
दीननाथ बराल
पोखरा १९, फागुन
कास्की जिल्लामा आगामी निर्वाचनका लागि मतदान अधिकृतहरू मतदान स्थलमा खटिन तयारी अवस्थामा रहनु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कास्कीमा कुल ३ सय ६५ जना मतदान अधिकृत खटिनु भएको छ भने जस मध्य ७३ जना महिला मतदान अधिकृत रहनु भएको छ ।
२ सय ९२ जना पुरुष मतदान अधिकृत निर्वाचनमा खटिन भएको हो । कास्कीमा खटिएका मतदान अधिकृतमध्ये २० प्रतिशत महिला सहभागिता रहेको देखिन्छ । निर्वाचन कार्यलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै मतदान अधिकृतहरूलाई आवश्यक तालिम, सामग्री तथा व्यवस्थापनको तयारी पूरा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मतदान स्थल व्यवस्थापन, सुरक्षा समन्वय र कर्मचारी परिचालन कार्य तीव्र पार्नु भएको हो ।
कास्की जिल्लाका तीन निर्वाचन क्षेत्रमा १ हजार ४ सय ४२ कर्मचारी खटिनु भएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार तीनवटै क्षेत्रमा महिला भन्दा पुरुष कर्मचारीको उल्लेख्य सहभागिता रहेको छ । कास्की निर्वाचन क्षेत्र नं. १ मा कुल ५ सय ४० जना कर्मचारी खटिनु भएको छ भने महिलाः २ सय ४० र पुरुषः ६ सय सय जना गरी ८ सुय ४० कर्मचारी खटिनु भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रनाथ न्यौपानले बताउनु भयो । त्यसै गरी निर्वाचन क्षेत्र नं. २ मा ५ सय ८२ जना कर्मचारी खटिनु भएको छ भने २ सय २८ जना महिला र ३ सय ५४ जना पुरुष कर्मचारी खटिनु भएको हो । कास्की निर्वाचन क्षेत्र नं. ३ मा ७ सय ६२ जना कर्मचारी खटिदै हुनुहुन्छ । जसमध्य महिलाः तर्फ २ सय १६ र पुरुष तर्फ ५ सय ४६ जना खटिनु भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि कास्कीका १ सय ५३ वटा मतदान स्थलमा ५१ प्रकारका निर्वाचन सामाग्रि पुगेका छन् । गण्डकी प्रदेश निर्वाचन कार्यालयबाट सोमबार मतदान स्थलमा खटिएका कर्मचारीहरुलाई उक्त निर्वाचन सामाग्रि बुझाइएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले बताउनु भयो । कास्की जिल्लामा १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र निर्धारण भइसकेका छन् । कास्कीमा कास्की कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान स्थल रहने भएको छ । पोखरा लेकसाइडको तालवारही माविका मतदान अधिकृत कृष्णप्रसाद तिवारीले आवश्यक तयारी स्ववरुप पार्टी तथा उम्मेदवारका प्रतिनिधि सहितको टोलीसंग सर्वदलित बैठक बसि मतदानको लागि आवश्यक पूर्वाधार निर्माण गरेको बताउनु भयो ।
कास्कीमा मतदाताको सङख्या ३ लाख ८ हजार ५ सय ७२ रहेको छ । कास्कीमा महिला तर्फ १ लाख ६० हजार १ सय ५३ र पुरुष तर्फ १ लाख ४८ हजार ४ सय १५ जना र ४ जना अन्य रहेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले बताउनुभयो । तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित ४९ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । तीमध्ये ४३ जना विभिन्न राजनीतिक दलका र ६ जना स्वतन्त्र उम्मेदवार रहनु भएको हो । कास्की–१ र कास्की–२ मा १७÷१७ जना तथा कास्की–३ मा १५ जना उम्मेदवार प्रतिस्पर्धामा रहनु भएको हो ।



