पोखरा, फागुन २०, साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि सङ्कलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ । बुधवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १ लाख १०१ रुपियाँको अक्षयकोषका लागि रकम फेदीखोला–१ मा सञ्चालित अमोर सेवा नेपाल नामक बालगृहका लागि प्रदान गरिएको हो । साहित्यकार उपाध्यायसहित आमा रमादेवी सुवेदी, भाइहरू रेशम र सन्तोष उपाध्याय तथा बहिनी सङ्गीताले संयुक्त रूपमा सो बालगृहकी प्रबन्धक कमला पराजुलीलाई रकम हस्तान्तरण गरे ।…
पुरा पढौ