दीननाथ बराल,
पोखरा ४, जेठ,
पोखरा सहित कास्कीमा बोइलर कुखुराको मासुको मुल्य घटेको छ । पोखरा सहित कास्कीमा हालसम्मकै बोइलर कुखुराको मासुको उच्च मुल्य भए पनि आज (शुक्रबार) देखि लागु हुने गरी बोइलर कुखुराको मासुको मुल्य घटेको पोल्टी व्यवसायी संघ कास्कीले जनाएको छ ।
शुक्रबार देखि लागु हुने गरी जिउँदो कुखुराको किसान मुल्यमा ३ सय १० बाट घटेर ३ सय रुपैया कायम भएको संघ कास्कीका अध्यक्ष फौदसिंह भण्डारीले बताउनु भयो । त्यसै गरी शुक्रबार देखि लागु हुने गरी उपभोक्ता मुल्यमा प्रति केजी २० रुपैया घटेको उहाँले जनाउनु भयो । हाल पोखरा सहित कास्कीमा लागु भएको स्पेशन बोइलर कुखुराको मासु प्रतिकेजी ५ सय २० रहेको छ भने यो मुल्य आज देखि प्रतिकेजी ५ सय रुपैया कायम भएको अध्यक्ष भण्डारीले जनाउनु भयो ।
४ सय ७० रुपैया प्रतिकजी होल चिकेनको मुल्य हाल कायम भए पनि उक्त मुल्य शुक्रबार देखि भने २० रुपैया घट्दा ४ सय ५० मा कायम भएको हो । गत वैशाख २२ गते देखि पोखरा सहित कास्कीमा बोइलर कुखुराको मासुको मुल्य हालसम्मकै महङगो भए पनि शुक्रबार संघको बैठकले कुखुराको मासु उत्पादनमा केही बृद्धि भएसंगै मुल्य समायोजन गर्दा प्रतिकेजी २० रुपैया घटेको अध्यक्ष भण्डारीले जनाउनु भयो ।