मनोरन्जन

न्यू ग्यालेक्सीमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद १÷१ लाख सहित सम्मान, कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा , न्यू ग्यालेक्सी इङ्लिस सेकेण्डरी स्कुलमा नवप्रवेशी कक्षा ११ का विद्यार्थीहरूलाई विशेष कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरिएको छ । शनिवार विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का विद्यार्थी शिक्षक र विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । उक्त अवसरमा विद्यालयको तर्फबाट २०८२ को एसइईमा ४ जिपिए ल्याउने विद्यार्थी आर्यमान अधिकारी र आयुष कुमार दासलाई नगद १÷१ लाख र सम्मान पत्रले सम्मान गरिएको थियो । यी दुई विद्यार्थी हाल न्यू ग्यालेक्सीमै कक्षा ११ को साइन्स… पुरा पढौ

अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम

असार ६,पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम स्थान हाँसिल गरेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले प्रथम स्थान हाँसिल गरेको हो । यसअघि सेमिफाइनलमा ग्यालेक्सिले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिष्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । विजेता तथा उप–बिजेता टिमले नगद सहित मेडल पुरस्कार प्राप्त गरे । पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठले विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कृत… पुरा पढौ

जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी

पोखरा, कृर्ति वल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा–२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको पहिलो साधारणसभा तथा पहिलो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको हो । कार्यसमितिको उपाध्यक्षमा श्याम प्रसाद तिमिल्सेना चयन भए । सचिवमा गुरु प्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चुनिए । कार्यसमिति सदस्यहरुमा चन्द्रा शर्मा,नारायण प्रसाद त्रिपाठी,लिला मोहन कुइकेल,प्रविण नेपाली,किरण राज तिमिल्सेना,सागर अधिकारी र रचना भुजेल रहेका छन् । मञ्चका नवनिर्वाचित अध्यक्ष कीर्तिबल्लभ त्रिपाठीले संस्थाको उद्देश्य अनुसार सबैलाई समेटेर… पुरा पढौ

सौराहबाट जाउँ है पोखरा अभियान सुरु

चितवन, ६ असार, यसबर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रबर्द्धनमा यो अभियान संचालन गरिएको हो । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी… पुरा पढौ

पोखराको बजेट १४ प्रतिशतले घट्यो, आउदो बर्षका लागि ७ अर्ब १५ करोड ,पर्यटन, पूर्वाधार, शिक्षा र डिजिटलमा प्राथमिकता

दीननाथ बराल.पोखरा, ५ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशत (१ अर्ब १९ करोड ८७ लाख) ले कम हो। उपमेयर मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार पोखरामा बजेट प्रस्तुत गर्दै चालु खर्च ५५.१५ प्रतिशत र पूँजीगत खर्च ४४.८५ प्रतिशत विनियोजन गरिएको बताउनु भएको छ । आउँदो बर्षको लागि बजेट वक्तव्य सार्वजनिक गर्दै उहाँले संघीय सरकारबाट कुल ३ अर्ब १८… पुरा पढौ

मदरल्याण्ड माध्यमिक विद्यालयको कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता, ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण

पोखरा राष्ट्रिय परीक्षा बोर्डले २०८३ वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको आज सार्वजनिक नतिजामा पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयले फेरि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयबाट परीक्षामा सहभागी ४०७ विद्यार्थीमध्ये ४०३ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जसअनुसार उत्तीर्ण दर ९९.०२ प्रतिशत रहेको छ । विद्यालयका अनुसार ११ जना विद्यार्थीले ३.९६ जिपिएसहित उच्चतम ग्रेड प्राप्त गरेका छन्। त्यस्तै, २०८ जनाले ३.६० भन्दा माथि जिपिए, १४३ जनाले ३.२० देखि ३.६० सम्म, ४६ जनाले २.८० देखि ३.२० सम्म र ६… पुरा पढौ

पोखरामा पार्किङ, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव

पोखरा, पछिल्लो समय विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि पोखरामा पार्किङ, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव दिइएको छ । पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाबीच हालै भएको छलफल कार्यक्रममा पोखराका पर्यटन व्यवसायी र विभिन्न संघ संस्थाले पोखरामा पार्किङ, धार्मिक पर्यटकका लागि विश्राम गृह (रेस्ट हाउस) तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव दिएका हुन् । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु

५ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको राष्ट्रिय माविले १३ ओभरमा ४४ रन बटुलेर सम्पूर्ण विकेट गुमाएको थियो । जवाफमा बाराहीले ३.४ ओभरमा मात्र २ विकेटको… पुरा पढौ

पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन

पोखरा, पर्यटकीय शहर पोखरामा नेपाली कपडा ब्राण्ड ‘बवाल वेयर्स’को आउटलेट सञ्चालनमा आएको छ । राजधानी केन्द्रित कारोबार गर्दै आएको बवाल वेयर्सले पोखराको सभागृहमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीले पर्यटकीय शहर पोखरालाई प्रमुख बजारका रुपमा लिदै शाखा विस्तार गरेको हो । शुक्रबारदेखि सञ्चालनमा आएको उक्त आउटलेटको कम्पनीका सञ्चालकहरु सिसन बानियाँ ,बिराट गिरी र बेनदि भारतीले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबारदेखि सञ्चालनमा आएको आउटलेटको डिजाइन तथा उत्पादन संग्रह पोखरेली शैली, भाषा र स्थानीय पहिचानमा केन्द्रित रहेको छ । पोखरेली… पुरा पढौ

खेल पत्रकारलाई एआई तालिम, अबको पत्रकारिता एआई र प्रविधिको प्रयोग गर्न रजिष्टार भण्डारीको आग्रह

पोखरा, ५ असार, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा आज( शुक्रबार) देखि ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ तालिम सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबारसम्म संचालन हुने भएको छ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गर्दै अबको पत्रकारिता एआई र प्रविधिको प्रयोग गर्न आग्रह गरिन् । प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्नेमा जोड दिदै प्रविधिले विश्वलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज) मा परिणत गरिसकेको उल्लेख गर्नुुभयो… पुरा पढौ