
दीननाथ बराल,
पर्यटनको राजधानि पोखरामा एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियसिप हुने भएको छ । एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियसिप आगामी वैशाख १५ र १६ गते पोखरामा हुने भएकोे नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताउनु भयो ।

नेपाल ट्रायथलन संघले गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा आइतबार साँझ पोखरामा आयोजना गरेको ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको सन्दर्भमा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताउदै अब यसको अपनत्व पोखराले लिनुपर्नेमा जोड दिनु भयो ।

उक्त खेलको प्रबद्र्धन गर्न संघले पोखरामा आउदो वैशाख ८ र ९ गते लेवल वान कोर्षको प्रशिक्षण हुने भएको उहाँले जनाउनु भयो । पोखरामा हुने उक्त कार्यक्रम स्थानियले यसबाट धेरै फाइदा लिन सकुन भन्ने हेतुले प्रतियोगिताको पूर्व अवसरमा छलफल गरिएको संघले जनाएको छ । संघका गण्डकी प्रदेशका अध्यक्ष डिल्लीराज सुवेदी(शिशिर) लाई उक्त प्रतियोगिताको संयोजकको समेत भूमिका दिएको छ । कार्यक्रममा संघका महासचिव तथा प्रशिक्षक युवराज सुनारले उक्त खेलको प्राविधिक बिषयमा जानकारी गराउनु भएको थियो । ट्रायथलन कास्की जिल्लाका अध्यक्ष प्रमेश पराजुलीले यस खेलले पोखराको खेल पर्यटनमा प्रबद्र्धन गर्ने दाबी गर्नु भयो ।

नेपाल ट्रायथलन संघका सल्लाहकार विश्वशंकर पालिखेले विदेशीबाट सुरु भएको यस खलको पोखरामा अथाह सम्भावना भएको दाबी गर्नु भयो । नेपाल ट्रायथलन संघका उपाध्यक्षद्वय दीपक कोइराला र सुमन देवकोटा, कोषाध्यक्ष निरज श्रेष्ठ लगायतले उक्त प्रतियोगिता सफल सबैको साथ र सहयोगको अपेक्षा गर्नु भयो । विगत लामो समय देखि पोखरामा सुइमिङ, साइक्लिङ र रनिङ सहितको यस ट्रायथलन खेल हुदै आएको छ । उक्त खेलमा सहभागिहरुको सुटको मात्र करिब २ सय डलर पर्ने बताइएको छ । लेवल वान कोर्षमा करिब २० देखि २५ जनालाई सहभागि गराउन सकिने उपाध्यक्ष देवकोटाले पोखराक्लिकलाई जनाउनु भयो ।



