अर्थतन्त्र

ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु

५ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको राष्ट्रिय माविले १३ ओभरमा ४४ रन बटुलेर सम्पूर्ण विकेट गुमाएको थियो । जवाफमा बाराहीले ३.४ ओभरमा मात्र २ विकेटको… पुरा पढौ

पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन

पोखरा, पर्यटकीय शहर पोखरामा नेपाली कपडा ब्राण्ड ‘बवाल वेयर्स’को आउटलेट सञ्चालनमा आएको छ । राजधानी केन्द्रित कारोबार गर्दै आएको बवाल वेयर्सले पोखराको सभागृहमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीले पर्यटकीय शहर पोखरालाई प्रमुख बजारका रुपमा लिदै शाखा विस्तार गरेको हो । शुक्रबारदेखि सञ्चालनमा आएको उक्त आउटलेटको कम्पनीका सञ्चालकहरु सिसन बानियाँ ,बिराट गिरी र बेनदि भारतीले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबारदेखि सञ्चालनमा आएको आउटलेटको डिजाइन तथा उत्पादन संग्रह पोखरेली शैली, भाषा र स्थानीय पहिचानमा केन्द्रित रहेको छ । पोखरेली… पुरा पढौ

खेल पत्रकारलाई एआई तालिम, अबको पत्रकारिता एआई र प्रविधिको प्रयोग गर्न रजिष्टार भण्डारीको आग्रह

पोखरा, ५ असार, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा आज( शुक्रबार) देखि ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ तालिम सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबारसम्म संचालन हुने भएको छ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गर्दै अबको पत्रकारिता एआई र प्रविधिको प्रयोग गर्न आग्रह गरिन् । प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको परम्परागत शैलीलाई बदल्नुपर्नेमा जोड दिदै प्रविधिले विश्वलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज) मा परिणत गरिसकेको उल्लेख गर्नुुभयो… पुरा पढौ

खानेपानीको आपुर्ति सहज बनाउन होटल व्यवसायीको माग, दैनिक बोरिङको पानी किन्नुपर्ने व्यवसायीको गुनासो

पोखरा, पोखराको लेकसाइड क्षेत्रमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज(शुक्रबार) नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार अझै व्यवसायीहरुले कबिर ६५ प्रतिशत जसो पानी बोरिङ र अन्य नीजि क्षेत्रसंग खरिद गर्न बाध्य हुनु परेको छ । आफुहरुले मुस्किलले करिब ३५ प्रतिशत जसो मात्र संस्थानको पानी उपलब्ध… पुरा पढौ

कास्कीबाट पनि फुटबल खेलाडी उत्पादन गर्ने नयाँ परियोजना जहाँ महिला तथा पुरुष ३ सय जना छनौट हुदै

दीननाथ बराल,पोखरा ४, असार, नेपाली फुटबलको भविष्य उज्यालो बनाउने लक्ष्यसहित कास्की, काठमाडौं र बारामा एकैसाथ ९ सय युवा खेलाडी उत्पादन गर्ने महत्वाकांक्षी परियोजना औपचारिक रूपमा सुरु भएको छ । युरोपियन युनियनको सहयोगमा सञ्चालित ‘युवाको लागि फुटबल यात्रा’ कार्यक्रमअन्तर्गत प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की र युनाइटेड कम्युनिटी नेपाल (युनीकन) बीच तीनवर्षे सहकार्य सम्झौता समेत भएको हो । ‘एसटुएस’ परियोजना अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रममार्फत १६ देखि २९ वर्ष उमेर समूहका ९ सय युवायुवतीलाई फुटबल प्रशिक्षणसँगै जीवन उपयोगी… पुरा पढौ

पोखरामा भोलि हुने ‘चङ्गा अल–स्टार फुटसल’ को तयारी पूरा, उद्घाटनमा कर्पोरेट र क्रियटर्स भिड्ने

पोखरा, प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए । सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू ९कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत० आबद्ध ४… पुरा पढौ

परिवार नियोजन संघ कास्कीको अभियान अमरसिंहमा

पोखरा, ४ असार , नेपाल परिवार नियोजन संघ कास्कीले शुरु गरेको यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान बिहीबार पोखरा महानगरपालिका वडा नं १२ स्थित अमरसिंह नमूना माविमा संचालन गरिएको छ । कास्कीका २४ वटा विद्यालय तथा कलेजमा संचालन गर्ने लक्ष्य सहित गत भदौ १७ गतेदेखि सुरु गरिएको अभियानको यो २१ औं कार्यक्रम भएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नं १२ कार्यालयले सहयोग गरेको हो । पोखरा महानगरपालिका… पुरा पढौ

सरकारले गर्नुपर्ने काम उपभोक्तामार्फत हुनु खुसीको कुरा हो ः प्रमुख आचार्य

लेखनाथ, ४ असार, वि.सं. २०५८ सालमा स्थापना भएको लेखनाथ खानेपानी उपभोक्ता संस्था आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको छ। संस्थाले विगत दुई दशकभन्दा बढी समयदेखि लेखनाथ क्षेत्रका नागरिकलाई नियमित तथा गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ। हाल संस्थाले १७ हजार ८ सय ११ वटा धारामार्फत करिब ९९ हजार ४ सय जनसंख्यालाई खानेपानी वितरण गरिरहेको जनाएको छ। स्थापनाको रजत जयन्तीका अवसरमा संस्थाले बिहीबार विशेष कार्यक्रम आयोजना गरी रजत जयन्ती समारोह, २१औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न गरेको हो। कार्यक्रममा… पुरा पढौ

पोखरा महानगरले ल्यायो नयाँ नीति तथा कार्यक्रम पूर्ण पाठसहित

दीननाथ बराल,पोखरा, ४ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि पर्यटन, पूर्वाधार, सुशासन, हरित विकास र डिजिटल सेवामा केन्द्रित महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । महानगरको १९ औँ नगरसभामा आज (बिहीबार) वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख धनराज आचार्यले महानगरले पोखरा रिङरोड निर्माण प्रक्रिया सुरु गर्ने, आधुनिक बसपार्क निर्माण गर्ने लगायतका योजना सार्वजनिक गर्नु भएको हो । सभागृह निर्माण थाल्ने, पातलेछाँगोमा सिसा पुल सञ्चालनमा ल्याउने तथा फिर्केखोलालाई नयाँ पर्यटकीय करिडोरका रूपमा विकास गर्ने, हरित विद्यालय विकास,… पुरा पढौ

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी भयो – एसपी कार्की

पोखरा, ४ असार, पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपि नबिन कार्कीले बताएका छन् । शान्ति सुरक्षा सम्बन्धी अन्तक्रिया तथा नागरि सुनुवाई कार्यक्रममा एसपि कार्कीले पछिल्लो समय पोखरामा भएका ठुलाचोरीहरुमा काठमाडौंबाट चोरहरु आएको बताए । नुवारथोक टोलविकास सस्था पोखरा ७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका पोखरा ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको बताएका थिए । एसपी कार्कीले… पुरा पढौ