शेर्पा समुदायको महान पर्व २१५३औँ मे फा ता लो ग्याल्पो ल्होसारको अवसरमा पोखरा शेर्पा समाज कास्कीले शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। बुलौदीस्थित हिमचुली पार्टी प्यालेसमा आयोजित कार्यक्रममा समुदायका अग्रज, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो। समाजका अध्यक्ष राजेश शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोपेन गोम्पु शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित। प्रमुख अतिथि शेर्पाले ग्याल्पो ल्होसारले शेर्पा समुदायको ऐतिहासिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक मौलिकतालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भाषा, भेषभूषा, परम्परा र संस्कारको…
पुरा पढौ