मनोरन्जन

पोखरामा तेक्वान्दो कोच तथा खेलाडीका लागि विशेष तालिम

पोखरा, नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो । वैशाख १५ देखि १९ गते सम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा उक्त तालिम सम्पन्न भएको उक्त तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगी तर्फ १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको हो… पुरा पढौ

गण्डकी प्रदेशबाट १४ जना युवालाई सम्मान

पोखरा, १८ बैशाख, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना युवालाई सम्मान गरेको छ । गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरिएको हो । गण्डकी प्रदेशमा रहेर कृषि,कला,उद्यम,सञ्चार,अध्ययन अनुसन्धान लगायतका क्षेत्रमा योगदान पु¥याएका ४० वर्ष मुनिका युवाहरुलाई नगदसहित सम्मान गरिएको हो । यसरी पुरस्कृत हुनेहरुमा सञ्चार क्षेत्रबाट रेडियो अन्नपूर्णकी कविता श्रेष्ठ सहित अध्ययन अनुसन्धानको क्षेत्रबाट डा. राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा शिशिर देवकोटा, शिक्षा क्षेत्रबाट अग्निधर भुषाल, युवा सशक्तिकरण… पुरा पढौ

बुद्ध जयन्तीको अवसरमा भुवन सिंह गुरुङ र ज्याक तामाङ पोखरामा सम्मानित

‎दीननाथ बराल,पोखरा, १८ वैशाख, बुद्ध जयन्तीको अवसरमा पोखरामा समाजसेवा तथा बुद्ध धर्मको प्रवर्द्धनमा योगदान पुर्‍याउनु भएका भुवन सिंह गुरुङ र ज्याक तामाङ सम्मानित हुनुभएको छ। बुद्ध जयन्ती समारोह समिति, कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न २५७०औँ बुद्ध जयन्ती समारोहका अवसरमा उहाँहरूलाई एक विशेष कार्यक्रमबीच सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो। कार्यक्रममा हेम्जा गुम्बाका प्रमुख दुपसिंह रिम्पोछे प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्मान प्रदान गर्नुभएको थियो।समारोह कार्यवाहक अध्यक्ष चन्द्र लक्ष्मी गुबाजुको अध्यक्षतामा सम्पन्न भएको थियो । धर्मशिला बुद्ध बिहार, नदीपुरबाट सुरु… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाह परिवार पोखराको ‘छु मी’ चाइनिज रेस्टुरेन्टमा

पोखरा, वैशाख ११, पूर्व राजा ज्ञानेन्द्र शाह परिवार सहित आज (शुक्रबार) पोखराको एक चाइनिज रेस्टुरेन्टमा लन्च गर्न पुगेसंगै रेष्टुरेण्ट परिवरले उहाँलाई स्वागत गरेको छ । पोखराको बाराहीघाट स्थित ३१ पार्क होटल परिसर भित्र सञ्चालनमा रहेको ‘छु मी’ चाइनिज रेस्टुरेन्टमा उहाँ परिवार सहित लन्चका लागि पुग्नुभएको श्रोतले पोखराक्लिकलाई जनाएको छ । पूर्व राजा शाह करिब तीन घण्टा उक्त रेस्टुरेन्टमा बिताउनुभएको थियो। उहाँसँगै पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह तथा शाही परिवारका अन्य सदस्यहरू पनि उपस्थित हुनु भएको थियो । उहाँहरूको आगमनसँगै… पुरा पढौ

आयोजक माथि गोलको बर्षा, रेखाको ५ गोलको सहायतामा पुलिस महिला गोल्डकपको फाइनलमा

दीननाथ बराल,पोखरा १८, वैशाख, आयोजक आर एस पोखरा फुटबल क्लब माथि एकतर्फी ८ गोल बर्षाउदै नेपाल पुलिस क्लव महिला गोल्डकप फुटवल प्रतियोगिता २०८३ को फाइनलमा प्रबेश गरेको छ । आज (शुक्रबार) पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा पुलिसले आयोजक माथि ८–० को सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो । पुलिसको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल निर्मला विक र साहारा लिम्बुले एक÷एक गोलको योगदान दिनुभयो । पुलिसले थप एक गोल भने उपहार गोल प्राप्त गर्यो । पाँचौ मिनेटमा… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका लागत साझेदारीका योजना अनुगमन

