पोखरामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गयो

-


     पोखरा क्लिक     
     वैशाख २३ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा २३, वैशाख,

पोखरामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने करिब १५ का सोनम सुवेदी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी बसन्तकुमार शर्माले बताउनु भयो ।

पौडी खेल्ने क्रममा बेपत्ता हुनु भएको सुवेदीको मृत्यु भएको अबस्थामा भेटिएको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताउनु भयो ।

सुवेदीसंगै पौडी खेल्न जानु भएको अर्का वालकले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएसंगै उहाँको खोजी गर्दा मृत्यु भएको अबस्थाबाट शव निकालिएको उहाँले जनाउनु भयो । उक्त शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा राखिएको छ । उक्त घटनाको बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।