मनोरन्जन

भायानेटले दियो फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई लाइफ ज्याकेट

पोखरा, इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले फेवा डुंगा व्यवसायी संगठन र वडा प्रहरी कार्यालय बैदामलाई लाइफ ज्याकेट प्रदान गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै दुई संस्थालाई गरी २ सय वटा लाइफ ज्याकेट वितरण गरेको हो । मंगलबार पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार बाराहीघाटमा आयोजित कार्यक्रममा ज्याकेट प्रदान गरिएको हो । भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवा डुंगा व्यवसायी संगठनका कार्यवाहाक अध्यक्ष रुद्र भुजेल र वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शिशीर भट्टराईलाई ज्याकेट हस्तान्तरण गरेका… पुरा पढौ

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

पोखरा, पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा आज (सोमवार) मञ्चको आयोजनामा माध्यमिक तह (९—१२) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक के. सी. निर्णायक रहनुभएको प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम , कक्षा ११ विज्ञान संकायकै सलिना खत्री द्वितीय , कक्षा १२ विज्ञान संकायका अर्जुन विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी… पुरा पढौ

कास्कीमा ४ हजार सुरक्षाकर्मी, २ हजार कर्मचारी खटिदै (भिडियो सहित)

दीननाथ बराल, पोखरा १०, फागुन, देशमा हाल चुनावी माहोल निकै तातिएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन बाँकी छदा कास्की निर्वाचनको अन्तिम तयारी तिव्र पारिएको छ । कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा सौहादपूर्ण र निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचन गराउन आवश्यक तयारी तिव्र पारिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताउनु भयो । दुई दिन अघि उहाँसंग गरिएको कुराकानीको केही अंश जस्ताको तस्तै । https://www.youtube.com/watch?v=0UisSpa0E8o कास्कीमा १ सय ५३ मतदानस्थल र ३ सय ६३… पुरा पढौ

खेलकुदको विकासमा सहकार्य गर्ने सहारा यूके,हङकङ,अष्ट्रेलिया, तमु धि यूके सहितका संस्थाका पदाधिकारीको भनाई (भिडियो सहित)

पोखरा, प्रतिष्ठित क्लवहरु सहारा यूके÷सहारा हङकङ÷सहारा अष्ट्रेलिया, तमु धि यूके सहितका संघ संस्थाका पदाधिकारीहरुले पोखराको खेलकुदको विकासमा सहकार्य गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले मञ्चले आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न आवश्यक सहयोग गर्ने वचन समेत दिनु भएको हो । https://www.youtube.com/watch?v=JZ1KDBv5egE “स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित स्थापित मञ्च गण्डकीले हरेक बर्ष वैशाख तेश्रो साता आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्ड मार्फत… पुरा पढौ

ल्यासएक्सटेन्ड एसपीएमयू र डियर स्किनले चौथो वार्षिकोत्सव मनाउँदै नयाँ भवनबाट सेवा सुरु

१० फागुन, कास्की, पोखरास्थित ल्यासएक्सटेन्ड एसपीएमयू स्टुडियो तथा डियर स्किनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा नयाँ भवनबाट सेवा सुरु गरेको छ। यसअघि लेकसाइडमा सेवा दिँदै आएको स्टुडियो अब नागढुंगामा स्थानान्तरण भई शनिवार औपचारिक उद्घाटनसमेत सम्पन्न गरेको छ। कार्यक्रममा अभिनेता धिरज मगरको विशेष उपस्थिति रहेको थियो। साथै, लाइभ म्युजिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा विभिन्न अतिथि, शुभेच्छुक तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। चार वर्षअघि स्थापना गरिएको उक्त स्टुडियोले पोखरामा सौन्दर्य तथा स्किन केयर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल… पुरा पढौ

पत्रकारका लागि साइबर सुरक्षा सम्बन्धीे तालिम (भिडियो सहित)

पोखरा,१० फागुन, पोखरामा साइबर सुरक्षा सम्बन्धी तिन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना , प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा कास्कीमा क्रियाशिल पत्रकारहरुका लागि उक्त तालिम आइतबारदेखि सुरु भएको हो । https://www.youtube.com/watch?v=qEJQd8S_O2I तालिमको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अबराध चुनौतीको रुपमा रहेकोले यसबाट बच्न हरेक व्यक्तिलाई साइबर सुरक्षाबारे जानकारी हुन पर्ने बताउनुभयो । सञ्चार माध्यममा आवद्घ पत्रकारहरुलाई लक्षित गरि आयोजना गरिएको तालिमले सञ्चार… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपमा आयोजक सहारा क्लबले १२ वर्षमा खोला पनि फर्किन्छ भनेझैँ पुनः १२ वर्षमा अर्को उपाधि जित्न सफल (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ९ फागुन, १२ वर्षको लामो प्रतिक्षापछि आयोजक सहारा क्लबले खोला फर्किएझैँ इतिहास दोहोर्‍याउँदै २५औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा सहाराले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि जित्दै आफ्नै मैदानमा गौरवमय पुनरागमन गरेको हो । https://www.youtube.com/watch?v=VNr9skeB1qk खेलको २५औँ मिनेटमा सहाराका मुकुन्द कुमार न्यूरेले टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै दबाबमा परेको जावलाखेलले बराबरी गोल फर्काउने प्रयास… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी

पोखरा, पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधी जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो । त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि,घोडा दौडमा विवेक पुन प्रथम

पोखरा, ९ फागुन, कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो । महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो । विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण म्याग्दीले… पुरा पढौ

पर्यटन व्यवसायी जितु गुरुङ परिवारद्वारा कृष्ण प्रमोद प्रा.वि.मा डेढ लाखको अक्षयकोष, कम्प्युटर हस्तान्तरण

दीननाथ बराल,पोखरा, ८, फागुन, लमजुङको दोर्दी गाउँपालिका–३ स्थित मञ्जाङ लामागाउँमा रहेको कृष्ण प्रमोद प्रा.वि. लाई पोखराका पर्यटन व्यवसायी तथा वरपिपल रिसोर्टका सञ्चालक अमरजङ गुरुङ (जितु) परिवारले डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुका साथै दुई थान कम्प्युटर, एक थान प्रिन्टर, खेल पोशाक हस्तान्तरण गर्नुभएको छ । विद्यालयको ५० औँ स्वर्ण जयन्ती तथा अभिभावक दिवसको अवसर पारेर गुरुङ र उहाँकी धर्मपत्नी शिला गुरुङले स्वर्गीय बुबा–आमाको स्मृतिमा रु. १ लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा… पुरा पढौ