मदरल्याण्ड माध्यमिक विद्यालयको कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता, ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण

-


     पोखरा क्लिक     
     असार ५ गते २०८३ मा प्रकाशित


पोखरा

राष्ट्रिय परीक्षा बोर्डले २०८३ वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको आज सार्वजनिक नतिजामा पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयले फेरि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयबाट परीक्षामा सहभागी ४०७ विद्यार्थीमध्ये ४०३ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जसअनुसार उत्तीर्ण दर ९९.०२ प्रतिशत रहेको छ । विद्यालयका अनुसार ११ जना विद्यार्थीले ३.९६ जिपिएसहित उच्चतम ग्रेड प्राप्त गरेका छन्।

त्यस्तै, २०८ जनाले ३.६० भन्दा माथि जिपिए, १४३ जनाले ३.२० देखि ३.६० सम्म, ४६ जनाले २.८० देखि ३.२० सम्म र ६ जनाले २.४२ देखि २.८० सम्म जिपिए प्राप्त गरेका छन्। विद्यालयले लगातार दोस्रो वर्ष पनि उच्च नतिजा दोहोर्याएको विद्यालयका प्राचार्य डा.नारायण बरालले जानकारी दिएका छन्। प्राचार्य बरालले शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको संयुक्त प्रयासका कारण यस वर्ष पनि उत्कृष्ट नतिजा सम्भव भएको बताए। उनले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक सुधारसहित नतिजा सुधार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना समेत व्यक्त गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले २०८३ वैशाखमा सञ्चालन गरेको कक्षा १२ को आज प्रकाशित नतिजामा मदरल्याण्ड मा।बि। बाट उक्त परीक्षामा संलग्न ४०७ विद्यार्थी मध्ये ११ जना ३।९६ जि।पि।ए।सहित २०८ जनाले ३।६० भन्दा माथीको जि।पि।ए।,१४३ जनाले ३।२० देखी ३।६० सम्म, ४६ जनाले २।८० देखी ३।२० सम्म र ६ जनाले २।४२ देखी २।८० सम्मको जि।पि।ए।प्राप्त गरी ४०३ जना अर्थात ९९।०२ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण हुन सफल भएकोमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ बढि सफल र गौरवशाली शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ । साथै सदैव उत्कृष्ट नतिजाको क्रियशिल शिक्षक शिक्षिका तथा हरदम सहयोग गर्नुहुने अभिभावकज्यूहरुमा धन्यवाद तथा आभार व्यक्त गर्दछौँ । अघिल्लो बर्ष पनि उत्कृष्ट नतिजा ल्याएको यस मदरल्याण्ड माविले यस बर्ष पनि उत्कृष्ट नतिजा ल्याएको बिद्यालयका प्राचार्य डा.नारायण बरालले बताउनु भयो ।