मनोरन्जन

पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न, ७५ खेलाडी सहभागी

पोखरा, १ असार, पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत जुडो प्रतियोगिता सम्पन्न भएको छ । छात्र तथा छात्रा गरी दुई विधाका विभिन्न तौल समुहमा गरेर कुल ७५ जनाले सहभागिता जनाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए । उनका अनुसार छात्र तर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी तौल समूहमा प्रतिष्पर्धा गराइएको थियो । जस… पुरा पढौ

गत वर्षभन्दा ३ प्रतिशत बढीको बजेट गण्डकी प्रदेशमा, ३२ अर्ब ९९ करोडको बजेट विनियोजन (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १ असार, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) आउदो बर्षको लागि प्रदेश सभामा उक्त बवेट बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेट गत वर्षको तुलनामा करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो। प्रतिशतका… पुरा पढौ

श्रवणदृष्टि विहीनता प्रतिको जनचेतना बढाउन पोखरामा खुला ५ किलोमिटर सडक दौड हुने

दीननाथ बराल,पोखरा, असार १, श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका अधिकार, आवश्यकता र चुनौतीबारे समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही असार १३ गते खुला ५ किलोमिटर सडक दौड प्रतियोगिता आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ (जुन २७, २०२६) को अवसरमा श्रवणदृष्टि विहीन संघ नेपालले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। संघका अध्यक्ष पुष्पराज रिमालले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदमार्फत समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार यस वर्षको अन्तर्राष्ट्रिय… पुरा पढौ

पिसिएम कप प्लस टु बास्केटबलमा छात्र÷छात्रा दुवै उपाधी एमिसीलाई

३१ जेष्ठ, पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम पिसिएम कप प्लस टु छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधी छात्र÷छात्रा दुबैतर्फ टिम एमिसीले जितेको छ । नदिपुरस्थित कलेजकै बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा एमिसीले साझापानी ‘बि’ लाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरेको हो । त्यस्तै छात्रातर्फ फाइनलमा एमिसीले टिम मुस्कानलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गर्यो । छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । जितसंगै छात्रतर्फ एमिसीले नगद रु १५ हजार सहित ट्रफि, मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्यो… पुरा पढौ

पोखराका होटल ९० प्रतिशत भरिभराउ, भारतीय पर्यटकको उल्लेख्य चहलपहल

दीननाथ बराल,पोखरा ३०, जेठ, पोखरा, पछिल्लो दुई महिनायता पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । विशेषगरी भारतीय पर्यटकको बढ्दो आगमन, आन्तरिक पर्यटन गतिविधिमा आएको वृद्धि तथा लगातार सार्वजनिक बिदाको प्रभावले पोखराका अधिकांश पर्यटकीय होटलहरू यतिबेला पनि भरिभराउ भएका छन् । पोखरा क्षेत्रमा रहेका पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी हाल करिब ९० प्रतिशत पुगेको पर्यटन व्यवसायीहरुले बताउनु हुन्छ । पोखरा क्षेत्रमा एकै रातमा करिब ४० हजार बेड क्षमता रहेको उल्लेख गर्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले हाल… पुरा पढौ

कास्की जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा दीपेन्द्र प्रताप चन्द

पोखरा, कास्की जिल्ला क्रिकेट सङ्घको छैटौ साधारण सभा तथा चौथो अधिवेशनबाट दीपेन्द्र प्रताप चन्द अध्यक्षमा निर्वाचित भएका छन् ।संघको उपाध्यक्षमा चन्द्रकुमार गुरुङ (जिम्मी) सचिवमा विजय रावत, कोषाध्यक्षमा दुर्गा बहादुर चन्द तथा सदस्यहरूमा देवेन्द्र प्रजु, गोविन्द प्रधान, विधान श्रेष्ठ, दीपक बराल, दिलीप अग्रहरी, आशिष बराल, भोजराज बराल, जय प्रकाश थापा (पप्पु), ऋषिकेश शर्मा पौडेल, पूर्ण चन्द न्यौपाने र गुना लुयाली निर्वाचित भएका हुन् । कुल ७३ मतदाता रहेको कास्की जिल्ला क्रिकेट संघको अधिवेशनमा ६७ मत खसेको थियो । अध्यक्ष पदका लागि… पुरा पढौ

