जिएमसीमा १७ बर्षीया रुपा बि.क.को उपचारकै क्रममा मृत्यु पछि अस्पतालमा विहिबार दिनभर जसो धर्ना र जुलुस प्रर्दशन, (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर ४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ४, मंसिर,

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा उपचारकै क्रममा १७ बर्षीया रुपा बि.क.को बुधबार मृत्यु भए पछि पिडितका आफन्तले विहिबार दिनभर अस्पताल परिसरमा धर्ना र जुलुस प्रर्दशन गरेका छन् । तनहुँ व्यास नगरपालिका १३ की बि.क.लाई पेट दुखेर यही मंसिर १ गते जिएमसीमा ल्याए पनि उपचारकै क्रममा अस्पतालको लापरबाहीको कारण उनको बुधबार दिउँसो करिब २ः०० बजे मृत्यु भएको उनका श्रीमान कुशुम बि.क.ले पोखराक्लिकलाई बताए ।

उक्त घटनाको दोषी उपर कारवाहीको माग सहित घटनाको बारेमा सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै पिडितका आफन्तले विहिबार दिनभर जसो अस्पतालको इमर्जेन्जिको मुल गेट अगाडी धर्ना दिदै नारा जुलुस प्रर्दशन गरेका थिए । कार्तिक २४ गते देखि आफ्नी श्रीमतीको ज्वरो आएकोले मेडिकलको औषधि सेवन गर्दै दमौली अस्पतालमा समेत पुग्दा ज्वरो आउन नरोकिए पछि थप उपचारको लागि पोखराको जिएमसीमा बि.क.को उपचार गर्न ल्याईएको उनका आफन्तले बताए । अस्पतालले बि.क.को एपेन्डिक्स भएको आशंकामा अप्रेशन गर्नको लागि आईसियू वार्डमा लैजादै गर्दा अस्पतालको ढोकामा अक्सिजन ग्याँस जडान गरेको माक्स सहितको पाइप फुत्केको र त्यसको जडान गर्न ढिलाई भएका कारण मृत्यु भएको आफन्तको भनाई छ । आईसियू वार्डमा लगेको करिब २० मिनेटमा बि.क.को मृत्यु भएको उनका आफन्तले जनाए ।

बि.क.का श्रीमान सहितका पिडितका आफन्तले बिरामीको उपचार गर्दाको रिसोर्ट सहित कुन कुन औषधि प्रयोग गरिएको त्यसको विवरण समेत माग गरेका छन् । आफुहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै पिडितका आफन्तले शव समेत बुझेका छैनन् । आन्दोलनको क्रममा रुपा बि.क.को फोटो गेटमा टाँस्न खोज्दा केही समय प्रहरी र पिडित बिच धकलाधकेल भएको थियो । अस्पताल परिसरमा नारा जुलुस प्रर्दशन पछि प्रहरी सहित सशस्त्र प्रहरीको टोली समेत खटाइएको थियो । अस्पतालमा केही समय अघि पनि केही व्यक्तिहरुको उपचारकै क्रममा मृत्यु भए पछि पिडितका आफन्तहरुले अस्पतालमा आन्दोलन गर्दै आएका थिए ।

यता, यस घटनालाई अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा. टु माया घलेले आफुहरुले पैसा अभाव हुँदा हुदै बिरामीलाई सकेसम्म उपचार गर्दा गर्दै मृत्यु भएको पोखराक्लिकलाई बताइन् । के कारणले गर्दा मृत्यु भयो भन्ने प्रश्नमा उनले कारणको लागि पोष्टमाटम पछि आएको रिपोर्टका आधारमा मात्र भन्न सकिने उनले जनाइन् । उनले भनिन“ हामीले सबैलाई राम्रो उपचार गरेर समयमै घर पठाउन चहान्छौंं, हाम्रो अस्पतालमा सक्ने नसक्ने सबै आउने हुँदा पहिलो प्रथामिकता हामीले उपचारमा दिन्छौं तर कहिले काँहि भने उपचारकै क्रममा केहीको मृत्यु हुन्छ, कसैको मृत्यु हुदैमा हाम्रो दोष भन्न मिल्दैन, यसको लागि हामीले छानविन समिति बनाऔं भनेकै छौं । ” अक्सिजन कम भएका बिरामीलाई केहीलाई माक्स त केहीलाई पाइपबाट समेत अक्सिजन दिने हुदा पिडितका आफन्तले भने जस्तो माक्स नलगाए पनि पाइपबाट अक्सिजन दिएको अबस्थामा बिरामीको उपचार भएको उनको भनाई छ ।