मनोरन्जन

माछाका पारखीलाई रेन्बो ट्राउट फार्ममा फिसिङ फेस्टिभलमा निम्तो, शनिबार आफैँ माछा मार्ने र ट्राउटको स्वाद लिने अवसर

पोखरा, शनिबार के गर्ने सोच्दै हुनुहुन्छ ! माछा मार्ने रहर छ, त्यसमाथि ताजा रेन्बो ट्राउट माछाका विभिन्न परिकारको स्वाद पनि लिन पाइयो भने कस्तो होला रु त्यसो हो भने तपाईंका लागि एउटा रमाइलो अवसर आउँदैछ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, सार्दीखोलास्थित भुजुङखोलामा ‘प्रथम मत्स्य दिवस तथा फिसिङ फेस्टिभल’ आयोजना हुँदैछ । गण्डकी रेन्बो ट्राउट फार्मले विश्व मत्स्य दिवसको अवसर पारेर आयोजना गर्न लागेको फेस्टिभलमा सहभागी भएर तपाईंले आफैँ बल्छी थापेर ट्राउट माछा मार्न सक्नुहुनेछ । आफूले मारेको माछा आफ्नै स्वाद र… पुरा पढौ

पोखरामा हुने ‘किङ्स कप’ भलिबलको पब्लिक फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

पोखरा मंसिर १, पोखरामा आयोजना हुने प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता पब्लिक फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। प्रतियोगिताका सबै खेल टेलिभिजनसँगै टेलिभिजनका आधिकारिक सामाजिक सञ्जालबाट समेत प्रत्यक्ष प्रसारण गरिने टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए। प्रतियोगिता युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मंसिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुँदैछ। प्रत्यक्ष प्रसारण अधिकारका लागि क्लब र टेलिभिजनबीच सोमबार सम्झौता सम्पन्न भएको हो । सम्झौतामा क्लबका अध्यक्ष अशोक गुरुङ र पब्लिक फोर के टेलिभिजनका प्रवन्ध निर्देशक… पुरा पढौ

चलचित्रप्रतिको मोहले व्यवसायी विवेक थापालाई बनायो फिल्म निर्माता

पोखरा, व्यवसाय आफ्नो ठाउँमा छ, तर चलचित्रप्रतिको मोहले मानिसलाई कुन क्षेत्रमा पुर्‍याउँछ भन्ने उदाहरण हुन् पोखराका युवा व्यवसायी विवेक थापा । व्यावसायिक रूपमा इम्पोर्ट–एक्सपोर्टको क्षेत्रमा सक्रिय थापाको परिचय अहिले चलचित्र निर्माताका रूपमा पनि विस्तार हुँदै गएको छ। सानैदेखि चलचित्रप्रति विशेष रुचि राख्ने उनी अहिले आफ्नो यही रुचिलाई लगानी र सिर्जनात्मक सहकार्यमा रूपान्तरण गरिरहेका छन्। कलाकारहरूसँगको चिनजान र चलचित्र क्षेत्रसँगको निकटताले उनलाई फिल्म निर्माणतर्फ आकर्षित गर्‍यो। यही क्रममा भुवन केसीसँग परिचय भएपछि चलचित्र निर्माणमा सहकार्य गर्ने अवसर जुट्यो। भुवन केसीको निर्माणमा… पुरा पढौ

पोखरामा डुङ्गा सयर गर्ने पर्यटकको भिडभाड, व्यवसायी उत्साहित

दीननाथ बराल, पोखरा ३०, कार्तिक, पोखराको फेवातालमा डुङ्गा सयर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको छ । दसैँदेखि तिहार हुँदै छठ पर्वको दिनसम्मै फेवातालमा दैनिक ७ देखि ८ हजारसम्म पर्यटकले डुङ्गा सयर गर्न थालेपछि डुङ्गा व्यवसायी उत्साहित भएका हुन् । फेवातालमा डुङ्गा सयरसँगै पछिल्लो समय कायकिङ गर्ने पर्यटकको चहलपहल पनि उत्तिकै बढेको छ । ताल किनारमा पर्यटकको भीड लाग्ने गरेको छ भने तालको बीच भागमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जानेहरूको समेत उत्तिकै आकर्षण देखिएको छ । फेवा डुङ्गा… पुरा पढौ

मंसिर ५ र ६ गते हेमजा साहित्य महोत्सव हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३०, कार्तिक, दोस्रो संस्करणको हेमजा साहित्य महोत्सव मंसिर ५ र ६ गते हुने भएको छ । साहित्य, कला, संस्कृति र सिर्जनालाई एउटै थलोमा जोड्ने उद्देश्यसहित मङ्सिर ५ र ६ गते उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=5qCFzgW6_Hk दुई दिन चल्ने महोत्सवमा करिब ५ हजार दर्शक सहभागी गराउने लक्ष्य राखिएको हेमजा साहित्य प्रतिष्ठान, नेपालका अध्यक्ष तथा महोत्सव अध्यक्ष सुनील गायकले बताउनु भयो । महोत्सवले हेमजाको साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय… पुरा पढौ

