
दीननाथ बराल,
पोखरा ५, जेठ,
गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ ११ गते सोमबारदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१०) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख भट्टद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश सभाको अधिवेशन जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेबाट सुरु हुने उल्लेख गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त अधिवेशन सम्बन्धित सबैको जानकारीका लागि आह्वान गरिएको हो ।
गण्डकी प्रदेश सरकार तथा प्रदेश सभासँग सम्बन्धित विविध विषयमा छलफल गर्न अधिवेशन बोलाइएको जनाइएको छ । प्रदेश सरकारले असार १ गते भित्र बजेट ल्याउनु पर्ने कानूनी बाध्यता रहेकोले बजेटका सिद्धान्त र प्रथामिकता ल्याउने गरी प्रदेश सरकारले तयारी गरेको छ ।