पोखरा, १७ बैशाख, जिल्ला समन्वय समिति कास्कीद्वारा माछापुच्छ्रे गाउँपालिकाका योजना अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०८२ ( ८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा बिनियोजित निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ । यसरी अनुगमन गरिएका योजनाहरूमा जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँ पालिकाको लागत साझेदारीमा निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका वडा न ६ को वडा कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण योजना , बराह मा बि भेडावारिको स्टेज निर्माण र कैलाश… पुरा पढौ

शुक्रबार देखि पोखरामा महिला गोल्डकप फुटवल, उद्घाटन खेलमा आयोजक आर.एस. पोखरा र नेपाल पुलिस भिड्ने

दीननाथ बराल,पोखरा १७, वैशाख, पोखरामा भोलि (शुक्रबार) देखि महिला गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदानमा भोलि हुने उद्घाटन खेलमा आयोजक आर ंएस. क्लब र नेपाल पुलिस क्लब बिच हुने भएको छ । पोखरामा महिला फुटबलको विकास गर्ने उद्धेश्यका साथ पहिलो पटक महिलाको उक्त प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष रमेश कार्कीले बताउनु भयो । पोखराले महिला फुटबलको अभाव झेलिरहेको अवस्थामा पहिलो पटक हुने ठूलो प्रतियोगिताले यहाँको फुटबल फेरी जुरमुराउने उहाँले विश्वास… पुरा पढौ

पोखराका सुकुम्बासी बस्ती हटाउनु अघि पहिचान र विकल्प दिन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशको माग (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १७ वैशाख, अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले पोखरामा रहेका सुकुम्बासी बस्ती हटाउने कार्य अघि बढाउनु अघि वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक व्यवस्था गरेर मात्र हटाउन सरकारसँग जोडदार माग गरेको छ । विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष रुद्र गौतमले बिना विकल्प गरिब तथा श्रमजीवी जनताको घरटहरा भत्काउने कार्य अमानवीय हुनु बताउनु भयो । https://www.youtube.com/watch?v=381YA8RLyMk&t=18s सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित रूपमा पुनस्र्थापना नगरी डोजर प्रयोग गरी हटाउने कार्यले सामाजिक अन्याय बढाउने उहाँको भनाई… पुरा पढौ

रिलायन्स फाइनान्सका ग्राहकलाई ट्याक्यूलिटि स्पामा २५ प्रतिशत सम्म छुट हुने

काठमाडौं, रिलायन्स फाइनान्स का ग्राहक वा कर्मचारीलाई व्यक्तिगत सौन्दर्य र स्पा सेवामा आकर्षक छुट पाउने भएका छन् । रिलायन्स फाइनान्स र ट्याक्यूलिटि स्पा बीच भएको नयाँ सम्झौताअनुसार स्पा सेवामा अधिकतम् २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, अन्य विभिन्न सेवाहरूमा १५ देखि २० प्रतिशतसम्मको सहुलियत पनि प्रदान गरिनेछ। कमलादीस्थित रिलायन्स फाइनान्सको प्रधान कार्यालयमा सम्पन्न सम्झौतापछि अब तपाईंले यो सुविधा सजिलै प्रयोग गर्न सक्नुहुनेछ। विशेषगरी, मोबाइल बैंकिङ एप वा एटीएम कार्डमार्फत भुक्तानी गर्दा यी छुटहरू लागू हुनेछन्। ट्याक्यूलिटि स्पाले काठमाडौंका विभिन्न होटलहरूबाट… पुरा पढौ

सिटिजन फर्निचरका संचालक कार्की, गायक बस्याल प्रदेशबाट सम्मानित

पोखरा, पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक युवा व्यवसायी दीपक कार्की गण्डकी प्रदेश सरकारबाट सम्मानित हुनु भएको छ । सामाजिक तथा खेलकुदका विभिन्न संघ संस्थामा आबद्ध कार्कीलाई गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आज (विहीबार) एक समारोहका बिच सम्मान गरेको हो । गण्डकी प्रदेश स्तरीय युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत कार्कीलाई सम्मान गरेको मन्त्रालयले जनाएको छ ।प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव डा.शेषनारायण पौडेल र उपसचिव घनश्याम पौडेलले उहाँहरुलाई सम्मानपत्रको साथमा दोसल्ला… पुरा पढौ