मनोरन्जन

पोखरा महोत्सवमा दर्शकहरुलाई अफरै अफर

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा दुई तर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको… पुरा पढौ

टाइगर कपमा सहभागी हुने माल्दिभ्सको टोली नेपाल आइपुग्यो, सोमबारदेखि पोखरामा अभ्यास खेल

दीननाथ बराल,पोखरा ४, माघ, पोखरामा माघ ९ गतेदेखि सुरु हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा सहभागी हुने माल्दिभ्सको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको छ । टोली आइतबार काठमाडौं अवतरण गरेको प्रतियोगिताका संयोजक कुमार गुरुङले पोखराक्लिकलाई बताए । माल्दिभ्स टोलीलाई स्वागत गर्न काठमाडौंमा टाइगर ग्रुप अफ पोखरा नेपालका सह–कोषाध्यक्ष जीवन भण्डारी, नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह र सदस्य निलम खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । प्रतियोगिताका खेल सञ्चालनका लागि एभीसी अन्तर्राष्ट्रिय रेफ्री अहमद… पुरा पढौ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

माघ ४, पोखरा, मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् । बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको दशौं संस्करणको मिस तामाङ पोखरामा मिस व्युटी विथ परपोज… पुरा पढौ

चौथो रुमा सांगीतिक मेला चैत तेश्रो साता हुने, शिक्षा र पर्यटन प्रवर्द्धनको आधार बन्ने अपेक्षा (भिडियो सहित)

दीननाथ बराल,पोखरा ३, माघ, म्याग्दीको रमणीय रुमा गाउँमा चौथो रुमा सांगीतिक मेला आउँदो चैत महिनाको तेश्रो साता हुने भएको छ । शिक्षा र पर्यटनलाई सँगै अघि बढाउँदै गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित चैत २० र २१ गते उक्त मेला आयोजना हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=3BsClldeG98 लालीगुराँस युवा क्लबको आयोजनामा हुन लागेको यस मेलाले लोपोन्मुख मौलिक संस्कृति संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस मेलामा स्वदेशी मात्र नभई विदेशी सहयोग समेत… पुरा पढौ

सुविधा सहकारीको रजत महोत्सव

पोखरा ८ सिमलचौरमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था को २५ औँ वार्षिक उत्सव तथा रजत महोत्सव विविध कार्यक्रमहरू सहित समापन गरिएको छ। स्थानीय युवाहरूद्वारा सामाजिक गतिविधि आर्थिक सहभागिता गराउने उद्देश्यले स्थापित सहकारीले २८ करोडको कुल कारोबार सहित सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव वीरबहादुर अधिकारीले बताए । सो महोत्सवको शुभारम्भ गर्दै पूर्व अध्यक्ष एवं पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले उत्कृष्ट विद्यार्थी कर्मचारीलाई सम्मान गर्दै सहकारी गतिविधिले समाजमा आर्थिक सहभागिता बढाउन महत्वपूर्ण योगदान गरेको बताएका छन्… पुरा पढौ

सिक्लेसको माघी मेलामा पर्वतका मिलन सुनारलाई छेलो प्रतियोगिताको उपाधि जिते

पोखरा, माघी मेला २०८२ को अवसरमा कास्की जिल्लाको सिक्लेसमा आयोजित छेलो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। माघी संस्कृतिको पावन अवसरमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको छेलो खेल प्रतियोगिता सभा युला सभाथर परिवार को आयोजनामा सम्पन्न भएको हो। गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो। परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनार ले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न… पुरा पढौ

पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने

पोखरा, पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञान गंगाबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ५ गते सेन्ट मेरिज, अञ्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदन बीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ६ गते डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुल बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक गणेश तिमिल्सिनाले जानकारी… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलमा फेरी मुल्य घट्यो

पोखरा, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा फेरी मुल्य घटाएको छ । घटाएको मूल्य भने शुक्रबार बिहान १ः०० बजे देखि लागु हुने भएको निगमनले जारी गरेको सूचनामा उल्लेख छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको छ । त्यसै गरी डिजेल र मट्टितेलमा भने प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ ।निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम रहेको निगमले पोखराक्लिकलाई जनाएको छ । इन्डियन… पुरा पढौ

पोखरामा करिब डेढ करोडको कन्दमुलको कारोबार, ढुंगेसाँघु मेलामा २७ थरीका कन्दमुल प्रदर्शनी (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १ माघ, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजनामा विहिबार पोखरा–१७ ढुंगेसाँघुमा आयोजना गरिएको महानगरस्तरीय चौथो बृहत् कन्दमुल प्रदर्शनीमा २७ थरीका कन्दमुल प्रदर्शन गरिएको छ । परम्परागत माघे सङ्क्रान्ति मेला (हार्ट बजार)को अवसरमा आयोजित उक्त कार्यक्रममा पोखराका विभिन्न वडाका कन्दमुल व्यवसायीक किसानले उत्पादन गरेका २७ थरिका कन्दमुल प्रदर्शनी भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई जानकारी दिनुभयो । https://www.youtube.com/watch?v=jdAGZ8XpQY0 माघे सङ्क्रान्तिको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष करिब डेढ करोड रुपैयाँ बराबरको कन्दमुल कारोबार भएको उहाँले दाबी… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकको ओइरो, शुक्रबार बद्री पंगेनी र डी मर्चाको प्रस्तुती रहने

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । शान्तिश्री संगै लोकदोहारी कलाकारहरु चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतले प्रस्तुती राखेका थिए । साँझको लाइभ कन्सर्टमा युवाहरुमाझ चर्चित लाहुरे आशिष रानाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए । महोत्सवको चौथो दिन लोकदोहोरी गायक… पुरा पढौ