मनोरन्जन

शिव मन्दिरमा दर्शनार्थीको भिडः

महाशिवरात्रि पर्वको अवसरमा आज पोखरा क्षेत्रका शिव मन्दिरहरुमा विहानैदेखि भिड भएको थियो । शिवका भक्तजनहरुले दुध तथा वेलपत्र एवं फलफुल चढाउदै महाशिवरात्री पत्र मनाइएको छ । साँझमा शिवालय मन्दिर परिसरमा तथा चौताराहरुमा शिव धुनी लगाउनै उखु पड्काइएको थियो । तष्विरः पोखराक्लिक पुरा पढौ

५ औं मोहन मेमोरियल खुल्ला नेपाल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा दिलिसा रानालाई दोहोरो उपाधि

दीननाथ बराल,पोखरा ३, फागुन, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा रानाले पोखरामा आइतबार सम्पन्न ५ औं मोहन मेमोरियल खुल्ला नेपाल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा दोहोरो उपाधि जित्नु भएको छ । मदरल्याण्ड सेकेण्डरी स्कुलकी रानाले यू—१७ र यू—१९ छात्रा उमेर समुह तर्फ प्रथम हुदै दोहोरो उपाधि जित्न सफल हुनु भएको हो । उक्त दुबै विधामा मैत्रिय पाठशालाकी यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई रानासंग फाइनल खेलमा पराजित हुदै दुबै विधामा दोश्रो हुनु भएको हो । यू—१७ तर्फ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलका… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

पोखरा, ३ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा तमुले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । तमु धिं… पुरा पढौ

पोखरामा जारी मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टनको आज फाइनल खेल सहित समापन हुने

पोखरा, ३ फागुन, पर्यटनको राजधानी पोखरामा जारी पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को फाइनल खेल सहित आज समापन हुने भएको छ । प्रतियोगिता अन्र्तगत आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू सहित समापन हुने भएको प्रतियोगिताका संयोजक बरदान ताङवे लामाले बताउनु भयो । यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, विराट बस्नेत, आश्रुर्ति कार्की, सक्षम गुरुङ, सुरेस राजकोटी र अजेरेन्का शेरचन लगायतका चर्चित खेलाडीहरूले आ–आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नु… पुरा पढौ

पोखरामा जारी ब्याडमिन्टनको आइतबार क्वाटरफाइनलसहित फाइनल खेल हुँदै

पोखरा, २ फागुन पर्यटनको राजधानी पोखरामा शुक्रबारदेखि सुरु भएको पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ अन्तर्गत आज विभिन्न चरणका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिता आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरूसहित समापन हुने भएको छ। मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोर्ट्सप्लेक्सको आयोजनामा पोखरा–१०, हस्पिटलचोकस्थित फिट नेपाल स्पोर्ट्सप्लेक्समा सञ्चालन भइरहेको प्रतियोगितामा यू–११, यू–१३, यू–१७ र यू–१९ छात्र तथा छात्रा गरी चार मुख्य इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ।फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले शनिबार पनि विभिन्न चरणका खेलहरू जारी रहेको जानकारी… पुरा पढौ

२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई, यस बर्ष व्यबस्थापनमा हम्मेहम्मे (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २, फागुन, पोखरामा आज (शनिबार) सम्पन्न २०औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमले जित्नु भएको छ । गत वर्षका उपविजेता जुलियसले ४२.१९५ किलोमिटर दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गरी उपाधि सहित नगद ४ लाख रुपैया हात पार्न सफल हुनु भयो । https://www.youtube.com/watch?v=eo5Wk6UFwVE त्यसै गरी प्रतियोगितामा नेपाल (डिटुङ) का गजेन्द्र राईले निर्धारित दुरी २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो हुनु भयो । उहाँले नगद २ लाख र… पुरा पढौ

प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न

पोखरा, प्रगति साहित्य उत्सव सम्पन्न भएको छ। पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले माघ २४ गतेबाट विद्यालय परिसरमा आयोजना गरेको साहित्य उत्सव शुक्रबार सम्पन्न भएको हो । साहित्य, संस्कृति र सिर्जनशीलताको विषयलाई विद्यार्थी र अभिभावकका बिचमा पुर्याउने उद्धेश्य अनुरुप सप्ताहव्यापी रुपमा कार्यक्रम गरिएको कवि एवं विद्यालयका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । सिनियर र जुनियर गरी दुई सेसनमा गरिएको कार्यक्रममा प्रारम्भिक वाल्यकाल विकास सेसनमा पिताम्वर न्यौपानेसँग अरुणा बरालले संवाद गरिन् ।साहित्यकार अनुराधा शर्मासँगको विद्यार्थी अन्र्तक्रियामा यमुना गुरुङले सहजीकरण गरिन् ।… पुरा पढौ

पोखरामा खुल्यो पाइलट ब्रान्ड पेनको आउटलेट

पोखरा, फेयर ट्रेड कर्पोरेसनले पोखरामा पाइलट ब्रान्डको पेनको आउटलेट संचालनमा ल्याएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरस्थित कोट्रयार्ड भवनमा ९मीनमार्ट रहेको भवन० आउटलेट संचालनमा ल्याएको हो । शनिबार आयोजित एक समारोहमा उक्त शोरूमको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले संयुक्त उद्घाटन गरे । सो अवसरमा हाँस्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति थियो। कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनको बिक्री वितरण गर्दै आएको छ। कम्पनी निर्देशक मीन अग्रवाल आफूकहाँ १० देखि एक लाख रूपैयाँसम्मका मूल्य बराबरका… पुरा पढौ

पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु (भिडियो सहित)

पोखरा, १, फागुन, मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा खेलकुदको शहर पोखरामा आज (शुक्रबार) देखि पाँचौँ संस्करणको खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा १०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जापानी प्रशिक्षक टिस्यू–यामामोतोले गर्नु भयो । https://www.youtube.com/watch?v=ZPVmKtvQhpQ उहाँले नेपालको व्याडमिन्टन खेलको विकासको लागि फिटनेपालकै अवधारणामा तल्लोस्तरको विभिन्न प्रशिक्षण सहितको प्रतियोगिता सहित यस खेलमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुख्य चार वटा इभेण्टमा छात्र तथा… पुरा पढौ

२० औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार विहान ठिक ७ बजे दौड सुरु हुने, नेपाल सहित २१ देशका ३५०६ धावक २१ इभेण्टमा प्रतिष्प्रर्धा गर्दै, ७६ जना पुरस्कृत हुने

दीननाथ बराल. पोखरा १, फागुन खेलकुदको शहर पोखरामा भोलि (शनिबार) २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार बिहान ठिक ७ः०० बजे उक्त दौड पोखरा रंगशालाबाट सुरु हुने भएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार बिहान ६ः०० रिपोटीङ हुने भएको छ । म्याराथन सहितको २१ वटा इभेण्टको लागि आवश्यक अन्तिम तयारी पूरा भएको समेत बताउदै उहाँले यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन… पुरा पढौ