मनोरन्जन

दसौँ राष्ट्रिय खेलकुद केन्द्रित छनोट प्रतियोगिता गण्डकीमा अन्तिम चरणमा, खेलाडीसहित ७७९ जनाको टोली सहभागी गराउने तयारी

दीननाथ बराल,पोखरा, २९ कात्तिक, कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै गण्डकी प्रदेशमा खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रतियोगितामा प्रदेशको तर्फबाट खेलाडीसहित ७ सय ७९ सदस्यीय टोली सहभागी गराउने तयारीसहित प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट, प्रशिक्षण र व्यवस्थापनका कामलाई तीव्रता दिएको परिषदले पोखराक्लिकलाई जनाएको छ । परिषद्का अनुसार गण्डकीबाट ६ सय ५६ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रारम्भिक योजना छ। राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये कुस्तीबाहेक ३१ खेलमा गण्डकीको सहभागिता रहनेछ। प्रदेश खेलकुद परिषद्का… पुरा पढौ

सृजना विकास केन्द्रको साधारण सभामा बोल्दै प्रजिअ गुरुङले सामाजिक रूपान्तरणका संवाहक बन्न सामाजिक सङ्घसंस्थालाई आग्रह

पोखरा, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सामाजिक सङ्घसंस्थाहरू समाज रूपान्तरणका संवाहक बन्नुपर्ने बताउनुभएको छ। उहाँले सामाजिक संस्थाहरूले आफ्नो उद्देश्यअनुरूप पारदर्शी, जबाफदेही र सुशासित ढङ्गले काम गर्दै समुदायको विकासमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो। पोखरा–८, सिमलचौरस्थित सृजना विकास केन्द्रको ४९औँ वार्षिक साधारण सभा तथा ४६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राज्यको पहुँच सबै क्षेत्रमा एकैपटक पुग्न नसक्ने अवस्थामा सामाजिक सङ्घसंस्थाहरूले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, जनसेवा र सामुदायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै… पुरा पढौ

पोखरामा धुमधाामका साथ मनाइदै छ छठ पर्व (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ कात्तिक, पर्यटकीय नगरी पोखरामा पनि यस वर्षको छठ पर्व धुमधामका साथ मनाइने भएको छ । पोखराका मुख्य गरी ४ ठाँउमा सामुहिक रुपमा धुमधामका साथ मनाउने तयारी सुरु भएको छठ पूजा समितिहरुले पोखराक्लिकलाई बताउनु भएको छ । https://www.youtube.com/watch?v=rDUDWhAZH10&t=9s पोखराका विभिन्न छठघाटमा सरसफाइ, सजावट तथा आवश्यक व्यवस्थापनका काम अघि बढाइएको विभिन्न स्थानका छठ पूजा समितिहरुले उल्लेख गरेका हुन् । पोखरामा मुख्यगरी नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी गरी चार… पुरा पढौ

घरेलु टिम कास्कीको विजयी सुरुवात, चन्द्रमाया बरालको अलराउण्ड प्रदर्शन

दीननाथ बराल,पोखरा २८, कार्तिक, गण्डकी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० छनोट क्रिकेट प्रतियोगिता २०८३ को उद्घाटन खेलमा घरेलु टिम कास्की जिल्ला महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज(शनिबार) सम्पन्न उद्घाटन खेलमा घरेलु टीम कास्कीले नवलपुरलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर नवलपुरकी कप्तान श्रेया शर्माले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको कास्कीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ११६ रनको योगफल तयार पारेको थियो । कास्कीका लागि चन्द्रमाया… पुरा पढौ

सहारा क्लबको देउसी–भैलोबाट ११ लाख ६८ हजार आम्दानी, सहारा एकेडेमी सञ्चालनमा खर्च गरिने

दीननाथ बराल,पोखरा २८, कार्तिक, कठिन परिस्थिति तथा विपन्न परिवारका बालकहरूलाई निःशुल्क आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्दै आएको सहारा क्लब पोखराले तिहारको अवसरमा आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट ११ लाख ६८ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । क्लबले सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरेको देउसी–भैलो कार्यक्रम २०८३ बाट कुल ११ लाख ६८ हजार ६१३ रुपैयाँ संकलन भएको क्लबले पोखराक्लिकलाई जनाएको छ । एकेडेमीमा आश्रित बालकहरूको आवास,… पुरा पढौ

