मनोरन्जन

अन्तिम एक मिनेट सम्हालिन नसक्दा आहा ! रारा पोखरा गोल्डकपमा हङकङको गोर्खा इन्टरनेशनल क्लव आयोजक सहारा क्लवसंग पराजित

दीननाथ बराल, पोखरा, २७ माघ, अन्तिम एक मिनेट सम्हालिन नसक्दा आहा ! रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागि भएको पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल क्लव आयोजक सहारा क्लवसंग पराजित भएको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज(मंगलबार) साँझ भएको उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको इन्जुरी समयमा सहाराका प्रशन्न श्रेष्ठले गोल गर्दै पोखरेली दर्शकलाई प्रशन्न बनाउनु भयो । ९० मिनेटको खेलमा थपिएको ४… पुरा पढौ

नेकपा १ का उम्मेदवार राजकाजी गुरुङ समक्ष पोखरा २९ का स्थानियद्धारा सुकुम्बासी समस्या समाधान गर्न माग

पोखरा, नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं। १ का उम्मेदवार राजकाजी गुरुङले पोखरा महानगरपालिका वडा नं। २९ अन्तर्गत विभिन्न टोल र बस्तीहरूमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमअन्तर्गत मिलन आमा समूह, सैनिक बस्ती नवदुर्गा आमा समूह, दुर्गा आमा समूहलगायत विभिन्न आमा समूहहरूसँग भेटघाट गरिएको थियो। भेटघाटका क्रममा नवदुर्गा आमा समूहकी उपाध्यक्ष बबिता गुरुङले राष्ट्रलाई सही दिशातर्फ लैजान तमु समुदायबाट राजकाजी गुरुङलाई जिताउन आमा समूहले मत दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आमा समूहहरूले सामुदायिक भवन तथा खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौडमा २१ देशका म्याराथन सहित २१ इभेण्टमा ३ हजार ५ सय धावकले प्रतिष्प्रर्धा गर्ने, ७६ जना नगद सहित पुरस्कृत हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा २६, माघ, खेलकुदको शहर पोखरामा आउदो फाग्ुन २ गते (शनिबार) आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ को तयारी पूरा भएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजनामा हुने उक्त म्याराथन (४२ किमि) सहितको २१ वटा इभेण्टको लागि आवश्यक तयारी पूरा भएको आज (सोमबार) पोखरा उधोग बाणिज्य संघको अमृतकक्षमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=PbZIIL9deaQ यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लव र हङकङको गोर्खा इन्टरनेशनल क्लव भिड्ने, दुबै टिमको उद्घाटन खेल जित्ने दाबी

दीननाथ बराल, पोखरा, २६ माघ नेपालको प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा आयोजक सहारा क्लव र पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब बिच भोलि(मंगलबार) प्रतिस्प्रर्धा हुने भएको छ । पोखरा रंगशालाको फुटबल मैदानमा मंगलबार साँझ हुने उक्त प्रतियोगितामा दुबै टोलीले जित्ने दाबी गरेका छन् । आहा रारामा हङकङबाट पहिलो पटक सहभागि भएको गोर्खा इन्टरनेशनल फुटबल क्लवले भोलिको खेलमा आयोजक सामु उत्कृष्ट खेल प्रर्दशन गरी जित निकाल्ने रणनितीमा रहेको प्रशिक्षक दीपक रानाले पोखराक्लिकलाई बताउनु भयो… पुरा पढौ

गण्डकी अर्थाेपेडिक एशोसियसनको अध्यक्षमा डा चन्द्र

पोखरा, २४ माघ, गण्डकी प्रदेशका अर्थाेपेडिक (हाडजोर्नी) विशेषज्ञहरूको साझा संस्था गण्डकी अर्थाेपेडिक एशोसियसन को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । हालै सम्पन्न एशोसियसनको भेलाले डा. चन्द्र बहादुर मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित समितिको प्रेसिडेन्ट इलेक्टको जिम्मेवारी डा. निरज रञ्जितले पाएका छन् । एशोसियसनको उपाध्यक्षमा डा. कृष्ण सापकोटा र महासचिवमा डा. झपिन्द्र पोखरेल चयन भएका छन् । यसैगरी, समितिको सह–सचिवमा डा. नवीन त्रिपाठी, कोषाध्यक्षमा डा. विजय परियार र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङलाई जिम्मेवारी प्रदान गरिएको… पुरा पढौ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

पोखरा, २५ माघ, कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका छन् । कास्कीको अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मरपोखरीसम्म आफ्ना एजेण्डा राख्दै मतादातालाई भेट्दै हिँडेका कुशलले देशमा सुशासन र विकासका लागि अनुहारमात्र बदलेर नहुने बताए । ‘सामाजिक सञ्जालमा अहिले गलत सूचना र सामाग्रीको… पुरा पढौ

चार वटा उमेर समुहमा खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता फागुन पहिलो हप्ता पोखरामा हुने (भिडियो)

दीननाथ बराल,पोखरा, २५ माघ, चार वटा उमेर समुहमा खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता आउदो फागुन महिनाको पहिलो हप्ता पोखरामा हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा पोखरा महानगरपालिका–१०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन १ देखि ३ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=VdPlrX6qpdo मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को पाँचौँ संस्करणमा यू–११, य्रू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर… पुरा पढौ

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो । आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो । प्रतिभाका लागि… पुरा पढौ

टी–२० विश्वकपमा नेपाल–इंग्ल्यान्ड पहिलो भिडन्त, जितकोको खोजीमा नेपाली टोली

पोखरा, आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ मा नेपालको यात्रा आज (आइतबार) दुई पटकको च्याम्पियन इंग्ल्यान्डविरुद्धको खेलबाट सुरु हुँदैछ। भारत र श्रीलंकामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले बलियो टेस्ट राष्ट्र इंग्ल्यान्डसँग पहिलो पटक अन्तर्राष्ट्रिय भेट गर्दैछ। विश्वकपको उद्घाटन दिन शनिबार सम्पन्न तीन खेलमा एसोसियट टोलीहरूले टेस्ट राष्ट्रलाई कडा चुनौती दिएका थिए। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज र अमेरिकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि नेपालबाट पनि ‘सरप्राइज’को अपेक्षा बढेको छ। इंग्ल्यान्ड जस्तो शक्तिशाली टोलीविरुद्ध मैदान उत्रँदै गरेको नेपाली टोली केही विशेष गर्ने लक्ष्यका… पुरा पढौ

पोखरा म्याराथनको पूर्व अवसरमा पोखरामा ह्विल चियर तथा दृष्टिविहीन दौड सम्पन्न (भिडियो सहित)

पोखरा, खेलकुदको शहर पोखरामा आउदो शनिबार (फागुन २ गते) हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन अन्तर्गत शनिबार ह्वीलचियर र दृष्टिविहीन् दौड प्रतियोगिता सम्पन्न भएका छन् । शनिबार पोखरा रंगशालामा सम्पन्न दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए । https://www.youtube.com/watch?v=wkoX4ZVVUPY दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् । त्यस्तै, ह्वीलचेयर दौडमा पुरुषतर्फ कास्कीका भरत अधिकारी प्रथम, तनहुँका जीवन श्रेष्ठ… पुरा पढौ