
दीननाथ बराल,
पोखरा ९, भदौ,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पदाधिकारी, प्रदेशका केन्द्रिय सदस्य, प्रदेशका पदाधिकारी सहितको परामर्श बैठक पोखरामा सुरु भएको छ । सोमबारसम्म पोखराको लेकसाइड स्थित वर पिपल रिसोर्टमा उक्त बैठक संचालन हुने भएको माओबादी केन्द्रका केन्द्रिय सदस्य दीपक कोइराला (रुपक)ले बताउनु भयो ।

बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष द्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मा लगायत पार्टीका पदाधिकारीको उपस्थिति रहेको छ ।
पार्टी एकता कसरी बनाउन सकिन्छ, पार्टीमा भएका कमीकमजोरीलाई हटाउदै व्यवस्थित पार्न कसरी सकिन्छ, अन्य पार्टी भन्दा फरक ढंगले प्रस्तुतः हुन नयाँ कार्ययोजना ल्याउन सहभागिले लगायतका बिषयमा सुझाव दिनु भएको श्रोतले पोखराक्लिकलाई बताउनु भएको छ ।
गत साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बीचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार गण्डकीको बैठक बसेको हो । पार्टी अध्यक्ष प्रचण्डले सोमबार बिहान उक्त बैठकमा सम्बोधन गर्नु हुने भएको छ ।






