मनोरन्जन

जिल्ला समन्वय समिति कास्कीको जलविद्युत क्षेत्रका समस्या र सरोकारका बिषयमा अन्तरक्रिया

पोखरा ,मंसिर ९, जिल्ला समन्वय समिति कास्कीले जलविद्युत क्षेत्रका समस्या र सरोकारका बिषयमा बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले हाइड्रोपावरहरू नेपालको जलविद्युत बिकास र जलस्रोतको उच्चतम उपयोगमा महत्वपूर्ण भएको भन्दै बाताबरण संरक्षणमुखी उपयोग निति अबलम्बन गर्न आग्रह गर्नुभयो । जिल्लामा संचालन हुने जुन सुकै बिकास आयोजना पनि बाताबरण र जनमुखी हुनुपर्ने भन्दै प्रमुख पौडेलले आयोजनाहरूको दीर्घकालीन स्थायित्व र पूर्ण प्रतिफलका लागि सरोकारवालाहरू बिद्यमान नियम ,कानुन र संबैधानिक ब्यबस्थाप्रती… पुरा पढौ

पोखरामा फेवा किङ्स कप भलिबल प्रतियोगिता सुरु,आयोजक युनाइटेड किङ्स क्लबको विजयी सुरुआत

पोखरा, ९ मंसिर, युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि पोखरामा ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेको छ । पहिलो खेलमा घरेलु टोली गण्डकी प्रदेशले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–१७ ले जितेको गण्डकीले तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२… पुरा पढौ

पत्रकार माधव पनेरु ‘जगदम्बा उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट सम्मानित

पोखरा, मंसिर ८ पत्रकार माधव प्रसाद पनेरु ‘जगदम्बा उत्कृष्ट पत्रकारिता पुरस्कार २०८३’ बाट सम्मानित भएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.द्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार यातायात क्षेत्रको प्रवर्द्धन र सुधारका लागि सञ्चारकर्ममार्फत उत्कृष्ट योगदान पुर्‍याएको भन्दै पनेरुलाई प्रदान गरिएको हो । कम्पनीको आठौँ वार्षिकोत्सवको विशेष अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार अक्षयकोषका दाता तथा यातायात व्यवसायी धर्मराज अधिकारी र कम्पनीका अध्यक्ष ऐनकुमार साईले संयुक्त रूपमा पत्रकार पनेरुलाई सम्मान गरेका हुन् । विगत २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर… पुरा पढौ

राउटे समुदायले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई उपहार दिए काठका भाँडा, सुनाए आफ्ना पीडा र समस्या

दीननाथ बराल, पोखरा ८, मंसिर, सुर्खेतबाट आएका राउटे समुदायका तीन सदस्यीय टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटघाट गरी आफ्नो समुदायको वर्तमान अवस्था, समस्या र आवश्यकताबारे ध्यानाकर्षण गराएका छन् । भेटका क्रममा टोलीले राउटे समुदायको मौलिक सीप र पहिचान झल्किने काठबाट निर्मित भाँडासमेत उहाँलाई उपहारस्वरूप प्रदान गर्नु भएको छ । मुख्यमन्त्रीसँगको भेटमा राउटे समुदायका मुखिया प्रकाशले आफ्नो समुदायको दैनिकी, परम्परागत जीवनशैली, सांस्कृतिक पहिचान तथा पछिल्लो समय भोग्नुपरेका विभिन्न समस्याबारे जानकारी गराउनुभयो । उहाँले समुदायले सामना गरिरहेका चुनौती र आधारभूत आवश्यकताका… पुरा पढौ

पोखराको केदारेश्वर महादेव मन्दिरमा देव दीपावली, पाँच हजार भन्दा बढी दीप प्रज्वलन

दीननाथ बराल,पोखरा ८, मंसिर, पोखराको लेकसाइडस्थित बैदाममा रहेको केदारेश्वर महादेव मणि मन्दिर तथा आश्रम परिसरमा कार्तिक पूर्णिमाको अवसरमा आज साँझ देव दीपावली महोत्सव आयोजना गरिएको छ । मंगलबार साँझ आयोजित महोत्सवमा पाँच हजारभन्दा बढी दीप प्रज्वलन गरिएसँगै मन्दिर परिसर झिलिमिली पारिएको हो । केदारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न महोत्सवमा मन्दिर परिसरका विभिन्न स्थानमा सामूहिक रूपमा दीप प्रज्वलन गरिएको हो । मन्दिर व्यवस्थापन समितिका पीठाधीश स्वामी चिद्धन चैतन्य (लेखनाथ आचार्य) का अनुसार यस वर्ष पाँच हजारभन्दा बढी दीप प्रज्वलन… पुरा पढौ

