मनोरन्जन

लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख

लेखनाथ, ११ पुस, लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्। महोत्सव सञ्चालनको नवौं दिनसम्म आईपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरुले अवलोकन गरिसकेका छन भने सोही अनुरुप र कारोबारमा वृद्घि हँुदा आयोजकहरुमा उत्साह थपिएको छ । विदाका दिनमा मात्र करीब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार… पुरा पढौ

द कन्टेन्डर फाइट सिरिज ३ सुरु, मुख्य इभेन्ट शनिबार

पोखरा, साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ सुरु भएको छ । शुक्रबादेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिमेडिकल, सम्झौता हस्ताक्षर, प्राविधिक जानकारी तथा फेसअफको कार्यक्रम भएको हो । मुवाथाई सँगै एमएमए (मिक्स मार्सल आट्र्स) समेत आयोजना हुने छ । प्रतियोगिताको मुख्य इभेन्ट भोलि हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलता पछि तेस्रो संस्करणमा केज फाइट जोडिएको छ । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको छ । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १… पुरा पढौ

२७ औं पोखरा सडक महोत्सव आइतबारदेखि सुरु हुने ९० प्रतिशत तयारी पूरा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ११ पुस, अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा आगामी आइतबारदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा लेकसाइड क्षेत्रको करिब साढे तीन किलोमिटर सडक क्षेत्रमा आयोजना हुने महोत्सवको करिब ९० प्रतिशत तयारी पूरा भएको आयोजकले आज (शुक्रबार) महोत्सव स्थल कोमागाने पार्कमा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=jpGGbpEfd1M ‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव पुस १७ गतेसम्म चल्ने भएको… पुरा पढौ

शुभम बचत तथा ऋण सहकारीको १३औँ साधारण सभा सम्पन्न, तरलता वृद्धि तथा गैरबैंकिङ सम्पत्ति र ऋण असुली चुनौती

पोखरा, १० पुस, पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभामा सहकारीमा घट्दो विश्वास, गैरबैंकिङ सम्पत्ति बढ्दो जोखिम, ऋण असुलीको चुनौती र सेयर सदस्य घटेको अवस्था प्रमुख एजेन्डाका रूपमा प्रस्तुत भएको थियो । कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालय, गण्डकी प्रदेशका उप–न्यायाधिवक्ता स्वतन्त्र न्यौपाने प्रमुख अतिथि रहेको थियो भने पूर्व अध्यक्ष, सल्लाहकार, संस्थापक, सहकारी अभियन्ता, सहकारीकर्मी तथा शेयर सदस्यको सहभागीता रहेको थियो। कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा… पुरा पढौ

पोखरा–२१ कृष्तीमा सुन्तला महोत्सवको रौनक (भिडियो सहित)

दीननाथ बराल, पोखरा १० , पुस, पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्ती दोपरे हर्राबोट क्षेत्रमा विहिबार पहिलो पटक भएको ‘सुन्तला महोत्सव २०८२’ मा करिब १५ लाख मुल्य बराबरको कारोवार भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा एक दिने उक्त महोत्सवमा करिब १५ लाख मुल्य बराबरको सुन्तला सहितको कृषि उपजको आर्थिक कारोवार भएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=Cme-lIBHSuQ महोत्सवमा उल्लेखनिय दर्शकहरुको सहभागिता रहेको उहाँले जनाउनु भयो । त्यसै गरी महोत्सवको… पुरा पढौ

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

लेखनाथ, १० पुुुुस पुसको जाडोेको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो ।मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालिन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो । महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव… पुरा पढौ

पोखरामा विद्यालय खेलकुद प्रतियोगिता जारी, शुक्रबार समापन गरिने

पोखरा १० पुष, पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक… पुरा पढौ

पोखरा (कृष्ति) मा आज सुन्तला महोत्सव हुदै, सुन्तला प्रतिकेजी ५० देखि १०० रुपैयाँमा बिक्री, किसानलाई महानगरबाट प्रतिकेजी १० रुपैयाँ प्रोत्साहन

दीननाथ बराल,पोखरा १०, पुस, पोखरा २१ को कृष्ती दोपरे–हर्राबोट क्षेत्र आज (विहिबार) सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पहिलो पटक आयोजना हुँदै गरेको सुन्तला महोत्सव २०८२ बिहान ११ बजेदेखि सुरु हुने तयारी गरिएको छ । “नेपालको राष्ट्रिय फल—सुन्तलाः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नारासहित सुरु हुन लागेको महोत्सवले कृषकको श्रम, स्थानीय उत्पादन र बजारलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ । महोत्सवमा कृषकले आफ्नै बगैंचाबाट उत्पादन गरेको सुन्तला बिक्रि वितरण गर्ने… पुरा पढौ

२२ औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा ९, पुस कास्की जिल्ला टेनिस संघको आयोजनामा खेलकुदको शहर पोखरामा यही पुस ११ गते (शुक्रबार) देखि २२ औँ माछापुच्छ्रे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा यही पुस १५ गतेसम्म संचालन हुने प्रतियोगितामा छिमेकी मुलुक भारत, भुटान सहित नेपालका चर्चीत १ सय ६० जना खेलाडीहरु सहभागि हुने भएको बुधबार (आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुष तथा महिला ओपन सिंगल्स, डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बैदामलाई फेवाताल संरक्षण पहलले करिब एक लाख बराबरको सहयोग

पोखरा, ९ पुस, जेनजी आन्दोलनको क्रममा फेवाताल किनार बैदाममा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र कार्यालयका अन्य भौतिक सामाग्री नष्ट भएपछि फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामग्री बुधबार एक समारोहका बिच हस्तान्तरण गरेको छ । समुदायमा हुँदै आएका बिकृत, विसंगती नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र भौतिक सामाग्रि जेन्जी आन्दोलनका क्रममा आगजनीबाट नष्टभएपछि बैदामका आमा समूहहरु र विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा पनि सहयोग… पुरा पढौ