मनोरन्जन

पर्वतीय दौडलाई पोखराको नयाँ ब्रान्ड बनाउँदै दूरी बढाउन सुझाव

पोखरा ४, चैत, विश्व पर्यटन दिवसका सन्दर्भमा पोखरामा आयोजना हुँदै आएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई पोखराको नयाँ ब्रान्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रकोे आयोजनामा पोखरामा संचालन हुदै आएको आठ किलोमिटर दूरीको उक्त पर्वतीय दौडलाई विस्तार गरी हाफ म्याराथन (२१ कि.मी.) हुँदै फूल म्याराथनको अवधारणामा लैजानुपर्ने सुझाव समेत दिए । बुधबार पोखरास्थित सिल्भर प्लेट पार्टी प्यालेसमा आयोजित दोस्रो संस्करणको समीक्षा कार्यक्रममा बोल्दै सरोकारवालाले प्रतियोगितालाई दीर्घकालीन रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिएका… पुरा पढौ

प्याराग्लाइडिङ प्रतियोगिताको ल्याण्डिङ स्थल क्षेत्र फेवाताल किनार खपौदीमा सरसफाइ

दीननाथ बराल, पोखरा, ३ चैत, पाँच वर्षपछि पोखरामा हुन लागेको २१औं खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको पूर्व अवसरमा फेवाताल किनारस्थित खपौदी क्षेत्रमा बृहत् सरसफाई गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै स्थानीय संघ–संस्था, क्लब, आमा समूह, सामुदायिक प्रहरी तथा विभिन्न सामाजिक अभियन्ताहरूको सहभागितामा सरसफाइ गरिएको नेपाल हवाई खेलकुद संस्था ना ले पोखराक्लिकलाई जनाएको छ । लामो समयदेखि प्याराग्लाइडिङ अवतरण बन्द रहेकाले उक्त क्षेत्रमा प्लास्टिकजन्य फोहोर तथा मदिराका बोतलहरू थुप्रिएको अवस्थामा भेटिएको र ती फोहोर संकलन… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन पोखरामा बुधबारदेखि हुदै

पोखरा, चैत ३, सूर्य नेपाल गल्फ टुर २०२५÷०२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन भोलि बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने भएको एनपिजीलेले जनाएको छ । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ। १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन्। सूर्य नेपाल… पुरा पढौ

नेलम्बो नेपालको माछापुच्छ्रेमा दुई दिने निःशुल्क दन्त तथा कान शिविर, ५ सयभन्दा बढी लाभान्वित

पोखरा, शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील सामाजिक संस्था नेलम्बो नेपालले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा वडा नं. ५ स्थित रिभान स्वास्थ्य चौकीमा सञ्चालन गरेको दुई दिने निःशुल्क दन्त तथा कान शिविरबाट ५०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा दाँत तथा कान सम्बन्धी विविध सेवा प्रदान गरिएको थियो। दन्ततर्फ दाँत परीक्षण, दाँत भर्ने, सफा गर्ने, निकाल्ने, एक्स–रे गर्ने, दाँत मिलाउने, गिँजाको उपचार लगायतका सेवा दिइएको थियो भने कानतर्फ कान परीक्षण, कान सफा गर्ने, सुनुवाइ जाँच, माइक्रो सक्सन विधिबाट उपचार, औषधि… पुरा पढौ

पोखरामा २१ औं खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता विहिबार देखि हुने (भिडियो सहित) ७ देशका १४ महिला सहित ९० प्याराग्लाईडिङ पाइलट पोखराको आकासमा ..

दीननाथ बराल, पोखरा २, चैत, नवौं राष्ट्रिय खेलकुदका क्रममा निसिम थापाको प्याराग्लाईडिङ उडानको क्रममा दोश्रो दिनमा दुर्घटनामा परी ज्यान गएसंगै स्थगित भएको सोलो प्याराग्लानईडिङ सहितको प्रभावित भएको खुल्ला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही चैत ५ गतेदेखि पोखरामा सुरु हुने भएको छ । पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको २१ औं संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको ९० प्रतिशत तयारी पूरा भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=Ynw5cVsMIR4 नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा… पुरा पढौ

पोखरामा एच टि सि मोबाइलको बिक्री वितरण सुरु

पोखरा, २ चैत, पोखराका तीन जना युवा व्यवसायीले एच टि सि मोबाइलको बिक्री वितरण सुरु गर्नुभएको छ । एमटिएस ट्रेडर्स प्रा.लि.मार्फत आइतबारदेखि पोखरा बजारमा एच टि सि मोबाइल उपलब्ध गराउन थालिएको हो। यसअघि रियलमी, इन्फिनिक्स, जेटटी, यूमिडिगी लगायत विभिन्न ब्रान्डका मोबाइल फोन बिक्री वितरण गर्दै आउनुभएका व्यवसायीहरूले अब संयुक्त रूपमा पनि एच टि सि मोबाइलको पोखरा क्षेत्रका लागि बिक्री वितरण सुरु गर्नुभएको हो।संस्थाका अध्यक्ष युवा व्यवसायी तारानाथ आचार्यले पोखरामा एच टि सि मोबाइलले राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।… पुरा पढौ

पोखरामा गुरुङ कथानक चलचित्र सौंर्बे म्रु प्रिमियर शो र ७ गते श्रीकृष्ण हलमा प्रदर्शन

पोखरा, ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा भिआइपी ९प्रिमियर शो० प्रदर्शन गरिएको छ । सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखराको मिडटाउन फिल्म हलमा भिआइपी ९प्रिमियर० शो गरिएको हो । प्रिमियर शोमा बोल्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवद्र्धनमा थप मद्धत पुग्ने विश्वास रहेको बताए । ‘घान्द्रुकको आसपास क्षेत्रमा निर्माण गरिएको चलचित्र मनको राजा सबैको राजा… पुरा पढौ

बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय होमस्टे मार्ट हुने, सहभागिताका लागि आवेदन खुला

दीननाथ बराल,पोखरा, चैत १, तनहुँको पर्यटकीय गाउँ बन्दीपुरमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक प्रदेशस्तरीय होमस्टे मार्ट आयोजना हुने भएको छ । आगामी वैशाख १८ र १९ गते हुने उक्त कार्यक्रममा सहभागी हुन चाहने गण्डकी प्रदेशका होमस्टे, फार्मस्टे तथा पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई आवेदन दिन हाल आह्वान गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा उक्त कार्यक्रम हुने तयारी गरिएको हो । मार्टमा सहभागी हुन… पुरा पढौ

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा सामाजिक कार्य तथा उत्कृष्ट कर्मचारी सम्मान

पोखरा, पोखरा–६ बैदामस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि. स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । रिसोर्जले यस अवसरमा विभिन्न सामाजिक कार्य गर्दै वार्षिक उत्सव मनायो । आइतबार बिहान लेकसाइडको स्ट्रिट नम्बर ६ वरपर सरसफाई तथा डष्टविन वितरण गरेको थियो । त्यसैगरी मानव सेवा आश्रम, हेम्जामा खाद्य सामग्री वितरण गरेको थियो । दिवसका अवसरमा आइतबार टेम्पल ट्री प्रा।लि। परिसरमै एक समारोहको आयोजना गरियो । समारोहमा रिसोर्टमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मान तथा आपसमा शुभकामना आदान–प्रदान गरियो । रिसोर्टमा… पुरा पढौ

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

१ चैत, पोखरा, पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत… पुरा पढौ