
पोखरा १९, कार्तिक
पोखरा महानगरपालिका–१६ स्थित जैमुरेमा एक थान भरुवा बन्दुक फेला पारेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको गस्ती टोलीले बुधबार दिउँसो सडक छेउमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नियमित गस्तीका क्रममा जैमुरे पुगेको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । बरामद गरिएको बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको उहाँले जनाउनु भयो ।





