मनोरन्जन

एनटिएचएमसीमा ‘ट्रेन द ट्रेनर’ ५ दिने विशेष तालिम सुरु  

पोखरा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन र यहाँको मौलिक हस्पिटालिटी (आतिथ्यता) लाई जोगाइराख्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । पाेखरा छिनेडाँडामा रहेकाे नेपालकाे पहिलाे हाेटलम्यानेजमेन्ट कलेज एनटिएचएमसीमा आयोजित होटल व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूका लागि ‘पाँच दिने विशेष ‘ट्रेन द ट्रेनर’ (Train the Trainer) विषयक ५ दिने विशेष तालिमकाे प्रमुख अतिथि रहन् भएका मेयर आचार्यले यस्तो बताउनुभएको हो । मेयर आचार्यले पोखराको पर्यटनलाई केवल परम्परागत रूपमा मात्र नभई समयसापेक्ष र व्यावसायिक ढंगले अगाडि… पुरा पढौ

पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन सञ्चालनमा

पोखरा, नेपालमा आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा नयाँ “चेतक एक्सपेरियन्स जोन” सञ्चालनमा ल्याएको छ । राजधानी बाहिर प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव ग्राहकसम्म पु¥याउने उद्देश्यसहित उक्त शोरुम हालै औपचारिक रूपमा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रातानाधहरू तथा नेपालका लााग बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का व्यवस्थापन टोलीको उपिस्थात रहेको थियो । आधुनिक विद्युतीय सवारी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको यस एक्सपेरियन्स जोनमा प्रविधिमैत्री सेवा, सहज ग्राहक अनुभव तथा ईभी–केन्द्रित… पुरा पढौ

मध्यपहाडी लोकमार्ग हुँदै पोखराको पर्यटन प्रवद्र्धन

पोखरा, जेठ ४ “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” भन्ने नारासहित मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियानमा निस्किएको टोली सोमबार पोखरा फर्किएको छ । पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय र पोखरा महानगरपालिकाको सहकार्यमा जेठ १ गते सुरु भएको अभियान टोलीले बागलुङ, पूर्वी रुकुम, पश्चिम रुकुम र ढोरपाटन पुगेर आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो दिएको हो । टोलीमा पृथ्वी होटल व्यवसायी समिति, समितिका पूर्वअध्यक्षहरु, सल्लाहकार, पत्रकार तथा कलाकार सहित २६ जना… पुरा पढौ

मितेरी सहरको उपहार एम्बुलेन्स सेवा पोखरामा

दीननाथ बराल,पोखरा, ३ जेठ, अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा पोखरामा भित्रिएको छ । मित्र राष्ट्र चिनको मितेरी सहर जिजाङ प्रान्तको लिञ्जीबाट उपहार स्वरूप उक्त एम्बुलेन्स सेवा पोखरा महानगरपालिकालाई प्राप्त भएको महानगरले जनाएको छ । अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री अन्ततः साढे तीन वर्षपछि पोखरा आइपुगेको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । मितेरी सहर लिञ्जीले नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि स्वागतस्वरूप अत्याधुनिक उपकरणसहितको एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको थियो । सामग्री चीनबाट रसुवाको… पुरा पढौ

४ जिपिए ल्याएका विद्यार्थीलाई ३५ हजारसहित पोखरा पब्लिकको सम्मान

पोखरा, पोखरा पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान र बधाई दिँदै पुरस्कृतसमेत गरिएको हो । ४ जिपिए ल्याएका दुई विद्यार्थी रोनिश खत्री र सक्षम पौडेललाई जनही ३५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।विद्यालयले दुवै विद्यार्थीको उपलब्धिले विद्यालयसँगै समग्र पोखराकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको भन्दै पुरस्कृत गरेको हो । उत्तीर्ण सबै विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको… पुरा पढौ

युआरएल ग्रुपमा ठाकुरको नेतृत्व

पोखरा, तेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) युआरएल ग्रुपमा रुपान्तर भएको छ । युआरएलको शुक्रबार भएको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्वसमेत चुनेको हो । अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ग्रुपको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला र बोर्ड डाइरेक्टरहरुमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा कृष्णराज अधिकारी, डा वसन्त पगेनी र पुष्पराज कोइराला छन् । साधारणसभाले संस्था सञ्चालनको नयाँ कार्यविधि… पुरा पढौ

पोखरामा रातभर रात्रिकालिन व्यवसाय गर्दा व्यावसायलाई नै असर परेको गुनासो, राति २ः०० बजेसम्म सञ्चालनको अनुमति दिन माग

दीननाथ बराल, पोखरा, १ जेठ, पर्यटनको राजधानि पोखरामा रात्रिकालिन व्यवसाय रातभर संचालन हुदै आएको अबस्थामा एकाद ठाँउमा प्रश्न उठ्न थालेसंगै व्यवसायीहरुले पहिलाकै अबस्थामा फर्काउने गरी रात्रि २ः०० बजेसम्मको लागि व्यवसाय संचालनको अनुमति दिन माग गर्नु भएको छ । पोखराको लेकसाइड, ड्यामसाइड लगायत पर्यटकीय क्षेत्रमा बढ्दो हो–हल्ला, ध्वनी प्रदूषण, अव्यवस्थित गतिविधि र शान्ति सुरक्षामा असर परेको भन्दै व्यवसायीहरुले अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीसँग माग पेश गर्दै आज (शुक्रबार) ध्यानाकर्षण गराउनु भएको हो । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा… पुरा पढौ

पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

पोखरा, १ जेठ, पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मान गर्न लागिएको महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए । नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ सदस्य रहेको छनौट समितिको सिफारिसलाई महासंघको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो । पत्रकार शर्मालाई जेठ ९ गते नेपाल… पुरा पढौ

पोखरामा बीमा सचेतना र्‍याली सहित विविध कार्यक्रम आयोजना

दीननाथ बराल,पोखरा, १ जेठ, नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा पोखरामा बीमा सचेतना र्‍याली, बृहत रक्तदान कार्यक्रम तथा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। “बीमा गरौँ, सुरक्षित बनौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रमले बीमा क्षेत्रप्रति सर्वसाधारणमा जागरण फैलाउनुका साथै सामाजिक उत्तरदायित्वलाई समेत जोड दिएको आयोजकले जनाएको छ। पोखरामा आज विहान प्रभातफेरी आयोजना गरिएको थियो । मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुंगा, महेन्द्रपुल, अन्तर्राष्ट्रिय झण्डा पार्क, रानीपौवा, अस्पताल चोक हुँदै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय परिसरमा पुगेर समापन भएको थियो।… पुरा पढौ

१० औं पोखरा स्पोर्ट्स अवार्ड ः टिकाबहादुर बोगटीलाई लाइफ टाइफ एचिभ्मेन्ट अवार्ड

पोखरा, ३१ वैशाख, ‘दशौं पोखरा स्पोर्टस् अवार्ड २०८२’ अन्तरगत टाइफ एचिभ्मेन्ट अवार्डबबाट एथ्लेटिक्सका खेलाडी टिकाबहादुर बोगटी सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा बोगटीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रुपकोट सुनचाँदी पसलका सञ्चालक रशरथ सुनार, मञ्चका अध्यक्ष एमबी आस्थामगर, मञ्चका सल्लाहकार सुरज श्रेष्ठले लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरेका थिए । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट… पुरा पढौ