामा शेर्पा समुदायको ग्याल्पो ल्होसार फुगुन पहिलो साता हुने

पोखरा, आगामी फागुन पहिलो साता पोखरामा ग्याल्पो (शेर्पा) ल्होसार २०८२ उत्सव हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा फागुन ६ गते देखि ८ गतेसम्म उक्त उत्सव हुने भएको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त उत्सवमा परम्परागत शेर्पा साँस्कृतिक प्रस्तुतिहरु, शेर्पा खानाका परिकार तथा हस्तकलाको प्रदर्शनी, साँस्कृतिक अनुष्ठान तथा दिगो पर्यटन र पर्वतीय सम्पदासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु समावेश हुने आयोजकले बताएको छ । मेडीकनेक्ट पोखरा तथा आइसीपीडी नेपालको आयोजना, नेपाल पर्वतारोहण संघ, शेर्पा पर्यटन उद्यमी संघ… पुरा पढौ

मुस्ताङको अनुपम सौन्दर्यमा खिचिएको कृष्ण सुनारको म्युजिक भिडियो ‘मुटु भित्र धड्कन’ शुक्रबार सार्वजनिक हुने (भिडियो)

पोखरा, हिमाली पारीको जिल्ला मुस्ताङको मनमोहक प्राकृतिक सौन्दर्यलाई पर्दामा उतारिएको म्युजिक भिडियो ‘मुटु भित्र धड्कन’ यही माघ २३ गते (शुक्रबार)देखि सार्वजनिक हुने भएको छ । कलाकार तथा निर्माता कृष्ण सुनार र जुना कार्कीको अभिनय रहेको उक्त म्युजिक भिडियो युट्युब, फेसबुक र टिकटक सहित विभिन्न सामाजिक सञ्जाल मार्फत दर्शक माझ ल्याइने तयारी गरिएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । निर्देशक कविराज घत्राजको निर्देशनमा तयार भएको भिडियोको छायाङ्कन अपर मुस्ताङ र कागबेनी लगायतको क्षेत्रमा दुई दिनसम्म गरिएको हो।… पुरा पढौ

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख

पोखरा, २२ माघ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै एक भएर उद्देश्यप्राप्तिमा लाग्न जरुरी रहेको उल्लेख गर्नुभयो । ‘नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नै कार्यक्षेत्र र अधिकार तोकेको छ ।’ उहाँले भन्नुभयो– ‘जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउनु र… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा, माघ २२, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीनदिनसम्म संचालन गरिने यो कार्यक्रममा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार विहीबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रोदिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट ः प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

पोखरा, माघ २२, आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक÷एक खेल जितेकाले शुक्रबारको… पुरा पढौ

फागुन २ मा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहितका अन्य इभेण्टमा १७ देशका धावक सहभागि हुने

दीननाथ बराल, पोखरा, २१ माघ, पर्यटनको राजधानि पोखरामा आउदो फागुन २ गते (शनिबार) आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता सहितका अन्य विभिन्न विधामा १७ देशका धावकहरु सहभागि हुने भएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने उक्त प्रतियोगितामा हालसम्म नेपाल सहित १७ देशका महिला तथा पुरुष धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउदै उहाँले यही माघ २४ गतेसम्म म्यारथन सहितका विभिन्न विधामा… पुरा पढौ