कास्कीको रुपामा ८ काटुुन मदिरा नियन्त्रणमा

-


     पोखरा क्लिक     
     फागुन २० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २०, फागुन,

कास्कीको रुपा गाँउपालिकामा ८ काटुन मदिरा नियन्त्रणमा लिएको छ । पोखरा मालेपाटनको कालिका गण हेडक्वाटरले पोखरादेखि रुपा जार्दै गरेको ग३च ६४३२ नम्वरको जिपबाट पसलमा बिक्रीको लागि झार्दै गरेको अवस्थामा ८ काटुन कर्णाली स्याउ नामको मदिरा (करिब ७ हजार) बराबरको मदिरा नियन्त्रणमा लिएको कालिका गणले जनाएको छ ।

निर्वाचनको लागी रुपा गाँउपालिकामा खटिएको सशस्त्र प्रहरी नायव निरिक्षक (सप्रनानि ) बसन्त बहादुर बुढाथोकीको टोलीले उक्त मदिरा नियन्त्रणमा लिई निर्वाचन सुरक्षाको लागि रामकोट मावि रूपा गाउँपालिका ७ मा खटिएको नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ । फागुन २१ (भोलि) हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै गर्दा आचार संहिता विपरित कुनै पनि कार्य भएमा त्यसलाई कानुन बमोजिम नियन्त्रणमा लिने र सम्बन्धीत निकायमा बुझाउने कार्य निर्वाचन सुरक्षा निर्देशिका बमोजिम नै कार्वाही गरिने भएको सप्रनानि बुढाथोकीले बताउनु भयो ।

निर्वाचनलाई स्वाच्छ, मर्यादित र भय रहित बातावरणमा सम्पन्न गर्नको लागी निर्वाचन आचार संहिता विपरितका कुनै पनि कार्य नगरि दिन हुन समेत सम्पुर्णमा निर्वाचन आयोगले अनुरोध गरेको छ । निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहसुदासम्म जिल्ला प्रशासन कार्यालय कास्कीले मदिरा जन्य पदार्थहरु बिक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाएको छ । निर्वाचनका दिन विहिबार अत्यावसेक बाहेक अन्यलाई यातायात सेवा समेत संचालन नगर्न प्रशासनले आग्रह गरेको छ । आज राति १२ः०० बजेदेखि मतदान सकिएर मतपेटिका निर्वाचन आयोगमा नआउदासम्म यातायातका सेवा संचालन नहुने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चिताङगत बरालले बताउनु भयो ।