मनोरन्जन

कास्कीको मादी गाउँपालिकाको बजेट ६५ करोड १२ लाख,कृषि, पर्यटन र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

दीननाथ बराल पोखरा, ८ असार कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको उन्नाइसौं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्दै आउदो बर्षको लागि उक्त बजेट सार्वजनिक गर्नु भएको हो । प्रस्तावित बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ अर्थात् २७.८७ प्रतिशत पूँजीगततर्फ र ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ अर्थात् ७२.१३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको उहाँले जनाउनु भयो । चालु खर्चको हिस्सा… पुरा पढौ

मुख्यमन्त्री प्रत्यक्ष कार्यकारी हुनुपर्छः मुख्यमन्त्री पाण्डे (भिडियो सहित), संविधान शंसोधनमा जोड

दीननाथ बराल,पोखरा, असार ८, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको संसदीय अभ्यास माथि प्रश्न गर्नु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मुख्य न्यायाधिवक्ताको कार्यालयको समन्वय तथा सहकार्यमा सोमबार पोखरामा सम्पन्न “संघीयता सवलीकरणमा संविधान संशोधन, गण्डकी प्रदेशको भूमिका र आगामी कार्यदिशा” विषयक नीति संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संसदमा बहुमतका लागि ‘टाउको गणना’ गर्ने अभ्यासले राजनीतिक अस्थिरता बढाएको दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=1lSVKR0lkwA&t=371s “अस्थिरताभन्दा ठूलो खतरा निरंकुशता हो,” उहाँले भन्नुभयो “अस्थिरतालाई नियन्त्रण गर्न सकिन्छ, तर निरंकुशतालाई छाडा छोडियो… पुरा पढौ

कास्कीका सिडिओ कुमानसिंह गुरुङलाई लेखनाथमा स्वागत

लेखनाथ, ०८ असार, कास्कीमा हालै सरुवाभई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई सोमबार लेखनाथमा स्वागत गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी गुरुङलाई स्वागत गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरुङको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै व्यवसायीहरुले शान्तिपुर्ण वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थाहुने आशा र विश्वास व्यक्त गरिन । अध्यक्ष पराजुलीले अनुगमनका नाउँमा व्यासायीहरुमा डर त्रास सिर्जना गरि हतोत्साही बनाउने कार्य नहुने अपेक्षागर्दै लेखनाथ क्षेत्रका तालहरुमाहुने दुर्घटनाहरुमा मानिसहरुको… पुरा पढौ

लेउवा संघमा रोजगार रणनीति निर्माणका लागि रोजगार संवादमञ्च

लेखनाथ, ०८ असार, स्थानियतहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा छलफल तथा अन्तरक्रिया गर्दै रोजगार संवादमञ्च कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्र्तगतको श्रम तथा रोजगार शाखाको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले स्थानिय स्तरमा रोजगारीका क्षेत्र पहिचानगर्न मञ्च उपयोगीहुने बताउँदै आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने… पुरा पढौ

विश्व संगीत दिवसको अवसरमा जोजिजु म्युजिक सेन्टरमा सांगीतिक कार्यक्रम

पोखरा, असार ७, विश्वभर जुन २१ मा मनाइने विश्व संगीत दिवसको अवसरमा पोखरास्थित जोजिजु म्युजिक सेन्टरमा समेत विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । संगीतको सार्वभौमिक शक्ति, सिर्जनशीलता र मानव एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रशिक्षक, विद्यार्थी, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सन् १९८२ मा फ्रान्सबाट सुरु भएको विश्व संगीत दिवस हाल विश्वका १२० भन्दा बढी देशमा मनाइँदै आएको छ। यस दिन संगीतलाई मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति, भावना र मानव समुदायलाई जोड्ने शक्तिशाली माध्यमका रूपमा… पुरा पढौ

