पोखराका पर्यटन व्यवसायीद्धारा १२ बुंदे ज्ञापन पत्र गृहमन्त्री श्रेष्ठ सामु पेश, पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सावधानि अपनाउन माग

-


     पोखरा क्लिक     
     माघ २१ गते २०८० मा प्रकाशित



दीननाथ बराल
पोखरा २१, माघ


पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले नेपाल सरकारका उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १२ बुंदे ज्ञापन पत्र बुझाउदै पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन जोडदार माग गरिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

नेपालमा प्रवेश गरेका पर्यटकहरु कुनै पनि प्रकारको अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन, पर्यटकहरुका नाममा हुर्ने वा हुन सक्ने अपराधहरुमा शुस्म निगरानी गरी नेपाल अपराधीहरुको ट्रान्जीट हो, भन्ने भ्रम सृजनालाई चिर्नं निर्देशनात्मक संयन्त्र परिचालन गरिदिनु हुन परिषदले आग्रह गरेको छ । त्यसै गरी पर्यटक प्रहरी र शान्ती सुरक्षामा सर्मपित राष्ट्रसेवक र नागरीक प्रति धन्यवाद दिदै यस्लाई अझ दक्ष र मर्यादित पर्यटक मैत्री वनाईदिन, जाँच पास, राजमार्ग सुरक्षा सहित पर्यटकका लगेजहरु राखी सडकमा गुड्ने यातायातमा पर्यटकलाई दिने सास्ती लाई निरुत्साहित हुनेगरी कानुनी रुपमा व्यवहारिक बनाईदिनु हुन गृहमन्त्री श्रेष्ठ समक्ष पेश गरिएको परिषदका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

पोखरा पर्यटकको मुख्य शहर भएको दाबी गर्दै परिषदले पर्यटकिय क्रियाकलापहरु मर्यादित र दिने सेवा सुविधालाई पर्यटन मैत्री बनाउन निर्देशन गरी सो अनुसारको संयन्त्र परिचालन गरिदिनुहुन, पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडलाई पर्यटकीय गतिविधि र सेवा सुविधा २४ सै घण्टा खुल्ला रहने गरी शान्ती सुरक्षाको व्यवस्था गरिदिनु हुन परिषदले आग्रह गरेको छ ।पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट अन्र्तराष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट अन्र्तराष्ट्रिय उडान सुरु गर्दै अन्य एयरलाइन्सहरुलाई पनि सुविधा सहित आकर्षण प्याकेज दिई प्रोत्साहन गर्न सरकारलाइ परिषदले ध्यानाकर्षण गराएको छ ।

पर्यटन बोर्डको, पुर्नसंरचना सहित हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, नेपालमा स्थल मार्गबाट प्रवेश गर्ने विदेशी, तेस्रो मुलुकका पर्यटकहरु लाई आगमन सहज बनाउन इमिग्रेसन अफिसहरु नयाँ थप गर्ने र भएकाहरुलाई अझ व्यवसायिक बनाउनुपर्ने, नेपाल प्रवेश गर्ने विदेशी गाडिहरुलाई प्रविधि मैत्री बनाई पेमेन्ट र प्रमिट सहज गर्नु पर्ने र गण्डकी प्रदेशमा भएका सम्पदाहरुलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गर्नुपर्ने माग गृहमन्त्री श्रेष्ठ समक्ष परिषदले माग गरेको हो । गृहमन्त्री पोखरामा सहभागि भएको एक कार्यक्रमको अवसरमा शनिबार पोखराका पर्यटन व्यवसायी र निजी क्षेत्रले उक्त ज्ञापन पत्र पेश गरेको परिषदका अध्यक्ष श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो ।

नेपाल पर्यटन बोर्डको बजेट प्रवर्धनमा भन्दा पुर्वाधार निमार्ण तर्फ उन्मुख भएको गहृमन्त्री श्रेष्ठ समक्ष गुनासो गर्दै अध्यक्ष श्रेष्ठले यति बेला आफुहरुलाई अभिभावक चाहिएको उल्लेख गर्नु भयो । ६ खर्व भन्दा बढि निजि क्षेत्रवाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व नरहेको बर्तमान अवस्थामा देशकै पर्यटकिय राजधानीको रुपमा घोषणा हुने प्रक्रियामा रहेको अवस्थामा गृहमन्त्री श्रेष्ठ समक्ष ध्यानाकर्षण गराउदै समाधानका लागी आवश्यक पहल तथा निर्णय लिईदिनुहुन परिषदले आग्रह गरेको परिषद अध्यक्ष श्रेष्ठले बताउनु भयो ।