सातै प्रदेशका ११ सहरमा ‘सुरताल म्युजिकल टूर २०८३’ हुँदै, (भिडियो सहित), नाफाको २० प्रतिशत सामाजिक कार्यमा खर्च गरिने

दीननाथ बराल, पोखरा, ८ मंसिर, नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित देशव्यापी सांगीतिक यात्रा ‘सुरताल म्युजिकल टूर २०८३’ आयोजना हुने भएको छ। ‘अब गुन्जिन्छ नेपाल, एउटै सुर, एउटै ताल’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त सांगीतिक यात्रा सातै प्रदेशका ११ वटा प्रमुख सहरमा आयोजना गरिने मंगलबार पोखराको क्लासिक चुल्हो रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। https://www.youtube.com/watch?v=KFqbA2HX95E सुरताल म्युजिकल टूर २०८३ आगामी पौष ४ गते साँझ ५ बजेदेखि पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानबाट सुरु… पुरा पढौ

पोखरामा भोलिदेखि सुरु हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक किङ्स र कोशी प्रदेश भिड्ने

दीननाथ बराल,पोखरा ८, मंसिर, पोखरामा भोलि (बुधबार) देखि सुरु हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा आयोजक युनाइटेड किङ्स क्लब र कोशी प्रदेश बिच खेल हुने भएको छ । बुधबार दिउसो २ः०० बजे पछि दुई टोली बिच उद्घाटन खेल हुने गरी आज खेल तालिका समेत सार्वजनिक गरिएको प्रतियोगिताका संयोजक थमन गुरुङले बताउनु भयो । उहाँका अनुसार बुधबार बिहान ९ः०० बजे घरेलु टिम गण्डकी भलिवल संघ र त्रिभुवन आर्मी क्लव बिच हुने छ भने दोश्रो खेल… पुरा पढौ

भारतसँग २ खर्ब ४० अर्बको विकास सहायता सुनिश्चित गर्दै प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जनकपुर–अयोध्या ६०४ किलोमिटर रेल सेवा सुरु

काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा यही मंसिर ६ र ७ गते भएको भ्रमणका क्रममा नेपाल र भारतबीच विकास, पूर्वाधार, ऊर्जा, व्यापार, पारवहन, शिक्षा, प्रविधि तथा धार्मिक पर्यटनलगायतका क्षेत्रमा महत्त्वपूर्ण सहमति र समझदारी भएका छन्। भ्रमणको मुख्य उपलब्धिका रूपमा भारतले नेपाललाई करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै, दुई देशले ‘विकसित भारत, समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिकोणपत्र पारित गर्दै… पुरा पढौ

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

काठमाडौं, बाढीले घर, विद्यालय र खेल्ने आँगन मात्र क्षतिग्रस्त बनाएन, नुवाकोट र रसुवाका धेरै बालबालिकाको दैनिकीबाट हाँसो, रमाइलो र बालसुलभ गतिविधिसमेत खोस्यो । गत सेप्टेम्बर २६ मा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीपछि प्रभावित बालबालिकाको जीवनमा फेरि खुसी र उमङ्ग फर्काउने प्रयासस्वरूप कलाकारहरू उनीहरूकै समुदायमा पुगेका छन् । प्लान इन्टरनेसनल नेपाल, क्लाउन्स विदाउट बोर्डर्स यूके र शिल्पी थिएटर नेपालको सहकार्यमा आयोजित सिर्जनात्मक प्रस्तुति तथा खेल गतिविधिले बाढी प्रभावित बालबालिकालाई हाँस्ने, खेल्ने, रमाउने र आफ्ना भावना अभिव्यक्त गर्ने अवसर प्रदान गरेको छ… पुरा पढौ

प्रेस स्वतन्त्रता र महासंघका मागबारे कास्कीमा छलफल

पोखरा, ७ मंसिर, नेपाल पत्रकार महासंघले आफूले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत महासंघ कास्की र गण्डकी शाखाले सञ्चारसम्बद्ध विभिन्न संघसंगठनहरुसँग छलफल गरेको छ । वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको भन्दै त्यसको विरोधमा छलफल आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए । छलफलका क्रममा महासंघ र सम्बद्ध संघसंगठनहरुका प्रतिनिधिहरुले समाचार कक्षभित्रै प्रहरी पसेर पत्रकारमाथि धरपकड गरिएको तथा सञ्चारमाध्यममा अनाधिकृत रूपमा गाडी तेस्र्याउनेहरुमाथि हालसम्म कारबाही नगरिएको विषयमा गम्भीर असन्तुष्टि जनाएका थिए । त्यस्तै,… पुरा पढौ