भाइटिका महोत्सवमा १५ देशका ५१ पर्यटकले लगाए टिका (भिडियो सहित)

पोखरा, २५ कात्तिक, होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आज (बुधबार) आयोजना गरेको १९ औं संस्करणको भाइटिका महोत्सव २०८३ मा विभिन्न १५ देशका ५१ पर्यटकले सप्तरंगी टिका लगाएका छन् । पोखराको लेकसाइड स्थित होटल पौवाको परिसरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका हुन् । https://www.youtube.com/watch?v=G1FU46FDrKE&t=345s सो अवसरमा अमेरिका, वेलायत, चीन, जापान, अष्ट्रेलिया लगायत विभिन्न १५ देशका पर्यटकले टिका ग्रहण गरेका थिए । आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले संघले भाइटिकालाई महोत्सवका रुपमा निरन्तरता दिएपछि पोखराका विभिन्न… पुरा पढौ

पोखरामा भिन्तुना (शुभकामना) ¥याली सहित नेपाल संवत् ११४७ को मनाइयो (भिडियो सहित) मौलिक संस्कृति संरक्षणमा जोड

दीननाथ बराल, पोखरा, २४ कात्तिक, नेपाली मौलिक संवत्का रूपमा रहेको नेपाल संवत् ११४७ को अवसरमा पोखरामा भिन्तुना (शुभकामना) ¥याली निकालिएको छ । नेवारी कला, संस्कृति, भेषभूषा र परम्पराको झल्को दिने विभिन्न सांस्कृतिक झाँकीसहित निकालिएको ¥यालीमा नेवारी समुदायका विभिन्न संघसंस्था तथा सबै उमेर समूहका व्यक्तिहरू उत्साहपूर्वक सहभागी हुनु भएको छ । https://www.youtube.com/watch?v=znUJbNt_TI8&t=8s नेवा खलः कास्कीसहित नेवाः मिसा पुच कास्की, नेवाः ल्याम्ह पुच कास्की, नेवा पत्रकार पुच कास्की र झिगु भाय झिगु संस्कृतिको संयुक्त आयोजनामा मंगलबार पोखरामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको… पुरा पढौ

सल्युट गोर्खा ट्रेनिङ सेन्टर बेलायत, सिंगापुर हुँदै स्वदेशमै सुरक्षा सेवाको रोजगारीको अवसर (भिडियो सहित)

पोखरा २४, कार्तिक नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीप र दक्षतासहित स्वदेश तथा विदेशमा रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले पोखरामा सञ्चालित सल्युट गोर्खा ट्रेनिङ सेन्टरले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रालिले पोखरामा आयोजना गरेको पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेसँगै सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीले संस्थालाई आधिकारिक तालिम केन्द्रको मान्यता प्रदान गरेको हो। https://www.youtube.com/watch?v=d13sk1QksvA&t=50s कात्तिक १९ देखि २४ गतेसम्म सञ्चालन भएको तालिममा ३५ जना नियमितसहित करिब ६० जनाको सहभागिता रहेको थियो। तालिम समापन… पुरा पढौ

यस बर्ष पनि पोखरामा भाइटिका महोत्सव हुँदै

पोखरा, २४ कात्तिक, होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २५ गते १९ औं भाइटिका महोत्सव २०८३ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । अपरान्ह तीन बजे सुरु हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण… पुरा पढौ

पोखराको मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा प्रथम, लेकसाइडमै गरियो गाई पूजा (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २३ कात्तिक, पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा प्रथम भएको छ । तिहारको अवसरमा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा सोमबार आयोजित ‘मौलिक देउसी–भैलो उत्सव तथा प्रतियोगिता–२०८३’ मा सहभागी १० समूहलाई पछि पार्दै पुन समाज पोखरा उत्कृष्ट बन्न सफल भएको हो । https://www.youtube.com/watch?v=bKrDFQejEog&t=19s ११ समुह बिच भएको प्रतियोगितामा प्रथम भएको पुन समाजलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले पोखराक्लिकलाई जनाएको छ । नेपाली मौलिक लोकसंस्कृति, परम्परागत देउसी–भैलोको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने… पुरा पढौ