मनोरन्जन

कास्कीकोटमा सामाजिक सञ्जाल सदुपयोग सम्बन्धी तालिम

पोखरा, पुस ५, हाम्रो कास्कीकोट युवा सञ्जाल पोखरा–२४ को आयोजनामा सामाजिक सञ्जालको सदुपयोग सम्बन्धी एक दिने तालिम शनिबार कास्कीकोटमा सम्पन्न भएको छ। “बदलिँदै छ समाज, बदलिँदै छ हाम्रो सोच — सुन्दर, सभ्य र समृद्ध कास्कीकोट” भन्ने नारासहित एक दशकअघि स्थापित सञ्जालले पोखरीचौरस्थित नेपाली चुलो एण्ड होमस्टेको सभाहलमा तालिम आयोजना गरेको हो। तालिमको उद्घाटन वडा सदस्यद्वय सरस्वती त्रिपाठी र मैयाँ नेपालीले संयुक्त रूपमा गर्नुभएको थियो। सञ्जालका व्यवस्थापन संयोजक आविष्कार बस्ताकोटीले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा कार्यसमिति सदस्य सूर्यबहादुर परियारले सहभागी तथा अतिथिहरूलाई… पुरा पढौ

पोखरामा ९ सय साइक्लिष्टहरु टुर दी पोखरामा सहभागि

दीननाथ बराल, पोखरा ५, पुस, पर्यटकीय नगरी पोखरामा करिब ९ सय साईक्लिष्टहरु ‘टुर दी पोखरा’ साइकल ¥यालीमा सहभागि हुनु भएको छ । साइकल सिटि पोखराको आयोजनामा पोखरा देखि कास्कीको माछापुच्छ«े गाउँपालिका २ स्थित गण्डकी रेन्वो ट्राउट हुदै पुनः पोखरासम्मको ५१ किलोमिटर साइकल यात्रामा ३२ जिल्लाका करिब ९ सय भन्दा बढी साईक्लिष्टहरु टुर दी पोखराको अभियानमा सहभागि हुनु भएको आयोजक संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । उक्त अभियानमा करिब ५० जना महिला साईक्लिस्ट सहभागि हुनु भएको उहाँले जनाउनु… पुरा पढौ

लेखनाथ महोत्सवमा दर्शकको घुइँचो, ४० हजार दर्शक भित्रिदा डेढ करोडको कारोवार

लेखनाथ, ५ पुस, महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घुईचो लागेको छ । शनिवार विदाको दिन परेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थी समेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक धु्रववावु भटट्राईले बताए । १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भटट्राईले जानकारी… पुरा पढौ

शिवालय र नदीपुरमा शिविर

पोखरा, ५ पुस, गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् । इनरह्विल क्लब अफ पोखरा र पोखरा महानगरपालिका वडा नम्बर ३ को आयोजना र युआरएलसहित पोखरा महानगरको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा नदीपुरमा भएको शिविरमा २ सय ३ जनाको सित्तैमा थाइराइड तथा मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो । शनिबारै लायन्स क्लब अफ ब्युटिसिटी, लायन्स क्लब अफ पोखरा जिबिपी र शिवालय आमा समूहको आयोजनामा… पुरा पढौ

कुमुदिनी होम्स माध्यमिक विद्यालयको ३९ औँ स्थापना दिवसमा सम्मान, पुरस्कार र सहयोग हस्तान्तरण

पोखरा ५, पुस, पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । शनिबार बिद्यालयको ३९ औं वार्षिकोत्सवमा विविध प्रतियोगिताका साथमा विभिन्न कार्यक्रम सहित १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । विजयीलाई पुरस्कृत, दीर्घ सेवा गरेका शिक्षक, उत्कृष्ट कर्मचारी र गत वर्षको एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख १ हजार पुरस्कार अर्पण, विद्यालयलाई सहयोग लगायत विभिन्न जातजातिका कलासंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गरेर ३९… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको उपाधि पोखरेललाई, टिम तर्फ साविक विजेता प्रज्वल र दिप्सनको जोडीलाई उपाधि

दीननाथ बराल पोखरा, ५, पुष, पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ को उपाधि काठमाडौंका दिपक पोखरेलले जित्नु भएको छ । कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको प्रतियोगितामा नेट तर्फ पोखरेलले ३९ अंक प्राप्त गर्दै उपाधि सहित नगद १५ हजार प्राप्त गर्नु भयो । त्यसै गरी काठमाडौंकै (एक्स सिंगापुरे) विश्वमान गुरुङले ३६ अंक प्राप्त गर्दै दोश्रो हुनु भयो भने पोखराका (जर्मन बेकरीका संचालक) बलराम थापा भने ३५ अंक सहित तेश्रो हुनु भयो । दोश्रो हुनेले… पुरा पढौ

‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया(भिडियो सहित)

पोखरा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका वक्ताले गण्डकी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा नयाँ गन्तव्य पहिचानमा मिडियाको भूमिका महत्वपूर्ण हुने विषयमा जोड दिए । https://www.youtube.com/watch?v=NWVh05Yow-A पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा पर्यटन व्यवसायीले समग्र गण्डकीको देशविदेशमा प्रचारप्रसारमा महासंघसँग मिलेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । महासंघअन्तर्गत गण्डकीका जिल्ला अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको दुईदिने भेला अवसरमा शनिबार पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, रेष्टुरेन्ट एण्ड… पुरा पढौ

कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया

पोखरा, ५ पुस, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङ घरेडीमा पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । फोनिजको आयोजनामा, फोनिज गण्डकी प्रदेशको समन्वय तथा फोनिज कास्कीको सहकार्यमा शनिबार कालाबाङस्थित सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवर्द्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो । पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा पत्रकारको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । नेपाललाई विश्व… पुरा पढौ

पोखरामा दुधको माग अत्याधिक(भिडियो सहित)

पोखरा, पोखरामा दुधको माग अत्याधिक रहेको शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरामा भैसीको दुधको माग अत्याधिक भएकोले यसको माग पूरा गर्न तराई क्षेत्रबाट समेत आउने गरेको दाबी गरेका हुन्।कार्यक्रमको प्यानल डिस्कसनमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका छन् । https://www.youtube.com/watch?v=VkTyNf0qnd8 कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण… पुरा पढौ

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न,उत्तर प्रदेश–गण्डकी पर्यटन सहकार्य विस्तारमा जोड

दीननाथ बराल, पोखरा, ४ पुष, नेपाल र भारतबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा काठमाडौंस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्को सहकार्यमा बिहीबार साँझ सम्पन्न उक्त कार्यक्रममा भारतको उत्तर प्रदेश र नेपालको गण्डकी प्रदेश बीच पर्यटन साझेदारी विस्तारमा विशेष जोड दिइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी कार्यक्रममा पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्य सकारात्मक संकेत… पुरा पढौ