मनोरन्जन

भद्रकाली माविलाई सत्य युवा क्लव बि १३ को सहयोग

पोखरा, ७ पुस, पोखरा महानगरपालिका–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयलाई सत्य युवा क्लव बि १३ले आइतवार भौतिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले आइतबार विद्यालयलाई एक लाख ५३ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेको हो । विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच समितिले ५ सिटे सोफा सेट १ थान, प्लास्टिकका कुर्सी ७० थान, मेटलका कुर्सी १० थान तथा अफिस टेबल र कुर्सी १÷१ थान प्रदान गरेको छ । उक्त सामग्रीहरू समितिका अध्यक्ष हितमान गुरुङ, उपाध्यक्ष… पुरा पढौ

पोखरा महानगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा विजेतालाई नगद पुरस्कार (भिडियो सहित) ४ सय ४ पदकका लागि ३ हजार ३ सय बिद्यार्थी प्रतिष्प्रर्धा गर्ने

पोखरा ७ पौष, पोखरामा यही पुष ९ गते देखि संचालन हुने पोखरा महानगर स्तरिय १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा विजेता हुने खेलाडी तथा टिमलार्ई नगद पुरस्कार प्रदान गरिने भएको छ । यही पुष ११ गतेसम्म पोखरा रंगशालमाा संचालन हुने प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद पुरस्कारको व्यबस्था गरिएको आयोजक पोखरा महानगर खेलकुद विकास समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो । यस अघि राष्ट्रपति रनिङ शिल्डमा मेडल तथा प्रमाण पत्र मात्र प्रदान गरिदै… पुरा पढौ

लेखनाथ महोत्सव ः सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ

लेखनाथ, ७ पुस, लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ । हाल लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहस… पुरा पढौ

पोखरामा एनटिएचएमसी फुड फेष्ट २०२६ हुने

पोखरा, ७ पुुस , पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिनुुभयो । आँफूहरूले फुड फेष्टिवलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उहाँले उक्त फेष्टिवलमा विभिन्न किसिमका खाना तथा… पुरा पढौ

प्रतिभा माविले जित्यो १८ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि

पोखरा, पौष ७, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि जितेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ्ग शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत् गरेको छ । सम्पन्न १८औं हिसान स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र… पुरा पढौ

राष्ट्रिय लिगमा सहभागि हुन लागेको पोखराको लालीगुराँस एसोसिएसन क्लवद्धारा सहयोग आव्हान (भिडियो सहित)

दीननाथ बराल, पोखरा ६, पुष, नेपाली फुटबलको इतिहासमा पहिलो पटक कास्की सहित गण्डकी प्रदेशबाट पहिलो पटक प्रतिष्ठित प्रतियोगिता राष्ट्रिय लिगमा पोखराको लाली गुराँस (एलजी) एसोसियसन क्लब सहभागी हुन लागेको छ । यही पुष २५ गतेबाट हुने उक्त प्रतियोगितामा एलजी एसोसियसनले ३ विदेशी खेलाडी सहितको टिम तयारी गरी उक्त प्रतियोगितामा सहभागि हुनको लागि करिब एक करोड रुपैया आर्थिक व्यभार हुने हुँदा उक्त रकम जोहो गर्न क्लवबे सरोकारवाला निकायसंग आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै आव्हान गरेको हो । https://www.youtube.com/watch?v=-XRuR-KWoFs एन्फा प्रेसिडेण्ट कप… पुरा पढौ

लामिछाने थापा क्षेत्रीको भेला सराङकोटमा सम्पन्न

लामिछाने थापा क्षेत्री गर्ग गोत्रीयको पश्चिम क्षेत्रीय भेला पोखरा सराङकोटमा सम्पन्न भएको छ। नेपालको कुल जनसङ्ख्यामा क्षेत्री जातिको सबैभन्दा धेरै रहेको र सोमा पनि थापा क्षेत्रीको बढी रहेको छ। पोखरा सराङकोटलाई लामिछाने स्थलको रूपमा लिइन्छ। २०० वर्ष अगाडि पहिलेबाट नेपालभर थापाहरू फैलिएको पश्चिम क्षेत्र अध्यक्ष बेलबहादुर थापाले बताए। सो भेलाको शुभारम्भ गर्दै लामिछाने थापा क्षेत्री समाजका केन्द्रीय अध्यक्ष श्यामबहादुर थापाले सद्भावसहित उद्गम स्थलमा कार्यक्रम हुँदा थापा क्षेत्रीको एकता मजबुत रहेको र अग्रज पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, लोक कवि धर्मराज थापा… पुरा पढौ

लेखनाथ महोत्सवमा व्यापार बढ्दै जाँदा स्टल सञ्चालकहरूमा उत्साहीत

लेखनाथ, ६ पुस, एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन्। विशेषगरी कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापारमा उल्लेखनीय वृद्धि भएको स्टल सञ्चालकहरूले बताएका छन्। महोत्सव अवलोकनका लागि आउने दर्शक तथा उपभोक्ताहरूले स्थानीय तथा जैविक उत्पादनप्रति चासो देखाउन थालेपछि यस्ता स्टलहरूमा… पुरा पढौ

वर्तमान सरकार चुनाव गराउन सक्षम छैन ः एमाले सचिव अधिकारी (भिडियो सहित)

पोखरा, नेकपा एमालेका नवनिर्वाचित सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकार निर्वाचन गराउन सक्षम नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए । https://www.youtube.com/watch?v=QnnIHy8ueLU उनले गत भदौ २३ गते दिउँसो १ः०० बजेपछि सवारीसाधनसहित व्यापक तोडफोड र विध्वंस भएको उल्लेख गर्दै त्यसतर्फ राज्य गम्भीर हुन नसकेको बताए । “स्कुलका विद्यार्थीलाई स्कुलकै बसमा विभिन्न स्थानमा लगेर किन झारियो ? यो कुरा तपाईं पत्रकारहरूले… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइयो

पोखरा, कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नं. ५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा शुक्रवार विविध कार्यक्रमको आयोजना गरी संरक्षण दिवस मनाइएको हो । नेपाल सरकारले २०४९ साल साउन ५ गते राज पत्रमा संरक्षण दिवस मनाउने उल्लेख गरेसँगै एनटीएनसीले सहमति लिएर डिसेम्बर १० मा विविध कार्यक्रम आयोजना… पुरा पढौ