निम्तो बाँड्दै कोलकातामा नाट्टा गण्डकीस् पर्यटन सहकार्यको नयाँ ढोका खोल्ने आशा

२९ जेठ, कोलकता, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशले भारतको कोलकातामा आयोजना गरेको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गतको बी–टु–बी नेटवर्किङ कार्यक्रमले पोखरा र कोलकाताबीच पर्यटन सहकार्यको नयाँ आधार तयार गरेको छ । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यमध्ये एक भएको बताउँदै आगामी दिनमा थप भारतीय पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएका छन् । पछिल्ला केही वर्षयता भारतीय पर्यटकको प्रमुख रोजाइ पोखरा बनिरहेको छ । यतिबेला भारतीय पर्यटकले पोखरा भरिन थालेको छ ।… पुरा पढौ

बालश्रम विरुद्ध सामुदायिक सेवा केन्द्र बैदामको सचेतना प्रर्दशन

पोखरा, ३० जेठ, विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतना मुलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपाल सँगको सहकार्यमा कार्यक्रम भएको हो । पोखरा ६ लेकसाईडको फेवाताल किनार पैदल मार्ग तथा खहरेचोक देखी बाराही चोक सम्म सचेतना मुलक प्रर्दशन गरे । लेकसिटी कलेजका विद्यार्थीहरूले समाचार, सन्देश, नारा, र प्रतीकात्मक रातो दागहरूको सेतो कपडा लगाएर प्रर्दशन गरेका थिए । उनीहरुले बालबालिकाको श्रम कहाँ शोषण हुन्छ, कसले शोषण गर्दछ र शोषण उजुरी गर्ने बारे सन्देश… पुरा पढौ

रोटरी क्लब अफ पोखरा अन्नपूर्णद्वारा विद्यालयलाई शैक्षिक समाग्री सहयोग

पोखरा जेठ ३०, रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा महानगरपालिका–३३ बागमारास्थित जनज्योति प्राथमिक विद्यालयलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ । क्लबले शुक्रवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरेर कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना बिद्यार्थीलाई उक्त शैक्षिक सामग्री सहयोग गरेको हो । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सइन्द्रराज श्रेष्ठले स्वार्थभन्दा माथि उठेर समाज सेवामा लाग्नु रोटरीको मुख्य उद्देश्य रहेको उल्लेख गरे । उनले विभिन्न क्षेत्रमा सेवा गर्दै आएको क्लबले शिक्षाको क्षेत्रमा पनि योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै… पुरा पढौ

लोकरञ्जनको ‘सन्धिकाल’ पुस्तकमाथि विमर्श

पोखरा, ३० जेठ, पोखरामा क्रियाशील साहित्यिक संस्था ¥यान्डम रिडर्स सोसाइटीले शनिबार अनुसन्धाता लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ माथि विमर्श गरेको छ । पत्रकार युवराज श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा लेखक पराजुलीले विसं २००७ सालको परिवर्तन र त्यसले नेपाली समाजका विभिन्न आयाममा पारेको प्रभावबारे चर्चा गरे । उनले नेपालमा व्यवस्था परिवर्तन भए पनि शासकको प्रवृत्ति र स्वभावमा भने खासै परिवर्तन नआएको टिप्पणी गरे । सत्तामा पुगेपछि शासकहरुले आफूलाई सर्वज्ञानी ठान्ने र नागरिकलाई रैतीका रुपमा व्यवहार गर्ने गरेको उनको तर्क थियो । ‘नेपालका शासकहरुमा… पुरा पढौ