
दीननाथ बराल,
पोखरा १०, साउन,
पोखरामा यातायात व्यवसायीहरु आन्दोलित हुँदा जनताले सास्ती भोग्नु पर्यो । व्यवसायीको आन्दोलनको क्रममा ठाँउ ठाँउमा सडक अबरुद्ध हुने गरी सडक बाटोमा तेर्सायर अबरोध गर्दा जनताले सास्ती भोग्नु परेको स्थानियले गुनासो गर्नु भयो । भिडियो
गण्डकी प्रदेश सरकारले २ पाङ्ग्रे ४ पाङ्ग्रे निजी (रातो प्लेट) का सवारी साधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना ल्याउने तयारी गरेको भन्दै त्यसको बिरोधमा आज (विहिबार) पोखरामा सडक आन्दोलन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रदेश संयोजक केदार पौडेलले बताउनु भयो ।

राज्यको नियम अनुसार कालो प्लेटका सवारी साधन मार्फत यात्रु ओसारपोसर गरेको अबस्थामा हाल रातो प्लेटका सवारीलाई पनि सार्वजनिक यातायातको मान्यता दिनु नेपालको कानून विपरित भएकोले त्यसको बिरुद्धमा सडकमा उत्र्रिएको उहाँले दाबी गर्नु भयो । वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्नुपर्ने, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने, यातायात प्राविधिकरण गठन गरि यातायात संचालनको कार्यविधि तयार गर्नुपर्ने र भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशिल गर्नुपर्ने माग सहित आफुहरु आन्दोलनमा उत्र्रिएको संयोजक पौडेलले पोखराक्लिकलाई जनाउनु भयो । आफुहरुले आज गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयमा ज्ञापन पत्र र त्यसको बोदार्थ भने कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेको महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले बताउनु भयो ।

आफुहरुको मागहरु यथासिघ्र सम्बोधन नभएमा यही साउन १३ गते ( आइतबार) देखि आ–आफ्नो सवारी साधनहरु घर ग्यारेजमा राखी लामो तथा छोटो दूरीका सवारी साधन संचालन नगर्ने व्यवसायीहरुले पत्रकार सम्मेलन मार्फत चेतावनी समेत दिनु भएको छ । सडक नै अबरुद्ध हुने गरी व्यवसायीहरुले सडकमा सवारी साधन राख्दा अत्यावसेक सवारी साधन आगमनमा अबरोध भएको थियो । यस बिषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई प्रश्न गर्दा सडक कसैले अबरोध गर्न नपाइने तत्काल खुलाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएको प्रतिकृया दिनु भयो ।

पोखरामा अब कुनै ट्याक्सी मिटरमा चढ्न नमाने आफुहरुलाई खबर गरेमा तत्काल कार्वाही गर्ने महासंघका केन्द्रिय सचिव तथा स्याङजा गण्डकी यातायात व्यवसायी महासंघका अध्यक्ष भानुभक्त बरालले पोखराक्लिकलाई बताउनु भयो । आफुहरुको मागहरु यथासिघ्र सम्बोधन नभएमा यही साउन १३ गते ( आइतबार) देखि आ–आफ्नो सवारी साधनहरु घर ग्यारेजमा राखी लामो तथा छोटो दूरीका सवारी साधन संचालन नगर्ने व्यवसायीहरुले पत्रकार सम्मेलन मार्फत चेतावनी समेत दिनु भएको छ । प्रदेश सरकारले समय सापेक्ष नयाँ प्रविधिलाई समेत अबलम्बन गरी निश्चित मापदण्डका आधारमा विभिन्न मोवाइल एपलाई सार्वजनिक यातायातकै मान्यता दिने गरी कार्ययोजना ल्याउने तयारी गरेको छ ।

यस बिषयमा भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयका अधिकृत अनिल सुवेदीले हाल उक्त मोवाइल एपहरुलाई कसरी संचालन गर्न सकिन्छ भनेर राय सल्लाह र सुझाव लिने कार्य भएको बताउनु भयो । व्यवसायीहरुले भने झै हाल तत्काल कार्ययोजना ल्याउने भन्दा पनि यस बिषयमा सरोकारवालासंग छलफलमै रहेको उहाँको भनाई छ । पोखरामा हाल इनड्राइभ, पठाओ, टुटर लगायतका मोवाइल एपहरु संचालन हुदै आएका छन्। उक्त एपको प्रयोग उचित ढंगले गर्दा आम उपभोक्ताले सहुलियत दरमा सेवा प्राप्त गर्ने विभिन्न एप कम्पनीहरुले दाबी गर्दै आउनु भएको छ ।
।