मनोरन्जन

पोखरामा असार २० गते विभिन्न ब्राण्डका निःशुल्क कफीको स्वाद लिन पाइने (भिडियो) ,राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपको उपाधि कफी सहकारी संघ ललितपुरलाई

दीननाथ बराल,पोखरा, १८ असार, के तपाई व्यवसायीक कफी खेति गर्न चहानुहुन्छ ? के तपाई कफीको पारखी हुनुहुन्छ ? साच्चै हामीले कस्तो कफी खाने वा स्वास्थ्यका लागि कफीको महत्व लगायतका बिषयमा बृहत बहस, छलफल र अन्तरक्रिया सहितको राष्ट्रिय कफी प्रदर्शनी यही असार २० गते शनिबार पोखरामा हुने भएको छ । माथि उल्लेखित प्रश्नको गतिलो जबाफ दिने उद्धेश्यले शनिबार पोखरा मालेपाटन (डुमि«बोट) मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय परिसरको कफी बगैचामा राष्ट्रिय कफी प्रदर्शनी हुने जसले उपभोक्तादेखि कफी उत्पादन… पुरा पढौ

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

लेखनाथ, १८ असार , लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस एवं २९ औं वार्षिकोत्सवका अवसरमा संस्थाका सदस्यहरु विच ब्याडमिन्टन तथा दौड प्रतियोगिता सम्पन्न गरेको छ । असार १६ र १७ गते गरि २ दिनसम्म आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी शुभम पार्टी प्यालेसका सञ्चालक हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सञ्चालक सन्तोष गुरुङको समुहले प्राप्त गरेको छ भने गण्डकी मल्टी एग्रो फार्मका सञ्चालक हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका सञ्चालक लक्ष्मण बाँस्तोलाको समुह उपबिजेतामा सिमित हुन पुगेको छ… पुरा पढौ

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा थप ऊर्जा

पोखरा, असार १८, पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजना गरेको दुईदिने 'पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम' सम्पन्न भएको छ। "पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य" भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना महिला पत्रकार सहभागी भएका थिए। कार्यक्रममा सहभागी पत्रकारहरूले पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने पञ्चासे क्षेत्रका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदासहित स्थानीय होमस्टे, जैविक विविधता र पर्यटकीय सम्भावनाको प्रत्यक्ष अवलोकन गरेका… पुरा पढौ

कास्कीको मादी–७ नयाँ गाउँमा सोझोकुनाको पूर्वाधार निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

कास्की, असार १८, कास्कीको मादी गाउँपालिका–७ नयाँ गाउँस्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सोझोकुनामा पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै सोझोकुनामा आउने भक्तजन तथा पर्यटकलाई सहज पहुँच उपलब्ध हुने तथा धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ। मादी गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, सिक्लेसको ५०–५० प्रतिशत लागत साझेदारीमा कुल रु। ८ लाख लागतमा उक्त पूर्वाधार निर्माण गरिएको हो। योजना उपभोक्ता समितिमार्फत निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न भएको जनाइएको छ ।… पुरा पढौ

कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक छः संयोजक प्रचण्ड (भिडियो सहित)

दीननाथ बराल,पोखरा १७, असार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूसंग सहकार्य आवश्यक रहेको बताउनु भएको छ । नेकपा गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्ट पार्टीहरूसंग बीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक रहेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=3tZIDcURbdU सहकार्यका क्रममा विचार, नीति र कार्यशैलीमा समानता देखिएपछि मात्रै न्यूनतम आधारमा पार्टी एकीकरण हुने उहाँको भनाई थियो । विगतमा एमाले र… पुरा पढौ

यामाहाको ७१औँ वार्षिकोत्सवमा पोखरामा रक्तदान : ५१ युनिट संकलन

दीननाथ बराल,पोखरा, १७ असार यामाहा कम्पनीको ७१ औँ वार्षिकोत्सव (यामाहा डे सेलिब्रेसन) को अवसरमा पोखरामा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन गरिएको छ। पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यका साथ सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताले सहभागिता जनाएका थिए। जसमध्ये २० जना पहिलो पटक रक्तदान गर्ने रहेका छन्। कार्यक्रम यामाहा मोटरसाइकल तथा स्कुटरहरूको नेपालका लागि आधिकारिक विक्रेता तथा एम.ए.डब्लु राइजेसका पोखरास्थित अधिकृत विक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि., पोखरा–०९ नयाँबजार द्वारा आयोजना… पुरा पढौ