पोखरा–९ को वडा कार्यालयद्वारा थकाली समुदायको समाजघरलाई फर्निचर सहयोग

पोखरा, असार ७, पोखरा महानगरपालिका वडा नम्बर ९ कार्यालयले थकाली समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन फर्निचर सामग्री सहयोग गरेको छ। वडा कार्यालयले करिब एक लाख रुपैयाँ बराबरका फर्निचर सामग्री तीन गाउँले थकाली सेवा समाजलाई आज (आइतबार) हस्तान्तरण गरेको हो। आइतबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष दीपेन्द्र मर्सानीले समाजका अध्यक्ष कमलप्रसाद थकाली, उपाध्यक्ष कृष्णलाल थकाली, सचिव आशबहादुर थकाली लगायतलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। समाजघर तथा कार्यालय सञ्चालनलाई सहज बनाउन उक्त सहयोग गरिएको वडा अध्यक्ष मर्सानीले बताउनुभयो। कार्यक्रममा बोल्दै… पुरा पढौ

पोखराका विभिन्न स्थानमा योग शिविर सहित मनाईयो योग दिवस, योग र आरोग्य पर्यटनको सम्भावना छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा, ७ असार, पर्यटनको राजधानि पोखरामा अन्तर्राष्ट्रिय योग दिवस आज (आइतबार) योग शिविर सहित विभिन्न स्थानमा कार्यक्रम गरी मनाइएको छ । आइतबार पोखरा रंगशाला, फेवाताल किनार, पोखराका पर्यटकीय गन्तव्यहरुमा योग शिविर सहित विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । भारतीय राजदूतावास र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा रंगशालामा आइबतार बृहत योग शिविर आयोजना भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल तथा भारतका विभिन्न उच्चपदस्थ व्यक्तित्व, खेलकुदकर्मी, योग साधक तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको… पुरा पढौ

लायन्स क्लब अफ पोखरा आँगनद्वारा ८० केजी कपडा सहयोग, सुखावती च्यारिटी स्टोर्समार्फत वितरण गरिने

पोखरा, सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा आँगनले पोखरा–१७, पार्दीस्थित सुखावती च्यारिटी स्टोर्सलाई ८० केजी प्रयोगयोग्य कपडा हस्तान्तरण गर्दै कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष लायन विनोद प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि हुमागाईंले संकलित कपडाहरू सुखावती च्यारिटी स्टोर्सको पोखरा शाखाकी प्रबन्धक अन्जना थापालाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा क्लब ब्याक चिफ लायन पदमबहादुर ढकाल, सुखावती च्यारिटी स्टोर्सकी पोखरा… पुरा पढौ

कास्कीमा लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु, युवालाई लक्षित सचेतना र नियन्त्रणात्मक कार्यक्रम सञ्चालन

पोखरा, असार ६, लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार बढ्दो सामाजिक चुनौतीका रूपमा देखा परिरहेका बेला कास्कीमा यसको नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि सप्ताहव्यापी अभियान सुरु गरिएको छ। “लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं” भन्ने मूल नारासहित सुरु भएको अभियानअन्तर्गत युवालाई केन्द्रमा राखेर विभिन्न सचेतनामूलक तथा नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गरिने भएका छन्। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा तथा असल छिमेकी नेपाल नवजीवन पुनर्स्थापना केन्द्रको समन्वयमा अभियानको शुभारम्भ गरिएको हो।… पुरा पढौ

पोखरा बसपार्कमा रहेको बाँस्तोला कम्प्लेक्समा डोजर चल्यो (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ६ असार, पोखरा बसपार्कमा रहेको बाँस्तोला कम्प्लेक्समा शनिबार डोजर चलेको छ । विहिबार बसपार्क क्षेत्रको उत्तरी क्षेत्र र केही पूर्वी भागमा डोजर चले पनि शनिबार पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बास्तोला थर कम्प्लेक्समा ३ सय २० वटा व्यापारीक सटर तथा अस्थायी घर टहराहरु भत्काइएको पोखरा महानगरपालिकाले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=-DKzevwKnRk&t=702s करिब पाँच दशकदेखि अड्किएको बसपार्क निर्माण योजनालाई अघि बढाउन महानगरले अस्थायी घर–टहरा हटाउने काम दुई दिन अघिदेखि बसपार्कमा डोजर लगायर भत्काउन सुरु गरेको थियो । बिहीबारदेखि… पुरा पढौ