मनोरन्जन

२५ औं आहा रारा पोखरा गोल्डकपमा इतिहास रच्ने दाउमा आयोजक सहारा र जावलाखेल (भिडियो सहित), शनिबार फाइनलमा भिड्ने

दीननाथ बराल,पोखरा, ८ फागुन २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि आयोजक सहारा क्लव र जावलाखेल युथ क्लवबीच भोलि (शनिबार) दिउँसो २ बजे पोखरा रंगशालामा फाइनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ । १४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार सहितको उपाधि जित्दै इतिहास रच्ने दुवै टोलीले शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=EOLwHaJZzA0 समूह ‘ए’ बाट सहारा क्लवले सेमिफाइनलमा सर्वाधिक सफल टोली मनाङ मस्र्याङदी क्लब लाई सडेन डेथमा पराजित… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु

पोखरा, गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल, पोखरा रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा परिषदका सदस्य रविन्सन प्रजुले प्रतियोगिताको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा खेलकुद विकासका लागि परिषद प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दशौं राष्ट्रिय खेलकुदको पूर्वतयारीका लागि यस्ता प्रतियोगिताहरूको भूमिका महत्वपूर्ण रहने बताए। प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न… पुरा पढौ

अभिनेत्री माया गुरुङद्वारा सहारा एकेडेमीका बालकलाई ३० थान फुटबल बुट सहयोग

पोखरा, ८, फागुन, अभिनेत्री माया गुरुङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई फुटबल बुट सहयोग गरेकी छन् । पोखरा रंगशालामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अवसरमा उनले एकेडेमीका ३० जना बालकहरुका निम्ति ३० जोडी फुटबल बुट सहयोग गरेकी हुन् । सहारा हङकङका सल्लाहकार समेत रहेकी अभिनेत्री गुरुङले यसअघि पनि एकेडेमीमा सहयोग गर्दैआएकी थिइन् । उनको निर्माण बनेको नेपाली फिल्म ‘पेन्सनपट्टा’ ले दुई साताअघि मात्र छायांकन सकाएको छ । लमजुङ लगायतमा छायाकन गरिएको यो फिल्मका निर्देशक माओत्से गुरुङ हुन् ।… पुरा पढौ

जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग

पोखरा, ७ फागुन, यूकेमा रहेका सचित गुरुङको १९ औं जन्मदिनको अवसरमा उनका बाबा चन्द्रबहादुर र आमा शान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीलाई आर्थिक सहयोग गरेका छन् । छोराको जन्मदिनमा गुरुङ दम्पतीले एनपिजेए कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा सचितका बाबा चन्द्रबहादुर गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।कोल्मा बहाकोट समाज… पुरा पढौ

पाहुना टोली उज्वेकिस्तानको उपहार गोलले जावलाखेल १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाइनलमा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ७ फागुन, जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज (बिहीबार) सम्पन्न दोस्रो सेमिफाइनल खेलमा जावलाखेलले पाहुना टोली आबा फुटबल क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। https://www.youtube.com/watch?v=GEQUjUt04UM जावलाखेलको जितमा निर्णायक गोल भने विपक्षी टोलीबाट ‘उपहार’का रूपमा गोल प्राप्त भयो। खेलको दोस्रो हाफको सुरुआतमै धिरेन्द्र कुँवरले प्रहार गरेको क्रस बललाई पोष्ट नजिक रहेका आबाका डिफेन्डर खुसन गनिजानोभले क्लियर गर्ने प्रयास गर्दा बल छातीमा लागेर आफ्नै पोस्टमा… पुरा पढौ

मनाङलाई सडेन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा (भिडियो सहित) विहिबार हुने सेमिफाइनलमा जावलाखेल बिरुद्ध उज्वेकिस्तानको आबा क्लव भिड्ने

दीननाथ बराल, पोखरा, ६ फागुन, ६ पटक उपाधि सहित आहा रारा पोखरा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गरेको मनाङ मस्र्याङदी क्लवलाई सडेन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को फाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा सहाराले मनाङलाई टाईब्रेकरको सडेन डेथमा ७—६ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । https://www.youtube.com/watch?v=iftXBSnRKb8 सडेन डेथमा मनाङका सविन खड्काले प्रहार गरेको पेनाल्टी सुट सहाराका… पुरा पढौ

पोखरा जगदम्बा ट्राभल्सले पोखरा–काठमाडौँ रुटमा ईभी बस सेवा सुरु , प्रति यात्रु भाडा शुल्क ९ सय (भिडियो सहित)

दीननाथ बराल, पोखरा ६, फागुन पर्यटनको राजधानी पोखरामा यात्रु बहाक बस सेवामा गुणस्तरिय तथा लक्जरी बस सेवा संचालन गर्दै आएको पोखरा जगदम्बा ट्राभल्सले समय सापेक्षा आफुलाई परिमार्जन गर्न थालेको छ । पोखरादेखि काठमाण्डौं रुट मात्र नभई पोखरा देखि भारतको दिल्लीसम्म प्रभावकारी सेवा संचालन गरेको यस कम्पनीले पोखरा काठमाण्डौं रुटमा इभि बस सेवा सुरु गरेको हो । https://www.youtube.com/watch?v=ssgetczxnxM पोखरादेखि काठमाडौं धुलीखेल तथा वनेपासम्मको लागि ईभि बस सेवा आज ९बुधबार० देखि सुरु गरिएको पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशबप्रसाद अधिकारीले बताउनु भयो ।… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव सुरु, अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटनः अध्यक्ष केसी

पोखरा, ६ फागुन, कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार पर्यटन क्षेत्र रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन हो, हामीले वडा नम्बर ७ देखि ११ वडालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेका छौं, बाँकीलाई… पुरा पढौ

शुक्रबार पोखरा रंगशालामा धन बहादुर गुरुङ सांगीतिक साँझ हुने

पोखरा, ६ फागुन, पोखरा रंगशालामा यही फागुन ८ गते (शुक्रबार) ‘धन बहादुर गुरुङ साँझ २०८२’ हुने भएको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गायक धन बहादुर गुरुङको सम्मान र ‘तमु (गुरुङ) कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने कार्यक्रमको तयारी भव्य भइरहेको तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा स्रष्टा गुरुङका वि.सं. २०४५ देखि हालसम्मका… पुरा पढौ

बागलुङमा  इटालियन प्रजातिका स्याउ फलाउने किसान देखि गण्डकी प्रदेशका ५ पालिकाका ५५ जना उद्यमी पोखरामा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ५ फागुन “उद्यमशील गण्डकी” अभियानअन्तर्गत छनोट भएका गण्डकी प्रदेशका पाँच पालिकाका ५५ जना उत्कृष्ट ग्रामीण उद्यमी तीन दिने आवासीय नवप्रवर्तनशील नेतृत्व तथा व्यवस्थापन कार्यशालाका लागि पोखरामा भेला भएका छन् । समृद्धि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्रलाई रोजगारी सिर्जनाको गतिशील इन्जिन बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । https://www.youtube.com/watch?v=ZPITTfJ6HfY इटालियन प्रजातिका स्याउ फलाउने किसान । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ग्रामीण उद्यमशीलता समावेशी आर्थिक विकासको आधार भएको उल्लेख गरे। “यी… पुरा पढौ