घरेलु टोली कास्कीलाई पराजित गर्दै स्याङजाले जित्यो तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि

दीननाथ बराल,पोखरा, १७ असार, घरेलु टिम कास्कीलाई स्याङजाले लिगको अन्तिम खेलमा पराजित गर्दै गण्डकी प्रदेशस्तरीय तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा आज (बुधबार) सम्पन्न लिग चरणको अन्तिम खेलमा पनि घरेलु टिम कास्की माथि ७१ रनको फराकिलो अन्तरले जित हासिल गर्दै स्याङजाले उक्त उपाधि हात पार्न सफल भएको हो । चिरप्रतिद्वन्द्वी कास्कीलाई ७१ रनले पराजित गर्दै स्याङजाले उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो । लिगका चारवटै खेल जितेर… पुरा पढौ

काठमाडौं विश्वविद्यालयको बिआईटि कोर्ष अब पोखराको प्रतिभा बिजनेस स्कुलमा सञ्चालन हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १६ असार, काठमाडौं विश्वविद्यालयअन्तर्गत सञ्चालन हुँदै आएको सूचना प्रविधिमा स्नातक (बिआईटी) कोर्ष कार्यक्रम अब पोखराको प्रतिभा बिजनेस स्कुल मा सञ्चालन हुने भएको छ । विद्यालयले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आगामी शैक्षिक सत्रदेखि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराएको हो । https://www.youtube.com/watch?v=mXlLb4LRYWA&t=218s पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य रवि प्रसाद बराल ले सूचना प्रविधिसँगै उद्यमशीलता, नैतिकता र नेतृत्व विकासलाई जोडेर गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई केवल डिग्री हासिल गराउने नभई उद्योग,… पुरा पढौ

पोखरामा देशभरका कफी व्यवसायी र कफी पारखीको भेट असार २० गते हुने तयारी

दीननाथ बराल,पोखरा, १६ असार, यदि तिमी कफीको सुगन्ध मन पराउँछौ, नेपाली कफीको स्वाद चाख्न चाहन्छौ वा कफीको यात्राबारे नजिकबाट बुझ्ने इच्छा छ भने, यही असार २० गते पोखरा पुग्नुपर्ने एउटा राम्रो कारण छ। देशभरका कफी उत्पादक किसान, व्यवसायी, कफी पारखी र उपभोक्ताको साझा जमघट पोखरामा हुँदैछ। हुन त कफी नेपालको परम्परागत खेती होइन। तर केही दशकयता यसले गाउँगाउँमा आफ्नो छुट्टै पहिचान बनाएको छ। विशेषगरी बाँदरको समस्या र वर्षौंदेखि बाँझै रहेका जमिनलाई सदुपयोग गर्दै कफी खेतीले किसानका लागि आम्दानीको नयाँ ढोका… पुरा पढौ

कोभिडपछि कण्डम वितरणमा तीव्र गिरावट, तीन वर्षमै गण्डकीमा ६ लाख ६४ हजारले घट्यो

दीननाथ बराल,पोखरा १५, असार, कोभिड–१९ महामारीपछि नेपालमा गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूको सहयोग घट्दै जाँदा गण्डकी प्रदेशमा निःशुल्क कण्डम वितरणमा उल्लेख्य कमी आएको छ । गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, एएचएफको संयुक्त आज (सोमबार) पोखरामा आयोजित पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखराका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यौलाले बताउनु भयो । कोभिडपछि विकास साझेदार संस्थाहरूको सहयोग घटेकाले कण्डम खरिद तथा वितरण प्रभावित भएको उहाँले जनाउनु भयो । केन्द्रको तथ्यांकअनुसार… पुरा पढौ