
पोखरा १९, पुष,
मुक्तिनाथ विकास बैंकको १९ बर्षमा प्रबेश गरेको अवसरमा शुक्रबार पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट १ सय ५२ यूनिट रंक्त ंसंकलन भएको छ । शुक्रबार बैंकका कर्मचारी, शेयर धनि सहित अन्य शुभेच्छुकहरुको सहभागितामा उक्त यूनिट संकलन भएको वैकका सम्पति व्यवस्थापक तथा विशेष परियोजना प्रमुख वावुराम ढकालले बताउनु भयो ।

बैंकले आफ्नो सामाजिक उत्तरदाहित्व बोध गर्दै हरेक बर्ष विभिन्न सामाजिक कार्य गर्दै आएको उहाँले जनाउनु भयो । क्षेत्रीय प्रमुख ऋषिराम ढकाल, रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली लगायतले रंक्तदानको बारेमा चर्चा गर्नु भएको थियो ।
यसैबिच, बैंकले यस बर्ष देखि कृष पत्रकारिता पुरस्कारको समेत सुरुवात गरेको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो १९ औं वार्षिकोत्सबको अवसर पारेर “मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार“ को सुरुवात गरेको हो । पत्रकारिता क्षेत्रलाई प्रोत्साहन गर्ने उद्धेश्यले बैंकले थालनी गरेको यो सुरुवातले पक्कै पनि कृषि क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारहरुलाई थप उत्साहित गर्ने आम पत्रकारको बुझाई रहेको छ ।
बैंकले प्रदान गर्ने यस पुरस्कार बैंकको १९ औं वार्षिकोत्सबको अवसर पारेर आज वितरण गरिएको छ । “मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार“ मा प्रथम हुने सागर परियार, दोस्रो हुने कौशिला कुवर र तेस्रो हुने माधव अर्याल रहेका छन्।