मनोरन्जन

पोखरामा सातौँ स्वन्ती नखः महोत्सव हुँदै, सयपत्री माला बुन्नेदेखि परम्परागत भाइटीकासम्मका गतिविधि

पोखरा, नेवारी कला, संस्कृति, मौलिक परम्परा र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने उद्देश्यले पोखरामा सातौँ स्वन्ती नखः महोत्सव आयोजना हुने भएको छ। नेवा मिसा पुचः कास्की र पोखरा महानगरपालिका–९ को विशेष सहयोगमा चिप्लेढुंगास्थित नेवास् मिसा पुचःको आयोजनामा कात्तिक २१ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा महोत्सव हुन लागेको हो। नेवारी समुदायको मौलिक पर्व, संस्कार र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यसहित हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष पनि विभिन्न सांस्कृतिक, धार्मिक तथा परम्परागत गतिविधि… पुरा पढौ

कुमुदिनी होम्सको ४०औँ वार्षिक खेलकुद प्रतियोगिता जारी, विद्यार्थीको आकर्षक मार्चपास

पोखरा, पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयको ४०औँ वार्षिक खेलकुद प्रतियोगिता विहिबार पजि जारी रहेको छ । बुधबारदेखि सुरु भएको उत्तः कार्यक्रम विशेष समारोहबीच विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बेलुन उडाएर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा विद्यार्थीहरूले अनुशासित र आकर्षक मार्चपास प्रस्तुत गरेका थिए। मार्चपासको संस्थापक अध्यक्ष पालिखेले सलामी ग्रहण गर्नुभएको थियो। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले विद्यालय परिसर खेलकुदमय बनेको थियो। विद्यालयको शैक्षिक गतिविधिसँगै विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई समेत प्राथमिकता दिँदै वार्षिक रूपमा आयोजना हुँदै आएको… पुरा पढौ

पोखरामा लक्ष्मी मोटर हबले एकै दिन सार्वजनिक ग¥यो बीएआईसी र आर्कफक्सका दुई मोडल (भिडियो सहित), ३७ लाख ९६ हजारदेखि सभा एक करोड मुल्यका गाडी

दीननाथ बराल, पोखरा १९, कार्तिक, पोखराको अमरसिंह चोकमा लक्ष्मी मोटर हबले चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसी र यसको प्रिमियम विद्युतीय सवारी ब्रान्ड आर्कफक्सका दुई नयाँ मोडल एकैसाथ सार्वजनिक गरेको छ । नेपालका लागि बीएआईसी तथा आर्कफक्सका आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याउँदै बीएआईसी बीजे६० हाइब्रिड र आर्कफक्स टी१ विद्युतीय गाडी औपचारिक रूपमा विहिबार सार्वजनिक गरेको हो । https://www.youtube.com/watch?v=0w0XqpZOkn0&t=6s अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनिल श्रेष्ठले संयुक्त रूपमा दुवै गाडीको अनावरण गर्दै सार्वजनिक गर्नुभयो ।… पुरा पढौ

पाल्पाली देउसी भैलो कार्यक्रमलाई सिटिजन फर्निचरको मुख्य प्रायोजन

पोखरा, १९ कात्तिक, पाल्पाली समाज पोखराले शुभ—दीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३ आयोजना गर्दैछ । समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी भैलो पोखरामा प्रस्तुत गर्ने भएको हो । उक्त अवसरमा पाल्पाली मौलिक देउसीभैलो कार्यक्रमसहित कलाकारको विभिन्न प्रस्तुति रहनेछ । साथै, मौलिक सोरठी, कौरा, सालैजो र झ्याउरे नृत्य प्रस्तुति रहनेछ । गायकगायिका करण तामाङ, रामजी पौडेल, बसन्ती थापामगर, सीमा सारु, प्रकाश क्षेत्रीले गीत गाउनेछन् । कार्यक्रमलाई सिटिजन फर्निचर, न्यूरोडले मुख्य प्रायोजन गरेको समाजका अध्यक्ष श्रीधर पराजुलीले… पुरा पढौ

दशौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीका २२ आर्चरी खेलाडी छनोट

पोखरा १९, कार्तिक, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने आर्चरी खेलाडीको टुङ्गो लागेको छ । गण्डकी प्रदेश आर्चरी संघले सञ्चालन गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ पुरुष र १० महिला गरी २२ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको संघका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले पोखराक्लिकलाई बताउनु भयो । दुई दिनसम्म चलेको छनोट प्रतिस्पर्धामा प्रदेशका चार जिल्लाका ३४ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । मुस्ताङ, म्याग्दी, बागलुङ र कास्कीका खेलाडीबीच भएको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित… पुरा पढौ

पोखराको जैमुरेमा बेवारिसे अवस्थामा भेटियो भरुवा बन्दुक

पोखरा १९, कार्तिक पोखरा महानगरपालिका–१६ स्थित जैमुरेमा एक थान भरुवा बन्दुक फेला पारेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको गस्ती टोलीले बुधबार दिउँसो सडक छेउमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नियमित गस्तीका क्रममा जैमुरे पुगेको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । बरामद गरिएको बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने विषयमा प्रहरीले… पुरा पढौ

प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, दोस्रो दिन १७ खेल सम्पन्न

पोखरा, गण्डकी प्रदेश टेनिस संघको आयोजनामा सञ्चालित प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन बिहीबार १७ खेल सम्पन्न भएका छन् । ट्रयाङ्कुलिटी स्पाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत यू–१० ब्वाइज सिंगल्सको उपाधि सोनाम छिरिङ घलेले जितेका छन् । बिहीबार सम्पन्न फाइनलमा उनले आयान पन्तलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । अन्य उमेर समूहका इभेन्टमा क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन् । यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक र अभिषेक विक सेमिफाइनलमा प्रवेश गरेका छन् । सुरेन्द्रले… पुरा पढौ

अल्फा बोर्डिङ स्कुलमा युनाइटेड काउन्सिल ट्रफी २०८३ सुरु

पोखरा, पोखरा–१६, लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलको प्राङ्गणमा युनाइटेड काउन्सिल ट्रफी २०८३ प्रतियोगिता सुरु भएको छ। खेलकुदको विकासका साथै विद्यार्थीहरूमा रहेको खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो। युवा रेडक्रस सोसाइटीका अध्यक्ष प्रवेश पोखरेलको सभापतित्वमा उद्घाटन समारोह सम्पन्न भएको थियो। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। १६ का वडा सदस्य श्रीमती मन्जु नेपाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथिले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्जु नेपालीले बालबालिकामा खेलकुदले पार्ने… पुरा पढौ

अभिषेकले अस्ट्रेलियन ओपन २०२७ को छनोट खेल्ने

काठमाडौं, नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया÷प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् । चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने प्रतियोगितामा अभिषेकले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभिषेकले अस्ट्रेलियन ओपन खेल्ने आफ्नो लामो समयदेखिको सपना पूरा हुन लागेको बताए । ‘अस्ट्रेलियन ओपन खेल्ने सपना थियो । यो अवसर पाउँदा निकै खुसी छु । प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु,’ उनले भने । एसिया÷प्यासिफिक क्षेत्रका… पुरा पढौ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

पोखरा, लेखनाथलाई पोखराको वैकल्पिक पर्यटकीय गन्तव्यका रूपमा मात्र नभई छुट्टै पहिचान र सम्भावना बोकेको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । होटेल एण्ड रेष्टुरेण्ट एशोसियसन लेखनाथको आयोजनामा बेगनास ताल किनारमा जारी छैटौँ बेगनास फिस फेस्टिभलको अवसरमा आयोजित ‘ताल पर्यटन र लेखनाथको पर्यटकीय गन्तव्य, स्थानीय रोजगारी, आर्थिक समृद्धि र दिगो विकास’ विषयक संवाद कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटनको गुणात्मक विकास, पूर्वाधार विस्तार, ताल संरक्षण र स्थानीय समुदायको आर्थिक सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्् । कार्यक्रममा… पुरा पढौ