मनोरन्जन

माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

पुष १३,पोखरा, कास्कीजिल्ला टेनिस संघको आयोजनामापोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कपपोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाआइतबार विभिन्न समुहमाप्रतिस्पर्धा भएका छन् । आइतबार भएको मेन्स ओपनतर्फ नेहालजंगबहादुर थापाले जेयुनकिमलाई ६–०, ६–० ले, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमानहजुर घलेले सन्दिपविकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशानश्रेष्ठलाई ७–५, ६–१ ले तथाप्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–०… पुरा पढौ

प्रदेश स्तरिय चलचित्र बिकास बोर्ड आवश्यक छः मन्त्री थापा (भिडियो सहित), चलचित्र पत्रकार संघको अध्यक्षमा बस्याल

दीननाथ बराल,पोखरा १२, पुस, पोखरा सहित गण्डकी प्रदेशमा रहेको विशाल सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र चलचित्र छायांकनका अमूल्य सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठन गर्न आवश्यक भएको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले बताए । https://www.youtube.com/watch?v=fNP9JlKqbyA शनिबार पोखरामा सम्पन्न चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैटौँ अधिवेशन उद्घाटन गर्दै मन्त्री थापाले अघिल्लो कार्यकालमा सञ्चार तथा सूचना मन्त्रालयको नेतृत्व सम्हालेका बेला नै बोर्ड गठनको अभियान अघि बढाइए पनि मूर्त रुप लिन नसकिएको उल्लेख गर्नुभयो… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः लेकाली र देउराली पनि गुञ्जिने

पोखरा, पुस १२, पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित व्याण्डहरु लेकाली र देउराली पनि गुञ्जिने भएका छन् । गत वर्ष पोखरामा आयोजित व्याक टु नाईन्टिजबाट जुर्मुराएका दुई व्याण्डहरु लेकाली र देउराली गुञ्जिने भएका हुन् । । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभ विशेष कार्यक्रममा लेकाली र देउराली व्याण्डले पनि प्रस्तुती राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर… पुरा पढौ

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार कविराज खनाललाई

पोखरा, १२ पुस , लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता कविराज खनाललाई सम्मान गरिने भएको छ ।लेखनाथ क्षेत्रमै रहेर कम्तिमा १० वर्ष समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकामा यस वर्ष खनाललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली,… पुरा पढौ

लेखनाथ महोत्सवमा कवि शिरोमणिलाई सम्झिदै ढकाललाई अभिनन्दन

लेखनाथ, कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन सम्पन्न भएको छ ।नेपाल संस्कृत विश्वविद्यालयबाट ’लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका डाक्टर वोधराज ढकाललाई अभिनन्दन गरिएको छ । आँधीखोला–६ स्याङ्जामा जन्मेर हाल पोखरा–८, सिमलचौर निवासी ढकालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधाहरुको प्राध्यापन, विभिन्न अनुसन्धानमूलक समीक्षात्मक कृतिहरुको प्रकाशन, शोध निर्देशन जस्ता महत्वपूर्ण कार्यहरु गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली भाषा तथा साहित्यमा उनको योगदानको कदर भएकोमा साहित्यकार एवम्… पुरा पढौ

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा, पुस १२, विद्यार्थीमा खाना पकाउने र पस्किने सीप विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए । खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्नेगरि आयोजित उक्त फेस्टिबलको नेपाल पर्यटन बोर्ड गण्डकीका बरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछानेले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना, केसी परिवारद्वारा ३ करोड बढी लगानीमा कीर्ति पुस्तकालय भवन निर्माण

पोखरा, कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ। पोखरा महानगर पालिका वडा नं. १४ काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसको हाता भित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा केसीको सालिक अनावरण गरिएको हो । क्याम्पस हात भित्र निर्माण गरिएको अर्ध कदको सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको आय–व्यय सार्वजनिक

पोखरा, ११ पुस, गत असोजमा पोखरामा सम्पन्न दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रबर्धन केन्द्रको आयोजनामा गत असोज ११ गते सम्पन्न भएको प्रतियोगिता सम्पन्न गर्न १३ लाख २ हजार २ सय ५० रुपैयाँ खर्च भएको आयोजकले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो । जेनजी आन्दोलनका कारण केही संघ संस्थाबाट भुत्तानी लिन ढिलाई भएकोले केही भुक्तानी गर्न बाँकी समेत रहेको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए । हालसम्म विभिन्न संघ संस्था तथा व्यक्तिबाट ९… पुरा पढौ

घाचोक–पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा

पोखरा,११ पुस, घाचोक– माछापुच्छ«े पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । माछापुच्छ«े गाउँपालिका–६ अस्ताममा आयोजित साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको समिक्षा तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । साधारणसभाको समाजका पूर्वसल्लाहकार एवं ज्येष्ठ सदस्य शिवराम लम्सालले गर्नुभयो । माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध रही स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा एक वर्षअघि समाज गठन गरिएको थियो । कार्यक्रममा माछापुच्छ«े–१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङले… पुरा पढौ

१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदक सहित कालिका माविले जित्यो

पोखरा, पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र… पुरा पढौ