मनोरन्जन

लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’ थप कडा, ३१ जना पक्राउ र ५८ वटा सवारी नियन्त्रणमा

पोखरा, पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा शान्ति सुरक्षा कायम गर्दै पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अभियानलाई थप तीव्रता दिएको छ। अभियानअन्तर्गत प्रहरीले एकै रातमा ३१ जना व्यक्तिलाई नियन्त्रणमा लिनुका साथै ५८ वटा सवारीसाधनमाथि कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंसिर २१ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीका क्रममा २९ जना पुरुष र २ जना महिलासहित ३१ जना नियन्त्रणमा परेका हुन्। प्रहरीका… पुरा पढौ

आज काग तिहार मनाइँदै, यमराजका दूत कागलाई मीठा परिकार चढाएर पूजा गरिँदै

काठमाडौं, यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा काग तिहार श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। बिहानैदेखि घरआँगनमा कागलाई मनपर्ने खानेकुरा राखेर पूजा गर्ने परम्पराअनुसार नेपालीहरूले यो पर्व मनाइरहेका छन्। हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिने गरिन्छ। यमराजले कागमार्फत पृथ्वी लोकका खबर प्राप्त गर्ने विश्वास रहेकाले कागलाई सम्मानपूर्वक पूजा गरी मीठा खानेकुरा अर्पण गर्ने चलन बसेको हो। कागले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने कामनासहित आजको दिन दही, भातलगायत विभिन्न परिकार खुवाउने धार्मिक प्रचलन छ। लोकविश्वासमा काग घरको… पुरा पढौ

कास्की जिल्ला युवा चेम्बर गठन, अध्यक्षमा लामिछाने चयन

पोखरा, युवा उद्यमशीलता, नेतृत्व विकास तथा व्यावसायिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित चेम्बर अफ कमर्स कास्कीको आयोजनामा कास्की जिल्ला युवा चेम्बर गठन गरिएको छ। नवगठित युवा चेम्बरको अध्यक्षमा दुर्गानाथ लामिछाने चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पवन तिवारी, सचिवमा गोविन्द शर्मा पौडेल र कोषाध्यक्षमा माधव भण्डारी रहनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि यामनाथ पौडेलले युवाहरू देशको आर्थिक तथा व्यावसायिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै युवाहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र नवीनतम व्यावसायिक अवधारणाको विकास हुन आवश्यक रहेको धारणा… पुरा पढौ

कुमुदिनी होम्समा वार्षिक खेलकुद सम्पन्न

पाेखरा,२० कार्तिक, महानगरपालिका वडा नं ४, गैह्रापाटनमा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयको वार्षिक कार्यतालिकाअनुसार ४०औं वार्षिक खेलकुद प्रतियोगिता २०८३ शुक्रवार सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय प्राङ्गणमा बेलुन उडाएर बुधवार प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभएको भए पनि मन्टेश्वरीदेखि ५ कक्षा सम्मका विद्यार्थीको खेलकुद भने १५ गतेदेखि नै सञ्चालन गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए भने अध्यक्ष पालिखेले मार्चपासको सलामी ग्रहण गर्नुभएको थियो। प्रतियोगिता अवधिभर करिब नौ सय… पुरा पढौ

धार्मिक यात्राबाट बचत ६० हजार र व्यक्तिगत १० हजारसहित योगेश गुरुङको टिमबाट सहारा क्लबलाई ७० हजार सहयोग

पोखरा, सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले यूके निवासी योगेश गुरुङ नेतृत्वले सहारा क्लबलाई ७० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। गुरुङले धार्मिक यात्राबाट बचत भएको ६० हजार रुपैयाँ सहारा क्लबलाई सहयोग गर्नुभएको हो। त्यसैगरी, क्लबले आयोजना गर्न लागेको देउसी–भैलो कार्यक्रमका लागि उहाँले आफ्नो व्यक्तिगत तर्फबाट थप १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। सहारा एकेडेमीमा हालै एक समारोहका बिच ७० हजार रुपैयाँ क्लबलाई हस्तान्तरण गरिएको हो। यूकेको डाइमण्ड बुद्धिष्ट सेन्टरका संस्थापक महासचिव तथा निवर्तमान… पुरा पढौ

ड्यामसाइड क्लबको दशौँ दीपावली सांगीतिक साँझ भोलि (शनिबार) हुने , स्थानीय कलाकारको विशेष प्रस्तुति रहने

