
लेखनाथ, ०८ असार,
स्थानियतहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा छलफल तथा अन्तरक्रिया गर्दै रोजगार संवादमञ्च कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्र्तगतको श्रम तथा रोजगार शाखाको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले स्थानिय स्तरमा रोजगारीका क्षेत्र पहिचानगर्न मञ्च उपयोगीहुने बताउँदै आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताईन ।
स्थानिय निकायका रोजगार सेवा केन्द्रबाट वेरोजगारीहरुको सुचिकृत गरी स्थानिय संघ संस्था, उद्योगी व्यवसायीहरुसँग समन्वयगरी रोजगारी सृजना गर्नु पर्ने र स्थानिय निकायले आधुनिक प्रविधिका दक्ष जनशक्तिको तयार गरी घरेलु तथा साना उद्योगहरुलाई विषेश ग्राहियतादिई बजारीकरण देखीअन्य क्षेत्रहरुमापनि सहयोग गर्नु पर्ने बताईन । उक्तअवसरमा पोखरा महानगरपालिकाआर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले अबको चरण आर्थिक विकासको चरण भएको वताउँदै त्यसका लागी उत्पादनमा वृद्धि गर्न जरुरी रहेको वताएका थिए । उत्पादनको लागी पनि सिपयुक्त जनशक्ति राज्यले निकाल्नुपर्ने र त्यसका लागि तालिममा लगानी गर्नुपर्ने वताएका थिए ।
उनले खुल्लादिशा मुक्त क्षेत्र घोषणा गरेजस्तै गरि प्रत्येक एक–एक व्यक्तिलाई सिपयुक्त तालिम दिनुपर्ने र सिपनभएको कोही छैन भनेर घोषणा गर्नुपर्ने पनि वताएका थिए । काम ठुलो र सानो भन्ने सोच समाजमा रहेको वताउँदै यस्तो सोचलाईलाई अबका दिनमा चिरेर अगाडी वढ्नुपर्नेमा उनको जोड थियो । पोखरा महानगरपालिकाले आगामी असार १९ गते पोखरामा रोजगार मेला आयोजनागर्ने र त्यसमा सहभागी हुन पनि आग्रह गरेकाथिए । कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत नवराज सुवेदी र पोखरा महानगरपालिका श्रम तथा रोजगार शाखाकाप्रमुख विष्णु प्रसाद दाहालले विषयवस्तु माथी प्रकाशपार्नुका साथै कार्यपत्र प्रस्तुत गरेकाथिए ।संघका अध्यक्षजानुका पराजुलीअधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य विरेन्द्रराज भुर्तेलले गरेकाथिए ।
सिलाई कटाई तथाप्लम्बीङ तालिमको समापन
संघमा सोमबार नै ३ महिने अर्थात ३९० घण्टे सिलाई कटाई तथाप्लम्बीङ तालिमको समापन गरिएको छ । सामाजीक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश अन्र्तगत व्यवसायीक तथा सिप विकास तालिम केन्द्रको आयोजना तथा संघको समन्वयमा तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापनका अवसरमा सीप विकास तालिम केन्द्र पोखरामा कार्यालय प्रमुखअनिल सुवेदीले सिकेका सिपको व्यवहारमा उपयोग गरि उद्यमशिल एवं रोजगार बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए । तालिमका सहभागीहरुलाई सोमबार नै प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रममा धन्यवाद ज्ञापन संघका कार्यसमिति सदस्य एवं तालिम उप–समिति संयोजक सुजन न्यौपानेले गरेका थिए ।





