मनोरन्जन

दर्शक सहभागितामा लेखनाथ महोत्सव लक्ष्य नजिक

लेखनाथ, ९ पुस, करिब ९ करोड कारोवार सहित २ लाख ५० हजार दर्शक भित्राउने लक्ष्य सहित पोखरामा जारी लेखनाथ महोत्सव हाल एक सातामै लक्ष्य नजिक पुगेको छ । अहिलेसम्म आउदा छ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ बुधवार मात्र १७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म एक लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् । पुस १४ गतेसम्म चल्ने… पुरा पढौ

पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु (भिडियो सहित)

पोखरा ९ पौष, पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । https://www.youtube.com/watch?v=qNNzI3J8rDw प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे । राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर… पुरा पढौ

पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा, सामाजिक कार्यसंगै कर्मचारी सम्मान

पुष ९,पोखरा, पर्यटकिय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत ४० झण्डै कर्मचारीहरु सरसफाईका सामग्री सहित सडकमा उत्रिए । उनीहरुले पार्क, मन्दिर लगायत वरपर झाडि फडान, टेंकरको पानीले नाला सफाई लगायत गरे । नवौं वर्ष प्रवेशका अवसरमा होटलले सञ्चालक तथा कर्मचारीहरुविच शुभकामना साटासाट गरे । उत्कृष्ट कार्य गर्ने कर्मचारी सम्मान पनि गरियो । कार्यक्रममा… पुरा पढौ

पोखरा २१ कृष्तिमा सुन्तलाको सुनौलो याम (भिडियो सहित) काफलबोटे क्षेत्रमै फल्यो डेढ करोडको सुन्तला, महोत्सवको तयारीले स्थानिय उत्साहित

दिननाथ बराल,पोखरा, ९ पुस पोखरा महानगरपालिका वडा नम्बर २१ को कृष्ति–काफलबोटे क्षेत्र अहिले सुन्तलाले पहेँलपुर भएको छ । केही वर्षअघिसम्म मकै र कोदोसमेत राम्रो नफल्ने यो क्षेत्रमा यस वर्ष करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला फल्यो । सुन्तला खेतीले गाउँको अनुहार फेरिँदै गएपछि यहाँका किसानहरू उत्साहित देखिएका छन् । https://www.youtube.com/watch?v=apJA8f3z-Is काफलबोटे क्षेत्रमा करिब १६ घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । तीमध्येका एक किसान इन्द्रप्रसाद सुवेदी पोखराक्लिकलाई भन्छन्, “सुन्तला खेतीले हामीलाई आत्मनिर्भर बनायो । अहिले वार्षिक… पुरा पढौ

१४ औं पोखरा महोत्सवको तयारी तीब्र

पोखरा, १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन । सो अवसरमा वोल्दै महोत्स्व सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन… पुरा पढौ

पोखरा कलेज अफ म्यानेज्मेण्टको ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड टे«निङ्ग’ सम्पन्न

पुष ९,पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड टे«निङ्ग’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पाँच दिन सम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे चर्चा भएको थियो । तालिमको छैठौं दिन सोमबार कार्यक्रममा सहभागि ३० विद्यार्थीहरुले आ–आफ्नों कृषि व्यवसायिक योजना प्रस्तुत गरे । तालिममा बिबिए, बिसीआइएसमा सातौं र आठौं सेमेष्टर पढ्दै गरेका तथा पछिल्लो पाँच वर्षका पास आउट विद्यार्थीले सहभागिता जनाएका हुन् । ति… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ः पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने

पोखरा, पुस ८, पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम हुनेछ… पुरा पढौ

लेखनाथ महोत्सवमा औद्योगिक बहस

लेखनाथ, ८ पुस, कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ । महोत्सवको छैटौँ दिन मंगलबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित उद्योग बहस कार्यक्रमले उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव साटासाट र छलफलको अवसर प्रदान गरेको थियो । सुरुका दिनमा सुन्तला उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि आयोजना गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै… पुरा पढौ

पोखरामा माघ ९ गतेदेखि सुरु हुने छैटौं टाइगर कप भलिबलमा ३ विदेशी सहित १४ टिम सहभागि हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ८, पुष, पोखरामा आउँदो माघ ९ गते देखि संचालन हुने छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ मा ३ विदेशी सहित १४ टिमको सहभागि हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १७ गतेसम्म पोखरामा संचालन हुने प्रतियोगितामा महिला तर्फ थाइलायण्डका २ टिम सहित ७ टिम र पुरुष तर्फ भने माल्दिप्स र भारतका गरी ७ टिमको सहभागिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको… पुरा पढौ

सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ

पोखरा, सहारा यूकेको हालै सम्पन्न भएको वार्षिक साधारणसभा तथा अधिवेशनले शारदा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।यूकेमा हालै भएको अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति निर्वाचित गराएको हो । सहारा यूकेको उपाध्यक्षमा क्याप्टेन पीताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दीपक गुरुङ, कोषाध्यक्षमा जगन गुरुङ र सहकोषाध्यक्षमा कुमार थापालाई निर्वाचित गरेको छ। यसैगरी, प्रमुख प्राविधिक अधिकृतमा दल गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा संयोजकमा अजयजंग थापालाई चयन गरेको हो ।कार्यसमिति सदस्यमा रमेश गुरुङ, सविन्द्र गुरुङ, गम गुरुङ, गंगा… पुरा पढौ