
पोखरा,
पोखरा महानगरपालिकाले पृथ्वीचोकमा निर्माण गरेको अत्याधुनिक “पोखरा घर” को शुभ वास्तु पूजा “घर पैचो” असार २७ गते सम्पन्न गरेको छ । भवनमा पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, घण्टाघर, सार्वजनिक शौचालय तथा स्नानगृह लगायतका सेवाहरू सञ्चालन हुने पोखराका मेयर धनराज आचार्यले बताए । उनका अनुसार केही दिनभित्रै (पोखरा घर) पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

पर्यटन, कला, साहित्य, संस्कृति तथा नागरिक सेवाको प्रवर्द्धनमा ुपोखरा घरु ले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। वास्तु पूजा कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति महानगरपालिकाले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।







