पोखरा, फागुन १६, नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा सनफ्लावर बोर्डिङ स्कुल, पोखरा–२, अर्चलबोटमा क्रियाशील जुनियर रेडक्रस सर्कलको व्यवस्थापनमा शनिवार पोखरामा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । जम्मा १३ जनाको सहभागिता रहेको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री प्रथम भएकी छन् । त्यसै गरी ज्ञानसागर एकेडेमीकी रोजिना अधिकारी द्वितीय, सिर्जना आवासीय माविका विवेक सुनार तृतीय तथा छोरेपाटन माविकी श्रवणा दाहाल र होलीमाउन्ड बोर्डिङ स्कुलकी अनुस्का ढकाल सान्त्वना स्थान प्राप्त गर्न सफल भए । प्रतियोगिताका निर्णायकहरूमा कार्यमूलक नेपाली व्याकरण, बोध…
पुरा पढौ