मनोरन्जन

पुस २९ गते देखि सुरु हुने पोखरा महोत्सवको तयारी पुरा

पोखरा, पोखरामा यही पुष २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक युनाईटेड क्लबले आइतबार महोत्सव स्थलमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लवको आफ्नै… पुरा पढौ

नव आदर्श सामुदायिक विकास समाजको साधारण सभा सम्पन्न

पोखरा, पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजको २९ औं साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै समाजका मानार्थ सदस्य एवं नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले समाजको विकास र रूपान्तरणका लागि सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण हुने बताए। उनले यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा समाजले खेलेको भुमिका उल्लेखनीय रहेको बताए। पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा भित्रका विकास निर्माणका काममा स्थानीय संघ संस्थासंग सहकार्य गरी अगाडी बढ्न वडा कार्यालय तयार रहेको बताए ।उनले… पुरा पढौ

पोखरा महोत्सवको सुरक्षामा विशेष ध्यान दिइने

पोखरा, १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो । कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाइने निर्णय गरेको छ । सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षहरु भन्दा यो वर्ष… पुरा पढौ

पोखरामा राष्ट्रिय ज्ञानमाला सम्मेलन सुरु, देशभरका भजन मण्डली पोखरामा

दीननाथ बराल, पोखरा, २६ पुस पोखरामा आजदेखि ११ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलन–२०८१ सुरु भएको छ । सम्मेलनमा ८५ वटा भजन मण्डलीका करिब १ हजार ५ सय प्रतिनिधि सहभागी भएको राष्ट्रिय ज्ञानमाला सङ्घका कोषाध्यक्ष राजभाइ शाक्यले बताउनु भयो । सम्मेलनमा भारतको सिक्किमबाट समेत भजन टोली सहभागी भएको आयोजकले जनाएको छ । भगवान् गौतम बुद्धका उपदेश र धर्मदेशनालाई संगीतबद्ध भजनमार्फत समाजमा प्रवाह गर्ने उद्देश्य सहित सम्मेलन सुरु भएको उहाँले जनाउनु भयो । हाल देशभर १४५ वटा ज्ञानमाला भजन मण्डली (खलः) रहेका छन्… पुरा पढौ

कर्णाली सम्पर्क एवं विकास समाजको अध्यक्षमा जसबहादुर बुढा, महिला उद्यमी खड्का सम्मानित

जया पौडेल,पोखरा २६, पुस, कर्णाली सम्पर्क एवं विकास समाज पोखराको नयाँ नेतृत्व चयन गरेको छ । समाजको पोखरास्थित फिष्टेल ड्रिम पार्कमा शनिबार सम्पन्न चौथो अधिवेशनले जसबहादुर बुढाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा राज्यलक्ष्मी न्यौपाने, महासचिवमा चन्द्रप्रसाद पाण्डे, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा नवराज उपाध्याय र सह–कोषाध्यक्षमा गंगाप्रसाद न्यौपाने चयन हुनु भएको छ भने यसैगरी सदस्यहरूमा राजेन्द्र लामा, वीरेन्द्र आचार्य, मेघा सन्ज्याल, रणबहादुर (सिद्धान्त) शाही र पुष्पराज उपाध्याय चयन हुनुभएको हो । साधारणसभा तथा अधिवेशनको उद्घाटन… पुरा पढौ

एन प्याब्सन कास्कीले स्थापना दिवसमा हरिदेवीलाई सम्मान गर्ने, फेवाताल किनार सरससफाई

पोखरा , नेसनल प्याब्सन कास्कीले २७ औँ स्थापना दिवसको अवसरमा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गर्ने भएको छ । आइतबार नेसनल प्याब्सन कास्कीले एक कार्यक्रमको आयोजना गरि शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ कोइरालालाई सम्मान गर्ने भएको हो । कोइरालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, र कास्कीका अध्यक्ष हेमन्त अधिकारीलेले सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी स्थापना दिवसकै अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी… पुरा पढौ

देश भरका थकाली पोखरामा, थकाली सेवा समितिको १४ औँ महाधिवेशन सुरु

दीननाथ बराल, पोखरा, २५ पुस, पर्यटनको राजधानि पोखरामा देश भरका थकाली समुदायका व्यक्तिहरु भेला हुनु भएको छ । थकाली समुदायको सामाजिक संस्था थकाली सेवा समितिको १४ औँ महाधिवेशनमा सहभागि हुन देशभरका थकालीहरु पोखरामा भेला भएको समितिका प्रतिनिधि योगेन्द्र शेरचन बताउनु भयो । आज (श्ुक्रबार) देखि पोखरामा सुरु भएको उक्त अधिवेशसन पुस २७ गतेसम्म चल्ने भएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । थकाली समुदायको हकहित संरक्षण गर्नुका साथै कला, संस्कृति र भेषभूषाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको समितिले विभिन्न सामाजि… पुरा पढौ

अन्नपूर्ण केवलकारको सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीको आपतकालीन रेस्क्यु अभ्यास

दीननाथ बराल,पोखरा, २५ पुस, पोखरामा विगत ५ बर्ष देखि नियमित रुपमा संचालन हुदै आएको नयाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण केवलकारको यात्रा थप सुरक्षित बनाउन आज (शुक्रबार) आपतकालीन उद्धार (रेस्क्यु) अभ्यास गरिएको छ । पोखरा मालेपाटनमा रहेको सशस्त्र प्रहरी बल, (नेपाल नं. २४ गण हेडक्वाटर) कालिका गण र अन्नपूर्ण केवलकार प्रा.लि.को संयुक्त आयोजनामा शुक्रबार पोखरा १८ स्थित सिमताल क्षेत्रमा आपतकालीन उद्धार (रेस्क्यु) अभ्यास गरिएको हो । पछिल्लो समय केवलकारजस्ता आधुनिक यातायातका साधनको प्रयोग बढ्दै गएको सन्दर्भमा त्यससँग सम्बन्धित आकस्मिक दुर्घटनाको प्रभावकारी व्यवस्थापनका… पुरा पढौ

१४ औं पोखरा महोत्सवलाई संघ संस्थाको साथ

पोखरा , १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो झाँकी तथा र्याली सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । उनीहरुले पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा स्व स्फुर्त रुपमा सहभागी भई महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका… पुरा पढौ

नेपालमा हालसम्मकै सर्वाधिक फिचर भएको नयाँ एसयुभी ‘भिक्टोरिस’पोखरामा सार्वजनिक

दीननाथ बराल, पोखरा, २५, पुस, सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्प र गण्डकी प्रदेशका अधिकृत विक्रेता बीबी इन्कर्पोरेटेड ले सुजुकीको अहिलेसम्मकै सबैभन्दा धेरै सुविधा समेटिएको नयाँ मिड–साइज एसयूभी ‘भिक्टोरिस’ पोखरामा सार्वजनिक गरेका छन् । नेपालमा हालसम्मकै सर्वाधिक फिचर भएको नयाँ एसयुभी ‘भिक्टोरिस’ विहिबार एक समारोहका बिच सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । बीबी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुलभ बतास, निर्देशक दया लक्ष्मी बतास तथा बिजनेस हेड राजेश रानाभाटले बिहीबार औपचारिक रूपमा उक्त गाडी सार्वजनिक गर्नुभएको हो । भविष्यमुखी डिजाइन, प्रिमियम आराम… पुरा पढौ