पोखरा, संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र खेलकुदका माध्यमबाट स्वस्थ समाज निर्माण गर्ने उद्देश्य सहित पोखरा–१७ स्थित ड्यामसाइड क्लबले दशौँ ड्यामसाइड दीपावली सांगीतिक साँझ–२०८३ आयोजना गर्ने भएको छ। काग तिहारको अवसर पारेर भोलि (शनिबार) कार्तिक २१ गते ड्यामसाइड चोक, पार्दी मार्ग (सडक नं. डी–१३) मा कार्यक्रम आयोजना गर्न लागिएको क्लबले पोखराक्लिकलाई जनाएको छ। कार्यक्रम साँझ ५ बजेदेखि राति ९ः३० बजेसम्म सञ्चालन हुने भएको हो । ‘संस्कृतिको जर्गेना गरौँ, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याऔँ’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा लाइभ म्युजिक, नृत्य, हास्य… पुरा पढौ

पोखरा गौशालामा ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ को तयारी पुरा, एक सय ५६ स्थानीय गाईको दर्शन गराइने

पोखरा, कात्तिक २०, पोखरा महानगरपालिका वडा नं. १५ मझुवास्थित पोखरा गौशाला (गौ सेवा आश्रम) मा कात्तिक २१ गते (भोलि)देखि २५ गतेसम्म आयोजना हुने ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ को सम्पुर्ण तयारी पुरा भएको छ । तिहार (यमपञ्चक) को पावन अवसरमा स्थानीय रैथाने जातका गाईहरूको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक लक्ष्मण पौडेलका अनुसार महोत्सव अवधिभर दैनिक बिहान ८ः०० बजेदेखि आगन्तुकहरूका लागि स्थानीय जातका एक सय ५६ वटै गौमाताहरूको दर्शन तथा पूजाआजाको व्यवस्था मिलाइएको… पुरा पढौ

ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिसमा निम्तीलाई दोहोरो उपाधि, यू १६तर्फ असव र स्वराह बिजयी

पोखरा, गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा ट्रायङ्ुलिटी स्पाको मुख्य प्रायोजनमा पोखरामा जारी प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार फाइनल र सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको तेस्रो दिन तीन उमेर समुहतर्फका फाइनल खेलहरु सम्पन्न भएको प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिएका छन् । प्रतियोगितामा गल्र्सतर्फ निम्ती कुंवरले दोहोरो उपाधि जितिन् । उनले यू१० र यू१२ दुई उमेर समुहमा उपाधि जितिन् । उनले यू१० तर्फको फाइनलमा सहारा कायस्थलाई ६–०, ६–१ ले जित हात पार्दा यू१२ तर्फ… पुरा पढौ

पोखरामा भारतीय गोर्खा सैनिकको ऐतिहासिक ग्यालरी स्थापना (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २० कात्तिक, पर्यटनको राजधानी पोखरामा भारतीय सेनामा सेवारत गोर्खा सैनिकहरूको वीरता, साहस, त्याग र बलिदानको इतिहास अब पोखरामै अवलोकन गर्न पाइने भएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराको पहलमा पोखरास्थित गोर्खा मेमोरियल म्युजियममा भारतीय गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक ग्यालरी स्थापना गरिएको हो । https://www.youtube.com/watch?v=faLwWTpf94Q&t=313s भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टको गौरवपूर्ण इतिहास, सैनिक योगदान, युद्धका अनुभव तथा वीरताका गाथालाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पु¥याउने उद्देश्यले ग्यालरी स्थापना गरिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल… पुरा पढौ

पोखरामा १७ स्थानबाट सयपत्री फूल बिक्री हुने, प्रतिकेजी ५०० र प्रतिमाला २०० रुपैयाँ मूल्य निर्धारण, न्यूनतम समर्थन मुल्य समेत निर्धारण

दीननाथ बराल,पोखरा, २० कात्तिक, तिहारमा फूलमालाको माग बढ्ने समयलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले स्थानीय उत्पादनको बजारीकरणका लागि १७ वटा बिक्री केन्द्र तोकेको छ। महानगरपालिकाले यही कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र फूलमाला प्रतिमाला २०० रुपैयाँ निर्धारण गरेको महानगरले पोखराक्लिकलाई जनाएको छ । स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारको सुनिश्चितता गर्ने, उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउने र तिहारका बेला मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्ने उद्देश्यले महानगरले बिक्री केन्द्र र मूल्य निर्धारण… पुरा पढौ