किङ्स कप राष्ट्रिय भलिबलमा ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा, ३० कात्तिक, खेलकुदको शहर पोखरामा आयोजना हुने प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ मा ६ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मङ्सिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा संचालन हुने प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहने भएको प्रतियोगिता संयोजक थमन गुरुङले पोखराक्लिकलाई जानकारी दिनुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, घरेलु टोली गण्डकी प्रदेश भलिबल सङ्घ, कोशी प्रदेश भलिबल… पुरा पढौ

पोखराका चार स्थानमा धुमधामका साथ मनाइयो छठ पर्व (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ३० कात्तिक, प्रतिकूल मौसमका बाबजुद पोखरामा यस वर्ष पनि चार स्थानमा सामूहिक रूपमा छठ पर्व धुमधामका साथ मनाइएको छ । सूर्यदेव र छठी माताको उपासनाका लागि पोखराका विभिन्न घाटमा व्रतालु तथा श्रद्धालु भक्तजन भेला भएर उदाउदो सूर्यलाई अघ्र्य अर्पण गरेका हुन् । पोखरामा मुख्यगरी नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसरको फेवाताल किनार, भद्रकाली मन्दिर परिसरस्थित माछापोखरी र रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) क्षेत्रका छठ पूजा समितिहरूले सामूहिक रूपमा पर्व मनाउने व्यबस्थापन गरेका हुन् । https://www.youtube.com/watch?v=e-89FoiZx2Q&t=399s भद्रकाली… पुरा पढौ

कास्की र स्याङ्जा विजयी, सिमाना र यशोदा चम्किए

पोखरा, पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा कास्की र स्याङ्जाले जित हासिल गरेका छन्। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएका खेलमा स्याङ्जाले बागलुङलाई ९० रन र कास्कीले पर्वतलाई १२ रनले पराजित गरेका हुन्। पहिलो खेलमा स्याङ्जाले दिएको १२८ रनको लक्ष्य पछ्याएको बागलुङ ११.४ ओभरमा ३७ रनमै समेटियो। बागलुङका कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्। सुप्रिया घर्ती मगरले सर्वाधिक ९ तथा अनुजा सुनारले ८ रन बनाइन्। स्याङ्जाको जितमा सिमाना केसी र रञ्जना साउदले समान ३ विकेट… पुरा पढौ

छठको मुख्य दिन पोखरामा मनाइयो छठ पर्व, वर्षाले सूर्यका भक्तलाई पूजा गर्न कठिन (भिडियोे सहित)

दीननाथ बराल,पोखरा, २९ कात्तिक, पर्यटकीय नगरी पोखरामा यस वर्षको छठ पर्व उल्लास र भक्तिभावका साथ मनाइदैछ । छठ पर्वको मुख्य दिन आइतबार पोखराका विभिन्न चार स्थानमा सामूहिक रूपमा छठ पूजा गरिएको छ । तर अस्ताउँदो सूर्यलाई अर्र्घ दिने समयमा एक्कासि वर्षा भएपछि छठ पूजा गरिरहेका व्रतालु तथा सूर्यका भक्तजनलाई भने सास्ती भएको छ । https://www.youtube.com/watch?v=ZqWNOR_nVrM&t=213s पोखराको नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी क्षेत्रमा छठ पर्व विशेष उत्साहका साथ पहिलो दिनको… पुरा पढौ

गण्डकी प्रधानमन्त्री कप महिला टी–२० छनोटमा नवलपुरको जित, पर्वत ३२ रनले पराजित

पोखरा, पोखरामा जारी गण्डकी प्रधानमन्त्री कप (पीएम) महिला टी–२० क्रिकेट छनोट प्रतियोगितामा नवलपुरले पर्वतमाथि ३२ रनको सहज जित हासिल गरेको छ। नवलपुरले दिएको ७६ रनको लक्ष्य पछ्याएको पर्वत कमजोर ब्याटिङ प्रदर्शन गर्दै १३.१ ओभरमा ४३ रनमै समेटिएपछि नवलपुर विजयी भएको हो। पर्वतका लागि ओपनर दिपिका सापकोटा र सुशिला भट्टराईले समान १०–१० रन बनाउनु नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। दुवैले समान १० बलमा एक–एक चौका प्रहार गरेका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पर्वतका एन्जल अधिकारीले ४, योगिता केसी… पुरा पढौ